वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ६ जना पक्राउ
२०८३-०२-०७
- A
- A-
- A+
काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु
भन्दै रकम ठगी गरेको अभियोगमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ
पर्नेहरूमा रामेछाप, रामेछाप नगरपालिका-८ घर भएका ३३ वर्षीय
रमेश कुमार विश्वकर्मा, काठमाडौं महानगरपालिका-१० बस्ने
गोरखा घर भएका ३५ वर्षीय चन्द्र बहादुर गुरूङ, काठमाडौं
महानगरपालिका-२६ बस्ने गोरखा घर भएका ३० वर्षीय दिपेश गुरूङ, गोरखा घर भएका २४ वर्षीय सौगात गुरूङ, ललितपुर
गोदावरी नगरपालिका-२२ बस्ने पाँचथर घर भएका ४८ वर्षीय सुर्य प्रकाश खेजुम र
भक्तपुर सूर्यविनायक नगरपालिका-३ बस्ने काभ्रे घर भएका ३३ वर्षीया शान्ती श्रेष्ठ
रहेका छन् । पक्राउ मध्ये रमेशले अमेरिका पठाइदिन्छु
भन्दै १ जना पीडितबाट ३ लाख २५ हजार रूपैयाँ, चन्द्र
बहादुरले टर्की पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट २ लाख ९५ हजार रूपैयाँ,
दिपेश र सौगातले टर्की पठाइदिन्छु भन्दै ८ जना पीडितहरूबाट ८६ लाख
२२ हजार ५ सय ७० रूपैयाँ, सुर्य प्रकाशले साइप्रस पठाइदिन्छु
भन्दै १ जना पीडितबाट ९ लाख ५० हजार रूपैयाँ र शान्तीले लिथुआनिया पठाइदिन्छु
भन्दै १ जना पीडितबाट १ लाख ९३ हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने
पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट
खटिएको प्रहरीले रमेशलाई कास्कीबाट, चन्द्र बहादुरलाई
काठमाडौं महानगरपालिका-१० बाट र शान्तीलाई काठमाडौं महानगरपालिका-३० बाट बुधबार
तथा दिपेश र सौगातलाई काठमाडौं महानगरपालिका-२६ बाट र सुर्यलाई ललितपुर गोदावरी
नगरपालिका-२२ बाट मंगलबार पक्राउ गरेको हो । उनीहरूलाई
आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं
पठाइएको छ ।