अवैध लागूऔषध सहित १ जना पक्राउ
२०८३-०२-२८
- A
- A-
- A+
काठमाडौं, काठमाडौं
महानगरपालिका-४ सुकेधारा चोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ३० ट्याब्लेट
सहित बुढानिलकण्ठ नगरपालिका-१० कपन बस्ने ३३ वर्षीय सुनिल थपलियालाई बुधबार राति
प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले
बा.प्र.०२-०२९ प ७६५८ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त लागूऔषध सहित फेला पारी
पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।