प्रहरी कन्ट्रोल : १००
नेपा
EN

अवैध रूपमा बाह्‍य मुलुकतर्फ लैजान लागेको विभिन्न मुद्रासहित १ जना पक्राउ

२०८०-०३-२६

  • A
  • A-
  • A+
Share

काठमाण्डौ, २६ असार

        त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट लुकाई छिपाई अवैध रूपमा बाह्‍य मुलुकतर्फ लैजान लागेको अमेरिकी डलर १ सय दरको ३ सय ८० थान र श्रीलंकन रूपी ५ हजार दरको ५३ थान, १ हजार दरको ४ थान, ५० दरको ५ थान र २० दरको ५ थानसहित अमेरिकी नागरिक ४९ वर्षीय केभिन वेस्ले फिलिप्सलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

        भिस्टारा एयरलाइन्सको उडानद्वारा काठमाण्डौबाट भारतको दिल्ली प्रस्थान गर्न लागेका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडान तर्फको प्रस्थान ह्‍याण्ड ब्यागेज चेकिङ एरियाको ऐक्सरे मेसिनमा स्क्रिनिङ गर्ने क्रममा उनको व्यागबाट उक्त विदेशी मुद्रा फेला परेको हो । उनलाई आवश्यक अनुसन्धानको लागि प्रहरी वृत्त गौशाला पठाइएको छ । 

सम्बन्धित समाचार
बिल बिनाको सामान बरामद
२०८२-०९-१७

मिति २०८२।०९।१६ गते बिहान ०६:१५ बजेको समयमा काठमाडौं जिल्ला नागार्जुन नगरपालिका वडा नं. ४ स्थित बाफल चोकबाट धनगढी देखी काठमाडौं आएको ना ८ ख ८४९५ नम्बरको बसलाई चेकजाँच गर्दा डिक्की भित्रबाट २८ कार्टुन मोबाईको पार्टस सामान ( बिल बिनाको) सहित गाडी र गाडीका ४ जना स्टाफलाई नियन्त्रणमा लिई थप अनुसन्धानको लागी बृत स्वयम्भुमा राखि प्रहरीले अन्य आवश्यक छानबिन गरिरहेको छ । बरामद सामानहरू  -          २७ बोरामा १५०० पिस टेम्पड ग्लास, जम्मा ४०,५०० पिस, १ पिसको अन्दाजी मुल्य रु ३५ को दरले रु.१४,१७,५०० अक्षरुपी चौध लाख सत्र हजार पाँच सय  र -          १ बोरामा १०० पिस air pods, १ पिसको अन्दाजी मुल्य रु.८०० को दरले रु.८०,०००।– अक्षरुपी असी हजार गरी जम्मा अन्दाजी मुल्य रु.१४,९७,५०० अक्षरुपी चौध लाख सन्तानब्बे हजार पाँच सय  ।

७ जना प्रहरी कर्मचारीहरु पुरस्कृत
२०८२-०९-१४

२०८२ पुस १४  मिति २०८२।०८।२४ गते जिल्ला सिन्धुली गोलञ्जोर गा.पा. वडा नं.०५ ताप्केडाँडा स्थायी घर भएको वर्ष २५ को सुनिल भन्ने केशवराज हायुलाई कर्तव्य गरी जिल्ला ललितपुर महालक्ष्मी न.पा. वडा नं.०८ शेराफाँट लुभु स्थित घरको तरकारी बारीमा रहेको पानीको ईनारमा फालेको र मिति २०८२।०८।२५ गते पारुहाङ राईलाई कर्तव्य गरी भक्तपुरको देउराली भञ्याङको झाडी भित्र फालेको घटनाको अनुसन्धानको क्रममा सुक्ष्म रुपमा अनुसन्धान गरी उक्त घटनामा संलग्न व्यक्तिहरुलाई मिति २०८२।०९।०४ गते  र मिति २०८२।०९।०६ गते पक्राउ गर्न सफल भएकोले प्रहरी कर्मचारीहरुको मनोबल उच्च राख्न तथा हौसला अभिबृद्धी गर्न यस्ता उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरुलाई तत्कालै पुरस्कृत गर्दा अन्य प्रहरी कर्मचारीलाई समेत सकरात्मक प्रभाव पर्ने हुदा काठमाडौं उपत्यका प्रहरी कार्यालयले प्रहरी नायव उपरिक्षक २ जना तथा प्रहरी निरीक्षक १ जनालाई र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले प्रहरी नायव निरीक्षक २ जना, प्रहरी सहायक निरीक्षक १ जना र प्रहरी हबल्दार १ जना गरी कुल ७ जना प्रहरी कर्मचारीलाई पुरस्कृत गरिएको छ । 

CF 98 पेस्तोल थान २ सहित ३ जना नियन्त्रणमा
२०८२-०९-१४

२०८२ पुस १४      मिति २०८२/०९/१० गते हतियार  लुकाई छिपाई राखिएको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंको प्रहरी टोलिले ३ जनालाई नियन्त्रणमा लिएको छ ।  पक्राउ पर्नेमा जिल्ला काठमाडौं, काठमाडौं महानगरपालिका १५ डल्लु बस्ने वर्ष ३२ को झिल्के भन्ने विकाश शाही, जिल्ला मोरङ, लेटाङ नगरपालिका ४ गर भएको वर्ष २२ को शाहिल तिवारी र जिल्ला काठमाडौं, काठमाडौं महानगरपालिका १३ बाफल बस्ने वर्ष ३३ को जस्वन राई भन्ने अश्विन राई रहेका छन । उनिहरुको साथबाट CF 98 पेस्तोल थान- २  , सो पेस्तोलमा लाग्ने म्यागजिन थान -३  र गोलि थान – २ सहित गोलिको खोका थान- २ बरामद भएको छ ।     यस सम्बन्धमा प्रहरीले अन्य आवश्यक छानबिन गरिरहेको छ ।