प्रहरी कन्ट्रोल : १००
नेपा
EN

सुरक्षित उपत्यका - हाम्रो प्रतिवद्धता एवं समुदाय प्रहरी साझेदारी अभियान अन्तर्गत विपद् सम्बन्धी अनुशिक्षण कार्यक्रम सञ्चालन

२०८२-०३-२६

  • A
  • A-
  • A+
Share

आज मिति २०८२/०३/२६ गते दिनको १०:३० बजे   काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीको आयोजना, Nepal Association of Rafting Agencies (NARA) को सहकार्य तथा नेपाल प्रहरी विपद् व्यवस्थापन कार्यालय सामाखुसीको सहयोगमा बाढी एवं डुवान जस्तो मनसुनजन्य विपद्का घटनाहरुको उद्दार एवं प्रतिकार्यको क्रममा परिचालित हुने सामुदायिक विपद् स्वयंम् सेवकहरुको ज्ञान, सिप तथा कौशलमा अभिवृद्धि गर्न सामुदायिक प्रहरी सेवा केन्द्र इचंगुनारायण , गोंगबु, कृतिपुर, जोरपाटी एवम् बुढानिलकण्ठ अन्तर्गतका कुल ४४ जना सामुदायिक विपद् स्वयंम् सेवकहरुका लागि काठमाडौं महानगरपालिका वडा नम्बर १ स्थित कमलपोखरीमा अनुशिक्षण अभ्यास सञ्चालन गरिएको छ । काठमाडौं उपत्यका स्थित २९ वटा सामुदायिक प्रहरी सेवा केन्द्रबाट कुल ६०० जना सामुदायिक विपद् स्वयंम् सेवकहरुलाई विपद् सम्बन्धी अनुशिक्षण अभ्यास प्रदान गर्ने लक्ष्य सहित सुरु गरिएको यस विपद् उद्धार अनुशिक्षणमा हाल सम्म कुल २९० जना सामुदायिक विपद् स्वयंम् सेवकहरुले अनुशिक्षण प्राप्त गर्नु भएको छ भने यस अनुशिक्षणले मनसुनजन्य विपद्का घटनाहरुमा तत्कालका लागि उद्दार एवं प्रतिकार्यमा सहायता पुग्नेछ ।

सम्बन्धित समाचार
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ
२०८३-०२-२७

          काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भक्तपुर मध्यपुर थिमि नगरपालिका-३ बस्ने सिन्धुपाल्चोक पाँचपोखरी गाउँपालिका-६ घर भएका २९ वर्षीय सुमन शाही, काठमाडौं बुढानिलकण्ठ नगरपालिका-३ बस्ने रामेछाप उमाकुण्ड गाउँपालिका-७ घर भएका ४७ वर्षीय वेद बहादुर सुनुवार, काठमाडौं टोखा नगरपालिका-६ बस्ने झापा भद्रपुर नगरपालिका-२ घर भएका ४५ वर्षीय अनिल अग्रवाल र ललितपुर, ललितपुर महानगरपालिका-१८ बस्ने तनहुँ भानु गाउँपालिका-१२ घर भएका ३७ वर्षीया विवेक अधिकारी रहेका छन् ।  पक्राउ मध्ये सुमनले क्रोएशिया पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट १९ लाख रूपैयाँ, वेद बहादुरले स्विजरल्याण्ड पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख ४० हजार रूपैयाँ, अनिलले अष्ट्रिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख रूपैयाँ र विवेकले फ्रान्स पठाइदिन्छु भन्दै १ जना पीडितबाट ८ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले सुमनलाई भक्तपुर मध्यपुर थिमि नगरपालिका-३ बाट सोमबार तथा वेद बहादुरलाई काठमाडौं बुढानिलकण्ठ नगरपालिका-३ बाट, अनिल र विवेकलाई काठमाडौं टोखा नगरपालिका-६ बाट मंगलबार पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

अवैध लागूऔषध सहित २ जना पक्राउ
२०८३-०२-२७

     काठमाडौं महानगरपालिका-३२ कोटेश्वरस्थित आकाशेपुल नजिकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ५ सय मिलिग्राम, नियन्त्रित लागूऔषध ट्रामाडोल ७३ ट्याब्लेट र नाइट्राभेट १२ ट्याब्लेट सहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं कोटेश्वर फुलबारी मार्ग बस्ने नुवाकोट घर भएका ३० वर्षीय साजन मगर र ललितपुर, ललितपुर महानगरपालिका-६ घर भएकी ३१ वर्षीया मञ्जु तामाङ महर्जन रहेका छन् । प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको  प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।