प्रहरी कन्ट्रोल : १००
नेपा
EN

गैर कानुनी तवरले महिलाहरूलाई कुवेत, ओमान जस्ता देशहरूमा पठाउने ६ जना पक्राउ

२०८३-०२-२२

  • A
  • A-
  • A+
Share

काठमाडौं, गैर कानुनी तवरले महिलाहरूलाई कुवेत, ओमान जस्ता देशहरूमा पठाउने कार्यम संलग्न रहको अभियोगमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-९ सिनामंगल बस्ने संखुवासभा घर भएका ४६ वर्षीय आशिष भन्ने केदार बहादुर खड्का, ग्लोरी वर्ल्ड होलिडेज ट्राभल्सका संचालक काठमाडौं गोकर्णेश्वर नगरपालिका-८ जोरपाटी बस्ने गुल्मी घर भएका ४४ वर्षीय राम बहादुर क्षेत्री, ग्लोरी वर्ल्ड होलिडेज ट्राभल्समा कार्यरत काठमाडौं महानगरपालिका-८ गुहेश्वरी बस्ने सिन्धुपाल्चोक घर भएका ४५ वर्षीय ईश्वर न्यौपाने, प्रविण टुर्स एण्ड ट्राभल्सका संचालक भक्तपुर सूर्यविनायक नगरपालिका-४ दधिकोट बस्ने सप्तरी घर भएका ४२ वर्षीय प्रकाश साह, काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-७ पिपलबोट बस्ने मोरङ घर भएका ५२ वर्षीय कुमार उराउ र काठमाडौं महानगरपालिका-९ भिमसेनगोला बस्ने खोटाङ घर भएका ४७ वर्षीय पशुपति राई रहेका छन् ।  गैर कानुनी तवरले पीडित महिलाहरूलाई ललाई फकाई प्रलोभनमा पारी कुवेत, ओमान, युएई जस्ता देशहरूमा घरेलु कामदारको रूपमा पठाउने कार्यमा संलग्न व्यक्तिहरूले सिनामंगलमा भेला जम्मा भई विशेष योजना बनाइरहेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । साथै प्रहरीले केदार बहादुर खड्काको घर तलासी गर्दा स्रोत नखुलेको नगद ३१ लाख ८० हजार रूपैयाँ समेत बरामद गरेको छ । निजहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ । 

सम्बन्धित समाचार
मौरिसस पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
२०८३-०५-०३

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी मौरिसस पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले काठमाडौं गोकर्णेश्वर नगरपालिका-८ बस्ने ओखलढुङ्गा सुनकोशी गाउँपालिका-२ घर भएका ५१ वर्षीय फुलमान तामाङलाई मंगलबार पक्राउ गरेको छ । फुलमानले मौरिसस पठाइदिन्छु भन्दै १ जना पीडितबाट १० लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-६ बाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ११ जना पक्राउ
२०८३-०५-०३

काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध लागूऔषध गाँजा ३९ किलो २ सय ८८ ग्राम सहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा थाई एयरवेजको उडानद्वारा बैंककबाट काठमाडौं आएका म्यानमारका नागरिक २३ वर्षीय ZAR NI LIN, २३ वर्षीया EI EI THWE, ३९ वर्षीय AUNG BWAR, ३२ वर्षीया CHUE MYATTHWAL SHEIN, ३२ वर्षीय ZIN MYO AUNG एवम् बाटिक एयरको उडानद्वारा फुकेटबाट काठमाडौं आएका भारत पञ्चाव घर भएका २३ वर्षीय KHUSDEEP, ३२ वर्षीय GURDEEP SINGH र २६ वर्षीया KAMINI रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय गौचरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त परिमाणको गाँजा सहित पक्राउ गरेको हो ।               यसैगरी काठमाडौं, टोखा नगरपालिका-९ शान्तिटोल बुद्धमार्गस्थित धौलागिरी पोखरा गेष्ट हाउसबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५९ ग्राम ६ सय ६० मिलिग्राम र नगद १५ हजार रूपैयाँ सहित मोरङ रतुवामाई नगरपालिका-८ घर भएका २४ वर्षीय विशाल तामाङ समेत ३ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग गोँगबुबाट खटिएको प्रहरीले उक्त होटलको २०४ नम्बरको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको   हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ
२०८३-०५-०२

ललितपुर महानगरपालिका-१५ चापागाउँ दोबाटोबाट जुवातास खेलिरहेको अवस्थामा प्रहरीले सोही महानगरपालिका-१५ सातदोबाटो बस्ने ओखलढुंगा सिद्धिचरण नगरपालिका-२ घर भएका ६० वर्षीय जय प्रकाश कार्की समेत ५ जनालाई सोमबार राति पक्राउ गरेको छ । प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६४ हजार ९ सय रूपैयाँ सहित पक्राउ गरेको हो ।कास्की, पोखरा महानगरपालिका-५ बरालचोकस्थित मेटल उद्योगमा जुवातास खेलिरहेको अवस्थामा उद्योगका संचालक बाग्लुङ जैमुनी गाउँपालिका-१० घर भएका ३१ वर्षीय ओमबहादुर थापा समेत ६ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५६ हजार ८ सय ३० रूपैयाँ र १ बुक तास सहित पक्राउ गरेको   हो ।   यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने २जना पक्राउ
२०८३-०५-०२

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशहरू पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं बुढानिलकण्ठ नगरपालिका-४ बस्ने बर्दिया बासगढी नगरपालिका-५ घर भएकी २९ वर्षीया रेश्मा क्षेत्री र काठमाडौं शंखरापुर नगरपालिका-८ बस्ने ५० वर्षीय रंजित केसी रहेका छन् । पक्राउ मध्ये रेश्माले ग्रीस पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट १२ लाख रूपैयाँ र रंजितले अष्ट्रेलिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख ३८ हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले रेश्मालाई काठमाडौं बुढानिलकण्ठ नगरपालिका-८ बाट आइतबार र रंजितलाई काठमाडौं महानगरपालिका-१२ बाट सोमबार पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

सुनको सिक्री लुटपाटमा संलग्न ४ जना पक्राउ
२०८३-०५-०२

भक्तपुर मध्यपुर थिमी नगरपालिका-१ लोकन्थलीका विभिन्न स्थानबाट सुनको सिक्री लुटपाट भएको घटनामा संलग्न रहेको अभियोगमा प्रहरीले ४ जनालाई आइतबार पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुनको सिक्री लुटपाट गर्नेहरू काठमाडौं महानगरपालिका-३२ कोटेश्वर बस्ने भोजपुर रामप्रसादराई गाउँपालिका-२ घर भएका ३२ वर्षीय योगेन्द्र तामाङ र काठमाडौं महानगरपालिका-३२ पेप्सिकोला बस्ने रामेछाप दोरम्बा गाउँपालिका-२ ढोईगाउँ घर भएका ३६ वर्षीय काले भन्ने देबेन्द्र थापा मगर तथा चोरी भएको सुन खरिद गर्नेहरू काठमाडौं महानगरपालिका-१८ नरदेवी बस्ने भोजपुर रामप्रसादराई गाउँपालिका-६ मालबासे घर भएका ४० वर्षीय मिलन विक र काठमाडौं महानगरपालिका-१८ भेडासिंह बस्ने भारत कलकत्ता वेष्ट बंगाल घर भएका ४० वर्षीय संजित साम्नत रहेका छन् । भक्तपुर मध्यपुर थिमी नगरपालिका-१ लोकन्थली बिग मार्ट नजिकमा गत असार २६ तथा लोकन्थली हनुमान चोकमा गत असार ३० गते मोटरसाइकलमा सवार अपरिचित २ जना व्यक्तिहरूले पैदल हिँडिरहेका महिला तथा जेष्ठ नागरिकहरूको घाँटीमा लगाएको सुनको सिक्री जबरजस्ती तानी फरार रहेको घटनाको अनुसन्धान गर्ने क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले घटनामा संलग्न उनीहरूलाई उपत्यकाका विभिन्न स्थानहरूबाट पक्राउ गरेको हो । उनीहरूलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि प्रहरी वृत्त सातदोबाटो ललितपुर पठाइएको छ । 

सार्वजनिक यातायातमा सुनको सिक्री चोरी गर्ने २ जना पक्राउ
२०८३-०५-०२

सार्वजनिक यातायातमा सुनको सिक्री चोरी गरेको घटनामा संलग्न रहेको अभियोगमा प्रहरीले २ जनालाई शुक्रबार पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भक्तपुर बस्ने सोलुखुम्बु घर भएका ३१ वर्षीय अजय बस्नेत र भक्तपुर सूर्यविनायक नगरपालिका-२ बस्ने झापा दमक नगरपालिका-६ घर भएका ४३ वर्षीय भविन्द्र विक रहेका छन् । सार्वजनिक यातायातमा सवार भई काठमाडौं पुरानो बसपार्क देखि बिजुली बजार सम्म जाने क्रममा एक जना व्यक्तिको घाँटीमा लगाएको सुनको सिक्री साउन २७ गते चोरी भएको घटनाको अनुसन्धान गर्ने क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु समेतबाट खटिएको प्रहरीले उक्त घटनामा संलग्न उनीहरूलाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको हो । उनीहरूलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि प्रहरी वृत्त सिंहदरबार काठमाडौं पठाइएको छ ।