अवैध लागूऔषध सहित १ जना पक्राउ
२०८३-०७-१८
- A
- A-
- A+
२०८३-०७-१८
काठमाडौं, चन्द्रागिरी नगरपालिका-८ मातातीर्थ बौथली
चोक बस्ने २८ वर्षीय रबिन तामाङलाई नियन्त्रित लागूऔषध ट्रामाडोल ६ सय ७४
ट्याब्लेट सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त थानकोटबाट
खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।