वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने सात जना पक्राउ
२०८३-०१-१७
- A
- A-
- A+
२०८३-०१-१७
काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै
रकम ठगी गरेको अभियोगमा ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा
काठमाडौं गोकर्णेश्वर नगरपालिका-५ बस्ने तेह्रथुम घर भएका ४० वर्षीय सुरज पंधाक
लिम्बु, सोलुखुम्बु घर भएका ४६ वर्षीय कमल बहादुर पुलामी मगर,
काठमाडौं महानगरपालिका-१२ बस्ने काभ्रे घर भएका ३९ वर्षीय बिनोद थापा,
काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका बस्ने सोलुखम्बु घर भएका २९ वर्षीय
सागर शेर्पा, काठमाडौं गोकर्णेश्वर नगरपालिका-६ बस्ने
सिन्धुपाल्चोक घर भएका ५६ वर्षीय सूर्य प्रसाद कोइराला, काठमाडौं
महानगरपालिका-३२ बस्ने काभ्रे घर भएका २६ वर्षीय प्रल्हाद खत्री र ३३ वर्षीय सरोज
गौतम रहेका छन् । पक्राउ मध्ये सुरज र कमल बहादुरले जापान पठाइदिन्छु भन्दै ११ जना
पीडितहरूबाट १ करोड २ लाख रूपैयाँ, बिनोदले कोरिया
पठाइदिन्छु भन्दै २६ जना पीडितहरूबाट १ करोड ५० लाख रूपैयाँ, सागरले फ्रान्स पठाइदिन्छु भन्दै ५ जना पीडितहरूबाट २८ लाख रूपैयाँ,
सूर्य प्रसादले अमेरिका पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख
रूपैयाँ, प्रल्हादले ग्रीस पठाइदिन्छु भन्दै १ जना पीडितबाट
१७ लाख रूपैयाँ र सरोजले ग्रीस पठाइदिन्छु भन्दै १ जना पीडितबाट १७ लाख रूपैयाँ लिई
सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध
अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले सुरजलाई काठमाडौं गोकर्णेश्वर
नगरपालिका-६ बाट, कमल बहादुरलाई काठमाडौं महानगरपालिका-३१
बाट, सागरलाई काठमाडौं जोरपाटीबाट, प्रल्हाद
र सरोजलाई काठमाडौं महानगरपालिका-३२ बाट बुधबार तथा बिनोदलाई काठमाडौं
महानगरपलिका-१२ र सूर्य प्रसादलाई काठमाडौं महानगरपालिका-७ बाट बिहीबार पक्राउ
गरेको हो । पक्राउ मध्ये सुरज र कमल बहादुरलाई
आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ भने
बिनोद, सागर, सूर्य प्रसाद, प्रल्हाद र सरोजलाई वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।