अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २ जना पक्राउ
२०८३-०४-२१
- A
- A-
- A+
काठमाडौं महानगरपालिका-१६
वाईपास बस्ने ५३ वर्षीया शान्ती नगरकोटीलाई नियन्त्रित लागूऔषध डाईजेपाम १७ एम्पुल,
बुप्रेनोर्फिन १७ एम्पुल, प्रमोथाजाइन १७
एम्पुल र नगद २ लाख २६ हजार ८ सय ५० रूपैयाँ सहित बुधबार साँझ प्रहरीले पक्राउ
गरेको छ । प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त
लागूऔषध फेला पारी पक्राउ गरेको हो ।साथै भक्तपुर,
सूर्यबिनायक नगरपालिका-५ सल्लाघारीबाट नियन्त्रित लागूऔषध डाईजेपाम
४२ एम्पुल, बुप्रेनोर्फिन ४२ एम्पुल र फेनारगन ४३ एम्पुल
सहित भक्तपुर नगरपालिका-९ च्यामासिंह बस्ने २२ वर्षीय रितिक प्रजापतीलाई बुधबार
बेलुकी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले
उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यस
सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।