प्रहरी कन्ट्रोल : १००
नेपा
EN

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी र काठमाडौं महानगरपालिका वडा नं. ६ बौद्ध बीच सिसिटिभि जडान गर्ने सम्बन्धी समझदारी-पत्रमा हस्ताक्षर

२०८२-०७-१७

  • A
  • A-
  • A+
Share

काठमाडौं, १७ असोज

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी र काठमाडौं महानगरपालिका वडा नं. ६ बौद्ध बीच काठमाडौं महानगरपालिका वडा नं. ६ बौद्ध  क्षेत्रभित्रको शहरी सुव्यवस्थापनका लागि सिसिटिभि क्यामेरा जडान, संचालन, मर्मत संभार र सूचनाको उपयोग गर्ने सम्बन्धी समझदारी-पत्रमा हस्ताक्षर भएको छ ।

काठमाडौं महानगरपालिका वडा नं. ६ बौद्ध क्षेत्रभित्र सुरक्षा र सुशासनका विविध क्षेत्रहरु (शान्ति सुरक्षा कायम, अपराध नियन्त्रण, दुर्घटना न्यूनिकरण, फोहरमैला व्यवस्थापन, फुटपाथ अतिक्रमण नियन्त्रण, प्रदुषण न्यूनिकरण, सार्वजनिक सम्पत्ति संरक्षण तथा समग्र सुशासनसँग सम्बन्धित विषयहरु) मा प्रभावकारी कार्यसम्पादन गरी काठमाडौं महानगरपालिका वडा नं. ६ बौद्ध क्षेत्रभित्रको सूचना तथा सञ्चार प्रविधिसँग सम्बन्धित प्रणालीलाई प्रभावकारी बनाई सो को उपयोगबाट गुणात्मक नतिजा हासिल गर्न सिसिटिभी जडानको आवश्यकता महसुस गरी  काठमाडौं महानगरपालिका वडा नं. ६ बौद्ध को आर्थिक सहयोगमा सो क्षेत्रमा सिसिटिभि जडान हेतुका साथ सम्झौतापत्रमा हस्ताक्षर गरिएको हो ।

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा सोमबार आयोजित एक कार्यक्रमबीच काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीको तर्फबाट प्रहरी वरिष्ठ उपरीक्षक दीप शम्शेर ज.व.रा. र काठमाडौं महानगरपालिका वडा नं. ६ को तर्फबाट वडा अध्यक्ष भुवन लामाले उक्त समझदारी-पत्रमा हस्ताक्षर गर्नुका साथै समझदारी-पत्र आदान प्रदान समेत गर्नुभयो ।

      कार्यक्रमलाई सम्बोधन गर्नु हुदै प्रहरी वरिष्ठ उपरीक्षक दीप शम्शेर ज.व.रा.ले उपत्यकाको २४ सै घन्टा चलायमान हुने बौद्ध क्षेत्रमा सिसिटिभि क्यामेराको महत्वलाई बुझी व्यापार व्यवसायका साथै व्यक्तिगत घरमा समेत अनिवार्य सिसिटिभि जडान गर्न सकेमा प्रविधिको प्रयोग गरी प्रहरीले प्रवाह गर्ने सेवालाई थप प्रभावकारी बनाउन टेवा पुग्ने बताउनुभयो । साथै नागरिकहरूलाई थप सुरक्षाको प्रत्याभूति गराउन सहयोग पुर्‍याएकोमा काठमाडौं महानगरपालिका वडा नं. ६ लाई धन्यवाद व्यक्त गर्दै आगामी दिनहरुमा शान्ति सुरक्षा, विकासका कार्यक्रम, अपराध नियन्त्रण र अनुसन्धानमा थप सहकार्य गर्दै जाने उल्लेख समेत गर्नुभयो ।

     सो कार्यक्रममा काठमाडौं महानगरपालिका वडा नं. ६ का वडा अध्यक्ष भुवन लामाले सिसिटिभि जडानले विभिन्न आपराधिक गतिविधिका कार्यहरूको पहिचान गरी अनुसन्धान गर्न सहज हुने हुँदा सिसिटिभी जडानलाई प्राथमिकतामा राखिएको जानकारी दिदै आगामी दिनहरूमा पनि नेपाल प्रहरीसँग थप सहकार्य र समन्वय गर्दै अगाडि बढ्ने बताउनुभयो ।

           काठमाडौं महानगरपालिका वडा नं. ६ का क्षेत्रभित्र समग्र शहरी सुशासनसँग सम्बन्धित विषयहरूमा सहकार्य गरी सिसिटिभि जडानको लागि दुवै पक्षबीच सम्झौताका लागि चालू आ.ब. २०८२/०८३ मा १ करोड भुक्तानी हुने गरी काठमाडौं महानगरपालिका वडा नं. ६ ले उपलब्ध गराउने समेत सम्झौता-पत्रमा उल्लेख गरिएको छ । साथै सिसिटिभि जडान गरिने विभिन्न स्थानहरू दुवै पक्षको सहमतिमा उच्चतम प्रविधिको क्यामेरा प्रयोग गर्ने, संख्या निर्धारण गरिने समेत सम्झौता-पत्रमा उल्लेख गरिएको छ ।

कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक प्रविण धिताल, काठमाडौं महानगरपालिका वडा नं. ६ का पदाधिकारीहरू एवम् प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार
चोरीमा संलग्न व्यक्ति पक्राउ
२०८३-०८-०३

काठमाडौं, चोरीमा संलग्न रहेको अभियोगमा काठमाडौं महानगरपालिका-८ जयबागेश्वरी बस्ने ३२ वर्षीय दीपेश डंगोललाई प्रहरीले पक्राउ गरेको छ ।             काठमाडौं महानगरपालिका-८ जयबागेश्वरीस्थित एक घरमा मंगलबार दिउँसो चोरी भएको घटनाको अनुसन्धानको क्रममा प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । साथै प्रहरीले उनको घर तलासी गर्दा सुन तथा चाँदीका जस्तो देखिने विभिन्न गरगहनाहरू समेत फेला पारी बरामद गरेको छ ।              उनी उपर चोरी सम्बन्धी कसुरमा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

बेलारूस र रोमानिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
२०८३-०८-०२

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी बेलारूस र रोमानिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ललितपुर महानगरपालिका-२९ बस्ने २८ वर्षीय रविन्द्र मगरातीलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।             रविन्द्रले रोमानिया र बेलारूस पठाइदिन्छु भन्दै ५ जना पीडितहरूबाट ४ लाख २० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काटमाडौं महानगरपालिका-२९ पवत्रनगरबाट पक्राउ गरेको हो ।              उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

नेपाल प्रिमियर लिगमा सट्टेबाजी खेल्ने/खेलाउने कार्यमा संलग्न व्यक्ति पक्राउ
२०८३-०८-०२

काठमाडौं, नेपाल प्रिमियर लिगमा सट्टेबाजी खेल्ने/खेलाउने कार्यमा संलग्न रहेको अभियोगमा काठमाडौं महानगरपालिका-१७ ठमेल बस्ने भारत राजस्थान श्रीगंगानगर शहर घर भएका ३५ वर्षीय रोहित पथरियालाई प्रहरीले पक्राउ गरेको छ ।       काठमाडौं कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा संचालन भएको तेस्रो संस्करणको नेपाल प्रिमियर लिग २०२६ मा केही व्यक्तिहरूले अनलाइन मार्फत सट्टेबाजी गर्ने/गराउने गरेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनलाई पक्राउ गरेरको हो । प्रारम्भिक अनुसन्धानको क्रममा उनले नेपाल प्रिमियिर लिगमा संचालनमा रहेका क्रिकेट खेलहरूमा पटक-पटक गरी ८ लाख ७५ हजार ४० रूपैयाँ बराबरको रकम सट्टेबाजी मार्फत कारोबार गरेको खुल्न आएको छ । उनी उपर जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने कसुरमा आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ । 

स्रोत नखुलेको नगद १ करोड ६७ लाख ३३ हजार २ सय ३० रूपैयाँ सहित ३ जना पक्राउ
२०८३-०८-०२

काठमाडौं, ललितपुर महानगरपालिका-४ नख्खु दोबाटो चोकबाट स्रोत नखुलेको नगद १ करोड ६७ लाख ३३ हजार २ सय ३० रूपैयाँ सहित ३ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ललितपुर गोदावरी नगरपालिका-१० चापागाउँ बस्ने ३२ वर्षीय जयराम केसी, काठमाडौं कोटेश्वर बस्ने भोजपुर, भोजपुर नगरपालिका-३ घर भएका ३१ वर्षीय ३१ वर्षीय दिपक खड्का र काठमाडौं बत्तिसपुतली बस्ने काठमाडौं महानगरपालिका-१० बानेश्वर घर भएका २९ वर्षीय प्रज्वल रिजाल रहेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले सानेपाबाट सातदोबाटोतर्फ जाँदै गरेको बागमती प्रदेश ०१-०२७ च २७६५ नम्बरको गाडीलाई तलासी गर्दा उक्त नगद फेला पारी गाडीमा सवार उनीहरूलाई पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको छ ।