स्रोत नखुलेको रकम सहित पक्राउ
२०८३-०२-२८
- A
- A-
- A+
काठमाडौं, काठमाडौं
महानगरपालिका-२२ न्यूरोडबाट स्रोत नखुलेको नगद ८ लाख ६१ हजार ५ सय रूपैयाँ सहित
भक्तपुर लोकन्थली बस्ने सिन्धुपाल्चोक घर भएका २६ वर्षीय सविन तिमल्सिनालाई बुधबार
दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले उनलाई
उक्त नगद सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।