वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ
२०८३-०४-२१
- A
- A-
- A+
काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी
विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ
गरेको छ ।पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-४ बस्ने नुवाकोट घर भएका ४१
वर्षीय मनोहर मुडभरी, काठमाडौं महानगरपालिका-१४ बस्ने बाजुरा
घर भएका २६ वर्षीय अनिल मल्ल, काठमाडौं टोखा नगरपालिका-१०
बस्ने कास्की घर भएकी ३४ वर्षीया कमला पौडेल सुनार र काठमाडौं महानगरपालिका-९
बस्ने पाँचथर घर भएका ४१ वर्षीय तुलसीराम ढुंगेल रहेका छन् । पक्राउ मध्ये मनोहरले मौरिसस पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख ५०
हजार रूपैयाँ, अनिलले कम्बोडिया पठाइदिन्छु भन्दै १ जना
पीडितबाट ८ लाख ८४ हजार रूपैयाँ, कमलाले रोमानिया पठाइदिन्छु
भन्दै १ जना पीडितबाट ६ लाख रूपैयाँ र तुलसीरामले युएई पठाइदिन्छु भन्दै १ जना
पीडितबाट ६ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने उजुरीको आधारमा काठमाडौं
उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले मनोहरलाई ललितपुर महानगरपालिका-३
बाट मंगलबार, अनिललाई काठमाडौं महानगरपालिका-११ बाट, कमलालाई काठमाडौं महानगरपालिका-२६ बाट र तुलसीरामलाई काठमाडौं
महानगरपालिका-९ बाट बुधबार पक्राउ गरेको हो । उनीहरूलाई
आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं
पठाइएको छ ।