प्रहरी कन्ट्रोल : १००
नेपा
EN

अपहरण तथा शरीर बन्धक, कर्तव्य ज्यान र डाँका चोरी सम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

२०८३-०२-०४

  • A
  • A-
  • A+
Share

काठमाडौं, अपहरण तथा शरीर बन्धक, कर्तव्य ज्यान र डाँका चोरी सम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी नुवाकोट किस्पाङ गाउँपालिका-१३ बस्ने २५ वर्षीया सपना तामाङलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । 

जिल्ला अदालत रसुवाबाट उक्त मुद्दामा जन्म कैद सजाय फैसला भई केन्द्रिय कारागार कार्यालय जगन्नाथदेवलस्थित महिला बन्दी सुधार गृहमा दाखिला भई कैद भुक्तान गरिरहेकी उनी गत शुक्रबार राति कारागार कार्यालयको महिला बन्दी सुधार गृहको कम्पाउण्डको पछाडी पट्टिको पर्खाल नाघी फरार भएकी थिइन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी र नेपाल प्रहरी अनाश्रित गुल्म जगनाथदेवल सुन्धारा समेतको सहयोगमा उनलाई काठमाडौं असन चोकबाट पक्राउ गरेको हो । साथै उनलाई कारागारबाट भागे पश्चात लुकाई छिपाई राख्न सहयोग गर्ने काठमाडौं असन बस्ने भोजपुर, भोजपुर नगरपालिका-११ घर भएका ५५ वर्षीय मिन कुमार श्रेष्ठ र २७ वर्षीय समिर भन्ने सुवास श्रेष्ठलाई समेत प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ मध्ये सपनालाई कैद भुक्तानको लागि केन्द्रिय कारागार कार्यालय जगन्नाथदेवल पठाइएको छ भने मिन कुमार र सुवासलाई आवश्यक अनुसन्धान तथा आवश्यक कारबाहीको लागि प्रहरी वृत्त जनसेवा पठाइएको छ ।

सम्बन्धित समाचार
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ
२०८३-०२-२७

          काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भक्तपुर मध्यपुर थिमि नगरपालिका-३ बस्ने सिन्धुपाल्चोक पाँचपोखरी गाउँपालिका-६ घर भएका २९ वर्षीय सुमन शाही, काठमाडौं बुढानिलकण्ठ नगरपालिका-३ बस्ने रामेछाप उमाकुण्ड गाउँपालिका-७ घर भएका ४७ वर्षीय वेद बहादुर सुनुवार, काठमाडौं टोखा नगरपालिका-६ बस्ने झापा भद्रपुर नगरपालिका-२ घर भएका ४५ वर्षीय अनिल अग्रवाल र ललितपुर, ललितपुर महानगरपालिका-१८ बस्ने तनहुँ भानु गाउँपालिका-१२ घर भएका ३७ वर्षीया विवेक अधिकारी रहेका छन् ।  पक्राउ मध्ये सुमनले क्रोएशिया पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट १९ लाख रूपैयाँ, वेद बहादुरले स्विजरल्याण्ड पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख ४० हजार रूपैयाँ, अनिलले अष्ट्रिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख रूपैयाँ र विवेकले फ्रान्स पठाइदिन्छु भन्दै १ जना पीडितबाट ८ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले सुमनलाई भक्तपुर मध्यपुर थिमि नगरपालिका-३ बाट सोमबार तथा वेद बहादुरलाई काठमाडौं बुढानिलकण्ठ नगरपालिका-३ बाट, अनिल र विवेकलाई काठमाडौं टोखा नगरपालिका-६ बाट मंगलबार पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

अवैध लागूऔषध सहित २ जना पक्राउ
२०८३-०२-२७

     काठमाडौं महानगरपालिका-३२ कोटेश्वरस्थित आकाशेपुल नजिकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ५ सय मिलिग्राम, नियन्त्रित लागूऔषध ट्रामाडोल ७३ ट्याब्लेट र नाइट्राभेट १२ ट्याब्लेट सहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं कोटेश्वर फुलबारी मार्ग बस्ने नुवाकोट घर भएका ३० वर्षीय साजन मगर र ललितपुर, ललितपुर महानगरपालिका-६ घर भएकी ३१ वर्षीया मञ्जु तामाङ महर्जन रहेका छन् । प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको  प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।