अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ५ जना पक्राउ
२०८३-०२-१२
- A
- A-
- A+
२०८३-०२-१०
काठमाडौं, बुढानिलकण्ठ नगरपालिका-१२ कपनबाट नियन्त्रित लागूऔषध फेनारगन २९ एम्पुल,
डाइजेपाम २८ एम्पुल, नोर्फिन २६ एम्पुल र नगद
५ हजार रूपैयाँ सहित सोही ठाउँ बस्ने ३४ वर्षीय सोनाम राना मगरलाई शनिबार दिउँसो
प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले उनलाई उक्त
लागूऔषध सहित पक्राउ गरेको हो ।
यसैगरी काठमाडौं, चन्द्रागिरी नगरपालिका-७ बाट अवैध लागूऔषध
खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ सय मिलिग्राम सहित धादिङ नैबिसे घर भएका ४२
वर्षीय केदार तामाङलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त
थानकोटबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी काठमाडौं महानगरपालिका-३२ नरेफाँट जोशी चोकबाट
अवैध लागूऔषध गाँजा ४ सय ५० ग्राम र नियन्त्रित लागूऔषध ट्रामाडोल १ हजार ४ सय २७
ट्याब्लेट सहित काठमाडौं नरेफाँट बस्ने सर्लाही घर भएका २१ वर्षीय सन्देश
श्रेष्ठलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग कोटेश्वरबाट
खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
ललितपुर, ललितपुर महानगरपालिका-८ भोलढोकाबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने वस्तु
२७ ग्राम र नियन्त्रित लागूऔषध ट्रामाडोल ३ सय ८२ ट्याब्लेट सहित २ जनालाई शनिबार
दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मकवानपुर इन्द्रसरोवर
कुलेखानी घर भएका २५ वर्षीय बिजय स्याङ्बो र ललितपुर महानगरपालिका-८ गुईटोल बस्ने
मोरङ घर भएकी २० वर्षीया नीता शिवा रहेका छन् । प्रहरी
प्रभाग मंगलबजारबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो
। घट्ना सम्बन्धमा प्रहरी आवश्यक अनुसन्धान भई रहेको छ
।