प्रहरी कन्ट्रोल : १००
नेपा
EN

ट्राफिक नियन्त्रण तालिम सञ्चालन

२०८२-०८-०७

  • A
  • A-
  • A+
Share

काठमाडौं, ७ मंसिर

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा १५५औं समूहको ट्राफिक नियन्त्रण तालिम सञ्चालन भएको छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा आइतबार आयोजित कार्यक्रममा सोही कार्यालयका प्रहरी उपरीक्षक नरेश राज सुवेदीले उक्त तालिम उद्‍घाटन गर्दै प्रशिक्षार्थीहरूले उत्सुक, अनुशासित तथा जागरूक भई तालिम हासिल गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।

कार्यक्रममा तालिम संयोजक प्रहरी नायव उपरीक्षक शैलेश न्यौपानेले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै ४५ कार्यदिन अवधिको उक्त तालिममा प्रहरी सहायक हवल्दार ३ जना र प्रहरी जवान ४५ जना गरी कुल ४८ जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको जानकारी दिनुभयो ।


सम्बन्धित समाचार
अवैध लागूऔषध सहित २ जना पक्राउ
२०८३-०७-१७

२०८३-०७-१७            ललितपुर, गोदावरी नगरपालिका-३ बाट अवैध लागूऔषध गाँजा १ किलो ५ सय ग्राम सहित महालक्ष्मी नगरपालिका-१४ बस्ने सिन्धुली घर भएका २६ वर्षीय यमराज रम्तेललाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग बाडेगाउँबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । यसैगरी ललितपुर, गोदावारी नगरपालिका-३ टुपिखेलबाट अवैध लागूऔषध पोलेन १० ग्राम सहित सोही ठाउँ बस्ने ३८ वर्षीय ईश्वर खत्रीलाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।   

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ५ जना पक्राउ
२०८३-०७-१७

२०८३-०७-१७काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशहरू पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-३२ बस्ने उदयपुर घर भएका ४६ वर्षीय बिष्णु खत्री, काठमाडौं महानगरपालिका-१६ बस्ने धादिङ घर भएकी २० वर्षीया आशिका सिम्खडा,  काठमाडौं महानगरपालिका-१ बस्ने सिन्धुली घर भएका ३५ वर्षीय दिनेश पाख्रेन तामाङ, काठमाडौं टोखा नगरपालिका-६ बस्ने गोरखा घर भएका ३८ वर्षीय राजेश बराम र काठमाडौं गोकर्णेश्वर नगरपालिका-८ बस्ने ४८ वर्षीय छिरिङ शेर्पा रहेका छन् ।  पक्राउ मध्ये आशिकाले युके पठाइदिन्छु भन्दै १ जना पीडितबाट ७ लाख ५० हजार रूपैयाँ, बिष्णुले माल्टा पठाइदिन्छु भन्दै १ जना पीडितबाट ६ लाख रूपैयाँ, दिनेशले युएई पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख रूपैयाँ, राजेशले सिंगापुर पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट १५ लाख ५० हजार रूपैयाँ र छिरिङले क्यानडा पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ७ लाख ४० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले आशिकालाई काठमाडौं महानगरपालिका-१६ बाट बिहीबार, बिष्णुलाई काठमाडौं महानगरपालिका-३२ बाट र दिनेशलाई काठमाडौं महानगरपालिका-१२ बाट शुक्रबार, राजेशलाई काठमाडौं महानगरपालिका-६ बाट शनिबार तथा छिरिङलाई काठमाडौं गोकर्णेश्वर नगरपालिका-३ बाट आइतबार पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।