लुटपाटमा संलग्न रहेको अभियोगमा पक्राउ
२०८३-०१-१७
- A
- A-
- A+
२०८३-०१-१७
काठमाडौं, सुनको सिक्री
लुटपाट भएको घटनामा संलग्न रहेको अभियोगमा तारकेश्वर नगरपालिका-५ पैंयाटार बस्ने
रसुवा घर भएका २५ वर्षीय विजय तामाङलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
विभिन्न मितिमा
चन्द्रागिरी नगरपालिका-६ मातातीर्थ, सोही नगरपालिका-१३ नैकाप,
सोही नगरपालिका-७ घुमाउनेस्थित ठाउँहरूमा बाटोमा हिँडिरहेका पीडित
महिलाहरूको सुनको सिक्री लुटपाट गरेको घटनाको अनुसन्धानको क्रममा काठमाडौं उपत्यका
अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनलाई
तारकेश्वर नगरपालिका-५ पैंयाटारबाट पक्राउ गरेको हो । उनलाई
आवश्यक अनुसन्धान तथा कारवाहीको लागि प्रहरी वृत्त थानकोट पठाइएको छ ।