काठमाडौं उपत्यका प्रहरी कार्यालय र टोखा नगरपालिका बीच सिसिटिभि क्यामेरा जडान र संचालन सम्बन्धी सम्झौता ।
२०८३-०५-१८
- A
- A-
- A+
काठमाडौं, १८ भदौ
काठमाडौं उपत्यका प्रहरी कार्यालय
रानीपोखरी र टोखा नगरपालिका बीच सिसिटिभि क्यामेरा जडान र संचालन सम्बन्धी बिहीबार
सम्झौतापत्रमा हस्ताक्षर भएको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख
प्रहरी अतिरिक्त महानिरीक्षक सुशील सिंह राठौर र टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले
सम्झौतापत्रमा हस्ताक्षर गर्नुका साथै सम्झौतापत्र आदान-प्रदान समेत गर्नुभयो ।
टोखा नगर क्षेत्रमा सिसिटिभि
जडान पश्चात अपराध रोकथाम, शंकास्पद गतिविधि निगरानी तथा
अपराध अनुसन्धानमा थप सहज हुने एवम् सिसिटिभि फुटेज मार्फत चोरी, लुटपाट, झै-झगडा, सडक दुर्घटना
लगायतका घटनामा संलग्न व्यक्ति पहिचान र घटनाको प्रमाण संकलनमा सहयोग पुग्ने अपेक्षा
गरिएको छ । प्रविधीमैत्री सुरक्षा प्रणाली मार्फत सुरक्षित, व्यवस्थित
र नागरिकमैत्री टोखा नगरपालिका निर्माणतर्फ यो एक महत्वपुर्ण कदम हुनेछ । यो सहकार्यले
जनतामा शान्ति सुरक्षाको अनुभुति दिलाउने छ ।
कार्यक्रममा टोखा नगरपालिकाका प्रशासकीय अधिकृत कमल भट्टराई
लगायत प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।