अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ११ जना पक्राउ
२०८३-०५-०३
- A
- A-
- A+
काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध लागूऔषध गाँजा ३९ किलो २ सय
८८ ग्राम सहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा थाई एयरवेजको
उडानद्वारा बैंककबाट काठमाडौं आएका म्यानमारका नागरिक २३ वर्षीय ZAR NI
LIN, २३ वर्षीया EI EI THWE, ३९ वर्षीय AUNG
BWAR, ३२ वर्षीया CHUE MYATTHWAL SHEIN, ३२
वर्षीय ZIN MYO AUNG एवम् बाटिक एयरको उडानद्वारा फुकेटबाट
काठमाडौं आएका भारत पञ्चाव घर भएका २३ वर्षीय KHUSDEEP, ३२
वर्षीय GURDEEP SINGH र २६ वर्षीया KAMINI रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय गौचरबाट खटिएको
प्रहरीले उनीहरूलाई उक्त परिमाणको गाँजा सहित पक्राउ गरेको हो ।
यसैगरी काठमाडौं, टोखा
नगरपालिका-९ शान्तिटोल बुद्धमार्गस्थित धौलागिरी पोखरा गेष्ट हाउसबाट अवैध लागूऔषध
ब्राउनसुगर जस्तो देखिने पदार्थ ५९ ग्राम ६ सय ६० मिलिग्राम र नगद १५ हजार रूपैयाँ
सहित मोरङ रतुवामाई नगरपालिका-८ घर भएका २४ वर्षीय विशाल तामाङ समेत ३ जनालाई
मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग गोँगबुबाट खटिएको
प्रहरीले उक्त होटलको २०४ नम्बरको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी
उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।