प्रहरी कन्ट्रोल : १००
नेपा
EN

वैदेशिक रोजगार सम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

२०८३-०३-३२

  • A
  • A-
  • A+
Share

काठमाडौं, वैदेशिक रोजगार सम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी ललितपुर महालक्ष्मी नगरपालिका-२ इमाडोल बस्ने रूकुम मुसिकोट नगरपालिका-३ घर भएका ४७ वर्षीय रामचन्द्र खड्कालाई प्रहरीले पक्राउ गरेको छ । वैदेशिक रोजगार न्यायधिकरणबाट गत जेठ ११ गते पक्राउ अनुमति प्राप्त भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले ललितपुर महालक्ष्मी नगरपालिका-२ इमाडोलबाट पक्राउ गरेको हो ।  उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

सम्बन्धित समाचार
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
२०८३-०३-३२

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भक्तपुर सूर्यविनायक नगरपालिका-९ बस्ने दोलखा शैलुङ गाउँपालिका-४ घर भएका ३९ वर्षीय दावा योञ्जन र काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-८ बस्ने बारा आदर्श कोटवाल गाउँपालिका-४ घर भएका २७ वर्षीय अनिल कुमार यादव रहेका छन् ।             पक्राउ मध्ये दावाले सर्विया र युएई पठाइदिन्छु भन्दै ७ जना पीडितहरूबाट ११ लाख ४५ हजार रूपैयाँ र अनिलले मलेसिया पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट २ लाख ८७ हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले दावालाई भक्तपुर सूर्यविनायक नगरपालिका-९ बाट र अनिललाई काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-८ बाट पक्राउ गरेको हो ।     उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८३-०३-३२

काठमाडौं, बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी काठमाडौं बुढानिलकण्ठ नगरपालिका पासीकोट बस्ने रूकुम पूर्व पुथा उत्तरगंगा गाउँपालिका-८ घर भएका ४८ वर्षीय पूर्ण बहादुर मल्ललाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।            जिल्ला अदालत ललितपुरबाट उक्त मुद्दामा पक्राउ पूर्जी जारी भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले बुढानिलकण्ठ नगरपालिका-९ एयरपोर्ट गोल्डेन गेटबाट पक्राउ गरेको हो ।              उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २ जना पक्राउ
२०८३-०३-३०

काठमाडौं, काठमाडौं महानगरपालिका-२६ नयाँ बसपार्कबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय ५० मिलिग्राम सहित काठमाडौं नयाँ बसपार्क बस्ने पाँचथर फिदिम नगरपालिका-१४ घर भएका ३० वर्षीय रबिन मगरलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग गौँगबुबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । थप अनुसन्धानको क्रममा उक्त पदार्थ तारकेश्वर नगरपालिका-२ काभ्रेस्थली बस्ने रसुवा उत्तरगैया गाउँपालिका-५ घर भएकी ३२ वर्षीया रबिना बर्देवासँग खरिद गरेको भन्ने खुल्न आएपछि रबिनाको कोठामा तलासी गर्दा ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ ग्राम ३ सय ५० मिलिग्राम, डिजिटल तराजु १ थान र नगद २ लाख ८९ हजार ५ रूपैयाँ फेला पारी रबिनालाई समेत सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।              यसैगरी काठमाडौं, कीर्तिपुर नगरपालिका-५ राराहिलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ८० ट्याब्लेट, टापेन्टाडोल २० ट्याब्लेट, नाइट्राजेपाम १० ट्याब्लेट र नगद ५ हजार ४० रूपैयाँ सहित सोही नगरपालिका-५ पाँगा बसपार्क बस्ने ३७ वर्षीय संजिप कार्कीलाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी किर्तिपुरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनले प्रयोग गरेको बा.प्र.०२-०४३ प ९५४१ नम्बरको स्कुटर समेत बरामद गरेको छ ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।   

लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८३-०३-२६

२०८३-०३-२६काठमाडौं, लागूऔषध मुद्दाका २ जना फरार प्रतिवादीहरूलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं नागार्जुन नगरपालिका-४ बस्ने सिन्धुपाल्चोलक त्रिपुरासुन्दरी गाउँपालिका-२ घर भएका ३० वर्षीय भिमसेन वैजु र २३ वर्षीय विश्‍व वैजु रहेका छन् ।            जिल्ला अदालत काठमाडौंबाट २०८१ पुस ११ गते उक्त मुद्दामा २ वर्ष कैद र १ लाख रूपैयाँ जरिवाना तथा थप ३ महिना कैद र १० हजार रूपैयाँ जरिवाना ठहर भई फरार रहेका भिमसेनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले नागार्जुन नगरपालिका-४ सितापाईलाबाट पक्राउ गरेको हो । साथै जिल्ला अदालत काठमाडौंबाट उक्त मुद्दामा २ वर्ष कैद र १ लाख रूपैयाँ जरिवाना फैसला ठहर भई केन्द्रीय कारागार सुन्धारा काठमाडौंमा कैद भुक्तान गरिरहेकोमा २०८२ भदौ २४ गतेको आन्दोलनमा भागी फरार रहेका विश्‍वलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-६ सरस्वतीनगरबाट पक्राउ गरेको हो ।             पक्राउ मध्ये विश्‍वलाई कैद भुक्तानको लागि केन्द्रीय कारागार सुन्धारा काठमाडौं पठाइएको छ भने भिमसेनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौं पेश गरिएको छ ।

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
२०८३-०३-२६

२०८३-०३-२६काठमाडौं,        वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा कपिलवस्तु वाँणगंगा नगरपालिका-८ बस्ने पाल्पा रैनादेवी गाउँपालिका-१ घर भएका ३५ वर्षीय माधव अर्याललाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।           माधवले अमेरिका पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-१३ बाट पक्राउ गरेको हो ।            उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय काठमाडौं पठाइएको छ ।