वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ
२०८३-०१-२५
- A
- A-
- A+
२०८३-०१-२५
काठमाडौं, वैदेशिक रोजगारीमा
आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा
४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा
काठमाडौं महानगरपालिका-१३ बस्ने भारत मोतिहारी घर भएका २९ वर्षीय संजय कुमार, काठमाडौं
महानगरपालिका-१६ बस्ने ५२ वर्षीय नगेन्द्र शाह, काठमाडौं महानगरपालिका-९ बस्ने बाँके खजुरा गाउँपालिका-२
घर भएका २४ वर्षीय मो. अलताव खाँ र काठमाडौं महानगरपालिका-२७ बस्ने सल्यान कुमाख
गाउँपालिका-२ घर भएका १९ वर्षीय केशव सुनार रहेका छन् ।
पक्राउ मध्ये संजय
र नगेन्द्रले बेलायत पठाइदिन्छु भन्दै १ जना पीडितबाट २२ लाख रूपैयाँ, मो. अलतावले
बुल्गेरिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ५१ लाख रूपैयाँ र केशवले क्यानडा
पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको
भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय
टेकुबाट खटिएको प्रहरीले संजयलाई काठमाडौं महानगरपालिका-१३ र नगेन्द्रलेलाई
काठमाडौं महानगरपालिका-९ बाट बुधबार तथा मो. अलतावलाई काठमाडौं महानगरपालिका-९ बाट
र केशवलाई काठमाडौं महानगरपालिका-१२ बाट बिहीबार पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक
अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।