जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ
२०८३-०२-२८
- A
- A-
- A+
काठमाडौं, चन्द्रागिरी
नगरपालिका-५ दाउराडिपो डेरा गरी बस्ने मकवानपुर बकैया गाउँपालिका-४ घर भएका २८
वर्षीय राजु लामाको कोठामा जुवातास खेलिरहेको अवस्थामा राजु समेत ६ जनालाई बुधबार
दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३
लाख १५ हजार ९ सय रूपैयाँ र ६ बुक तास सहित पक्राउ गरेको हो । साथै उनीहरूले
प्रयोग गरेको बा.प्र.०२-०६२ प १९५० नम्बर र बा.प्र.०२-०६६ प १०८६ नम्बरको स्कुटर
समेत प्रहरीले बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।