वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने पाँच जना पक्राउ
२०८३-०३-२४
- A
- A-
- A+
काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको
प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ५ जनालाई प्रहरीले
पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा काठमाडौं टोखा नगरपालिका-९ बस्ने लमजुङ घर भएका
४५ वर्षीय पुर्ण बहादुर दुरा, काठमाडौं
महानगरपालिका-३२ बस्ने दोलखा घर भएकी ४२ वर्षीया कमला खत्री, ललितपुर महालक्ष्मी नगरपालिका-१३ बस्ने सुर्खेत घर भएकी २४ वर्षीया सरस्वती गिरी,
भक्तपुर सूर्यबिनायक नगरपालिका-८ बस्ने दोलखा घर भएका २७ वर्षीय
राम कुमार श्रेष्ठ र काठमाडौं
महानगरपालिका-२६ बस्ने बागलुङ घर भएका ३७ वर्षीय अमर सिंह घर्ती रहेका छन् । पक्राउ मध्ये पुर्ण बहादुरले पोल्याण्ड पठाइदिन्छु भन्दै १ जना
पीडितबाट १४ लाख रूपैयाँ, कमलाले
सर्विया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख ४५ हजार रूपैयाँ, सरस्वतीले युके पठाइदिन्छु भन्दै १ जना पीडितबाट ५ लाख रूपैयाँ, राम कुमारले पोर्चुगल पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख
रूपैयाँ र अमर सिंहले जापान पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख रूपैयाँ लिई सम्पर्कविहीन
भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट
खटिएको प्रहरीले पुर्ण बहादुरलाई काठमाडौं महानगरपालिका-२८ बाट, कमलालाई काठमाडौं महानगरपालिका-३२ बाट सरस्वतीलाई महालक्ष्मी
नगरपालिका-१३ बाट सोमबार तथा राम कुमारलाई काठमाडौं महानगरपालिका-२२ बाट र अमर सिंहलाई
काठमाडौं महानगरपालिका-२६ बाट मंगलबार पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं
पठाइएको छ ।