अवैध लागूऔषध लागुऔषध सहित ४ जना पक्राउ
२०८३-०२-०८
- A
- A-
- A+
काठमाडौं,
टोखा नगरपालिका-९ लक्ष्मीनगरबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ३ सय
ट्याब्लेट र नाइट्राजेपाम ४ सय २० ट्याब्लेट सहित ४ जनालाई बिहीबार राति प्रहरीले पक्राउ
गरेको छ । पक्राउ पर्नेहरूमा सिन्धुली घ्याङलेख गाउँपालिका- ४ घर भएका २३ वर्षीय
राजु घोले, ललितपुर बस्ने काभ्रे पाँचखाल नगरपालिका-६ घर भएका
२२ वर्षीय कोशिस दनुवार, ललितपुर महानगरपालिका-१७ घर भएका १८
वर्षीय किशोर र रामेछाप मन्थली नगरपालिका-५ घर भएका २१ वर्षीय निशान बुढाथोकी रहेका
छन् । प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित
पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।