प्रहरी कन्ट्रोल : १००
नेपा
EN
Latest Updates
चारित्रिक प्रमाणपत्र

नेपाल प्रहरीले बिभिन्न प्रयोजनका लागि चारित्रिक प्रमाणपत्र उपलब्ध गराई पाऊ भनी अनलाईन निवेदन दिने स्वदेशी तथा विदेशी नागरिकहरूलाई चारीत्रिक प्रमाणपत्र उपलब्ध गराउने गर्दछ ।

आकस्मिक सेवाका नम्बरहरू


प्रहरी कन्ट्रोल - १००

ट्राफिक कन्ट्रोल - १०३

बालबालिका हराएमा वा भेटिएमा - १०४

मानव बेचबिखन उजुरी - ११७७

Hot Line:
+९७७-९८५१२८३०२६

+९७७-०१५७२१०१७

‘सार्वजनिक सवारी साधनमा CC camera र Dashboard Camara जडान कार्य शुभारम्भ
२०८२-१०-०७

ट्राफिक प्रहरीका लागि क्षमता अभिवृद्धि तालिमको उद्घाटन तथा सार्वजनिक सवारी साधनमा CC camera र Dashboard Camara जडान कार्यको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्कीबाट शुभारम्भ भएको छ ।  उक्त कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक कार्कीले सार्वजनिक यातायात नागरिकको पहुँचमा हुने भएकाले यसलाई प्रविधियुक्त बनाउन आवश्य रहेको बताउनुभयो । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथको आयोजना र Nepal Automobile Importers and Manufacturers Association (NAIMA) को सहकार्यमा आजबाट संचालनमा आएको हो । उक्त कार्यक्रममा सवारी दुर्घटना न्यूनीकरण विशेष अभियान तथा ट्राफिक सप्ताह २०८२ सफल बनाउन बिभिन्न क्षेत्रबाट भूमिका खेल्ने संघ-संस्था र व्यक्तिहरूलाई कदर-पत्रद्वारा सम्मान गरिएको थियो ।            कार्यक्रममा NAIMA, NADA का प्रतिनिधि,यातायात व्यवसायी, कलाकार, ट्राफिक प्रहरी कर्मचारीहरू तथा पत्रकारहरुको उपस्थिति रहेको थियो ।  

  • सि.सि.टि.भि. जडान सम्बन्धी समझदारी-पत्रमा हस्ताक्षर
    २०८२-१०-०८

    काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्की र कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख उपेन्द्र कार्की बिच कागेश्वरी मनोहरा नगरपालिका क्षेत्र भित्र सि.सि.टि.भि. जडान गर्ने  सम्बन्धमा समझदारी-पत्रमा हस्ताक्षर गर्नुका साथै समझदारी-पत्र आदान प्रदान गर्ने कार्यक्रम सम्पन्न भएको छ ।       सो कार्यक्रममा कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख उपेन्द्र कार्कीले नागरीक सुरक्षाको लागी मुख्य सरोकारवाला निकाय नेपाल प्रहरी भएकाले नेपाल प्रहरीसँग सहकार्य गरि सि.सि क्यामेरा जडान गर्न लागिएको बताउनु भयो । सोही अवसरमा काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्कीले नागरिकहरूको सुरक्षालाई मध्यनजर गरी स्थानिय सरकारले गरेको लगानीमा आफुहरुले पुर्ण रुपमा सहयोग गरि समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

    [ विस्तृतमा ]
  • अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ४ जना पक्राउ
    २०८२-१०-०८

    काठमाडौं, टोखा नगरपालिका-७ बसुन्धारा खरिबोटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ ग्राम १ सय ८० मिलिग्राम सहित सोही नगरपालिका-६ बस्ने इलाम, इलाम नगरपालिका-४ घर भएका ३७ वर्षीय दिपक राईलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग गोँगबु समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।         ललितपुर, गोदावरी नगरपालिका-५ लेले बसपार्कबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ८२ ट्याब्लेट र स्पास्पेन १० ट्याब्लेट सहित महालक्ष्मी नगरपालिका-१२ धापाखेल बस्ने रामेछाप मन्थली घर भएका २२ वर्षीय पाल्देन लामा समेत ३ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी लेलेबाट खटिएको प्रहरीले बा.९७ प ५८६७ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    [ विस्तृतमा ]
  • चोरी गर्ने नियन्त्रणमा
    २०८२-१०-०८

    काठमाडौं बुढानिलकण्ठ नगरपालिका ९ मण्डिखाटार फुड जक्सन क्याफेबाट क्याफेको सटर फोडी भित्रबाट बा ३७ प ८५४६ नम्बरको स्कुटर नगद चोरी गरी फरार रहेको भन्ने खवर प्राप्‍त हुनासाथ प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरी टोलीले सिसिटिभीको फुटेजको आधारमा  जिल्ला सिन्धुपाल्चोक चौतारा नगरपालिका ६ घर भई काठमाडौं चाबहिल बस्ने वर्ष १९ को बिजय परियारलाई बा ३७ प ८५४६ नम्बरको स्कुटर र १ थान रड सहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको लागि प्रहरी बृत महाराजगंजमा राखी थप अनुसन्धान भईरहेको ।

    [ विस्तृतमा ]
प्रकाशित मिति शीर्षक कार्यहरु
२०७९-०५-२७ म्यादी प्रहरी भर्ना सम्बन्धी सूचना (२०७९-०५-२६)
नेपाल प्रहरी
सामाजिक सञ्जालमा

विभिन्न सामाजिक सञ्जालमार्फत नेपाल प्रहरीसँग सम्बन्धित ताजा समाचार, सूचना र घटनाहरूको साथ सुचित रहनुहोस्।

प्रहरी अनुरोध कार्यक्रम
रेडियो कार्यक्रम
रेडियो कार्यक्रम (२०८२-०९-१४)
रेडियो कार्यक्रम (२०८२-०९-१०)
रेडियो कार्यक्रम (२०८२-०९-०७)

नेपाल प्रहरी मोबाईल एप्स

Google Play र Apple app store मा उपलव्ध छ ।