वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ६ जना पक्राउ
२०८३-०३-१७
- A
- A-
- A+
काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु
भन्दै रकम ठगी गरेको अभियोगमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ
पर्नेहरूमा चितवन भरतपुर महानगरपालिका-१० बस्ने पाल्पा घर भएकी ४८ वर्षीय मेनुका
ढुंगाना, काठमाडौं बुढानिलकण्ठ नगरपालिका-९ बस्ने
सिन्धुपाल्चोक घर भएका ३१ वर्षीय सन्जु तामाङ, टोखा
नगरपालिका-८ बस्ने सिन्धुली घर भएकी ३८ वर्षीया सुमित्रा कोईराला, गोकर्णेश्वर नगरपालिका-६ बस्ने सिन्धुली घर भएकी ३७ वर्षीया रंजना
कोईराला, गोकर्णेश्वर नगरपालिका-६ बस्ने गोरखा घर भएका ३२ वर्षीय
सन्तोष तामाङ र काठमाडौं महानगरपालिका-३ बस्ने मोरङ घर भएका ५१ वर्षीय धात्री
प्रसाद पोख्रेल रहेका छन् । पक्राउ मध्ये मेनुकाले जापान पठाइदिन्छु भन्दै २ जना
पीडितहरूबाट ७ लाख ५० हजार रूपैयाँ, सन्जुले ग्रिस
पठाइदिन्छु भन्दै ८ जना पीडितहरूबाट ४३ लाख रूपैयाँ, सुमित्राले
अष्ट्रेलिया पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ३ लाख रूपैयाँ, रंजनाले अष्ट्रेलिया पठाइदिन्छु भन्दै २ जना
पीडितहरूबाट २ लाख रूपैयाँ, सन्तोषले सर्विया पठाइदिन्छु
भन्दै १ जना पीडितबाट २ लाख ८४ हजार रूपैयाँ र धात्री प्रसादले क्रोएसिया
पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट १२ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने
पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट
खटिएको प्रहरीले सन्तोषलाई काठमाडौं महानगरपालिका-२६ बाट मंगलबार तथा सन्जु,
सुमित्रा, रंजना र धात्री प्रसादलाई काठमाडौं
महानगरपालिका-१२ बाट, मेनुकालाई काठमाडौं महानगरपालिका-११
बाट बुधबार पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग
ताहाचल काठमाडौं पठाइएको छ ।