अवैध लागूऔषध सहित २ जना पक्राउ
२०८३-०२-१९
- A
- A-
- A+
काठमाडौं, दक्षिणकाली
नगरपालिका-५ फर्पिङबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब २ ग्राम
३ सय १० मिलिग्राम सहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ
पर्नेहरूमा सिराहा, सिरहा नगरपालिका-५ रमौल घर भएका २४ वर्षीय मोहम्मद आसिम
सिद्दिकी र २२ वर्षीय मोहम्मद अरमान आलम रहेका छन् । इलाका प्रहरी कार्यालय
फर्पिङबाट खटिएको प्रहरीले सिराहाबाट काठमाडौंतर्फ आउँदै गरेको बा.६४ प ६८७३
नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
त्यसैगरी काठमाडौं महानगरपालिका-१६ बसन्तनगर गुम्बास्थित टहराबाट अवैध
लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १४ ग्राम ६४ मिलिग्राम, मोबाइल ६
थान र नगद ५५ हजार २० रूपैयाँ सहित ३ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ
। पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने नुवाकोट ककनी गाउँपालिका-३ घर भएका २८ वर्षीय
रविन तामाङ, दोलखा
गौरीशंकर गाउँपालिका-३ घर भएका २५ वर्षीय दारिन्जी शेर्पा र काठमाडौं तारकेश्वर
नगरपालिका-११ कालो ट्याङ्की बस्ने काभ्रे तेमाल गाउँपालिका-९ घर भएका २७ वर्षीय
अर्जुन विक रहेका छन् । प्रहरी विट बसन्तनगर गुम्बाबाट खटिएको प्रहरीले उनीहरूलाई
उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
घटना सम्बन्धमा आवश्यक अनुसन्धान भई रहेको
छ ।