रेड पाण्डाको छाला सहित एक जना पक्राउ
२०८३-०४-२५
- A
- A-
- A+
भक्तपुर, भक्तपुर नगरपालिका-१ दुधपाटीस्थित रेसुङ्गा थकाली एण्ड किचेन होटलबाट अवैध
हाब्रे (रेड पाण्डा) को छाला सहित प्रहरीले दैलेख ठाटीगाउँ गाउँपालिका-४ बस्ने २९
वर्षीय भुपेन्द्र बहादुर कठायतलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उक्त होटलमा रेड पाण्डाको छाला लुकाई राखेको भन्ने सूचनाको आधारमा जिल्ला
प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले होटल तलासी गर्दा भुपेन्द्रलाई उक्त छाला
सहित फेला पारी पक्राउ गरेको हो । उनलाई आवश्यक
अनुसन्धान एवम् कारबाहीको लागि डिभिजन वन कार्यालय भक्तपुरमा बुझाइएको छ ।