‘लागु औषधमुक्त युवा, मानव बेचबिखनमुक्त समाज- सुरक्षित भविष्य, समृद्ध नेपाल ।’ भन्ने मुल नाराका साथ प्रभात फेरी कार्यक्रम सुभारम्भ ।
२०८३-०३-२२
- A
- A-
- A+
काठमाडौं उपत्यका प्रहरी कार्यालय,
रानीपोखरीका कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक सुशील सिंह राठौरज्यूको
प्रमुख आतिथ्यतामा प्रहरी प्रभाग गोंगबुँमा नव-निर्मित दुर्गा भगवती मुर्तीको
प्राण प्रतिष्ठा ‘समुदाय प्रहरी साझेदारी’ कार्यक्रमलाई लक्षित गरी प्रहरी वृत्त, महाराजगंज, प्रहरी प्रभाग र सामुदायिक सेवा
केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र, गोंगबुँको आयोजना र अनाहत नेपालको
सहकार्यमा आयोजित “सुरक्षित समाज निर्माणका लागि आन्तरिक मानव बेचबिखन नियन्त्रण
तथा लागु औषध दुर्व्यसनविरुद्ध साप्ताहिक
कार्यक्रम” अन्तर्गत नयाँ बसपार्कबाट प्रभात फेरी कार्यक्रम सुरू भई सामुदायिक
सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र, गोंगबुँको भवनमा गई शुभारम्भ गरिएको छ ।
उक्त कार्यक्रममा जिल्ला प्रहरी
परिसर, काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक दिलिप घिमिरे, नेपाल यातायात व्यवसायी महासंघका
अध्यक्ष पुण्य प्रसाद सिटौला, स्थानीय
जनप्रतिनिधि, विभिन्न संघ-संस्थाका प्रतिनिधि र संचारकर्मीहरू लगायतको उपस्थिति
रहेको थियो ।