प्रहरी कन्ट्रोल : १००
नेपा
EN

दोस्रो प्रहरी महानिरीक्षक राष्‍ट्रिय तेक्वान्दो प्रतियोगिता, २०८२ समापन समारोह सम्पन्न

२०८२-०९-२१

  • A
  • A-
  • A+
Share

काठमाडौं, २१ पुस

   नेपाल पुलिस स्कुल सामाखुसीको आयोजनामा २ दिवसिय “दोश्रो प्रहरी महानिरीक्षक राष्‍ट्रिय तेक्वान्दो प्रतियोगिता,२०८२” समापन समारोह  प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको  प्रमुख आतिथ्यमा नेपाल पुलिस स्कुल सामाखुसीको प्राङ्गणमा सोमबार सम्पन्न भएको छ ।

  मिति २०८२/०९/२० गतेबाट दुई दिनसम्म चलेको उक्त प्रतियोगितामा नेपाल भरका ४४ वटा विद्यालयका  कुल ६५३ जना विद्यार्थीहरुको सहभागिता रहको थियो  । कार्यक्रमका प्रमुख अतिथी प्रहरी महानिरीक्षक कार्कीले  प्रतियोगिताका विजेता खेलाडीहरू  सहभागी विद्यालय तथा खेल व्यवस्थापन गर्ने सम्पूर्ण टिमलाई पुरस्कार,प्रमाणपत्र तथा मेडल वितरण  गर्नु भयो । प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले  प्रतियोगितामा सहभागि सबै जनामा हार्दिक आभार व्यक्त गर्दै खेल मार्फत आत्म बिश्वास र अनुशासन बृद्धि हुने कुरामा जोड दिनु भयो ।

कार्यक्रममा सामाखुसी पुलिस स्कुल व्यवस्थापन समितीका अध्यक्ष प्रहरी नायव महानिरीक्षक ओम प्रसाद अधिकारीले प्रमुख अतिथी प्रहरी महानिरीक्षक दान बहादुर कार्कीलाई माँयाको चिनो प्रदान गर्नु भयो ।  साथै उहाँले IGP National Taekwondo Championship कार्यक्रममा उपस्थित सबै जनालाई धन्यबाद ज्ञापन गर्नु भयो ।  

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षक , तार्केश्वर नगरपालिकाका प्रमुख तथा अन्य जन प्रतिनिधिहरु,  बिभिन्न सहभागी बिद्यालयका शिक्षक शिक्षिकाहरु , नेपाल पुलिस स्कुल सामाखुसीका प्राचार्य, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु, निर्णायक समितिका सदस्यहरु र विद्यार्थीहरु लगायत सिनियर तथा जुनियर प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।

 

सम्बन्धित समाचार
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ
२०८३-०२-२७

          काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भक्तपुर मध्यपुर थिमि नगरपालिका-३ बस्ने सिन्धुपाल्चोक पाँचपोखरी गाउँपालिका-६ घर भएका २९ वर्षीय सुमन शाही, काठमाडौं बुढानिलकण्ठ नगरपालिका-३ बस्ने रामेछाप उमाकुण्ड गाउँपालिका-७ घर भएका ४७ वर्षीय वेद बहादुर सुनुवार, काठमाडौं टोखा नगरपालिका-६ बस्ने झापा भद्रपुर नगरपालिका-२ घर भएका ४५ वर्षीय अनिल अग्रवाल र ललितपुर, ललितपुर महानगरपालिका-१८ बस्ने तनहुँ भानु गाउँपालिका-१२ घर भएका ३७ वर्षीया विवेक अधिकारी रहेका छन् ।  पक्राउ मध्ये सुमनले क्रोएशिया पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट १९ लाख रूपैयाँ, वेद बहादुरले स्विजरल्याण्ड पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख ४० हजार रूपैयाँ, अनिलले अष्ट्रिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख रूपैयाँ र विवेकले फ्रान्स पठाइदिन्छु भन्दै १ जना पीडितबाट ८ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले सुमनलाई भक्तपुर मध्यपुर थिमि नगरपालिका-३ बाट सोमबार तथा वेद बहादुरलाई काठमाडौं बुढानिलकण्ठ नगरपालिका-३ बाट, अनिल र विवेकलाई काठमाडौं टोखा नगरपालिका-६ बाट मंगलबार पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

अवैध लागूऔषध सहित २ जना पक्राउ
२०८३-०२-२७

     काठमाडौं महानगरपालिका-३२ कोटेश्वरस्थित आकाशेपुल नजिकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ५ सय मिलिग्राम, नियन्त्रित लागूऔषध ट्रामाडोल ७३ ट्याब्लेट र नाइट्राभेट १२ ट्याब्लेट सहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं कोटेश्वर फुलबारी मार्ग बस्ने नुवाकोट घर भएका ३० वर्षीय साजन मगर र ललितपुर, ललितपुर महानगरपालिका-६ घर भएकी ३१ वर्षीया मञ्जु तामाङ महर्जन रहेका छन् । प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको  प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।