प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

प्रहरी वरिष्ठ उपरीक्षक अरूण पौडेलको प्रमुख आतिथ्यतामा दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न ।

२०८०-१२-१६

  • A
  • A-
  • A+
Share

काठमाण्डौ, १६ चैत

नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग कर्मचारी प्रशासन शाखा नक्सालको मिति २०८०।१२।१५  को पत्रले प्रहरी जवानबाट प्रहरी सहायक हवल्दार पदमा बढुवा भएका २ जना  प्रहरी सहायक हवल्दारहरुलाई   प्रहरी वरिष्ठ उपरीक्षक अरूण पौडेलले  काठमाण्डौ उपत्यका प्रहरी कार्यालयमा शुक्रबार आयोजित एक समारोहबीच दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नुभएको छ ।

    दर्ज्यानी चिन्ह सुशोभन पश्चात पदोन्नति हुनु भएका प्रहरी कर्मचारीहरुलाई बधाई तथा शुभकामना  दिनुहुदै  प्रहरी वरिष्ठ उपरीक्षक अरूण पौडेलले  सरुवा वढुबा प्रहरी सेवामा प्रवेशदेखी अवकाससम्म प्रहरी कर्मचारीको नियमित प्रकृया भएकाले प्रहरी ऐन तथा नियमावलीमा तोकिए बमोजिम आफ्नो पदिय दायित्व निर्वाह गर्न निर्देशन दिनुभयो ।

सुशोभन कार्यक्रममा, प्रहरी बरिष्ठ उपरीक्षक, प्रहरी उपरीक्षकहरू सिनियर प्रहरी अधिकृतहरू, जुनियर  प्रहरी अधिकृतहरु तथा अन्य प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार
प्रहरी वृत्त बौद्धको भवन पुनःनिर्माण समितिद्वारा निर्माण सम्पन्न गरी प्रहरी महानिरीक्षक दान बहादुर कार्की मार्फत नेपाल प्रहरीलाई हस्तान्तरण कार्यक्रम सम्पन्न ।
२०८२-०८-२८

२०८२ मंसिर २८        मिति २०८२ भाद्र २३ र २४ गतेको आन्दोलनबाट क्षति ग्रस्त भएको प्रहरी वृत्त बौद्धको प्रहरी भवन पुनः निर्माण समितिद्वारा निर्माण सम्पन्न गरी प्रहरी महानिरीक्षक दान बहादुर कार्की मार्फत नेपाल प्रहरीलाई आज आइतबार एक कार्यक्रमका बीच हस्तान्तरण गरिएको छ ।     जेनजी आन्दोलनको क्रममा आगजनीबाट क्षति भएका प्रहरी वृत्त बौद्धको पुनर्निर्मित भवनको उद्घाटन गर्नुहुर्दै प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले  प्रहरी वृत्त बौद्धको  पुनः निर्माणमा सहयोग गर्ने सहयोगी मनहरुलाई धन्यवाद व्यक्त गर्दै नागरिकको नजिकको राज्यको प्रतिनिधिको रुपमा नेपाल प्रहरी भएकाले नागरिकको गुनासो सम्बोधनलाई प्राथमिकता दिन प्रहरी कर्मचारीलाई निर्देशन दिनुभयो ।प्रहरी भवन पुनः निर्माणमा सहयोग गर्नुहुने संघसंस्था साथै दाताहरूलाई सम्मान पत्र वितरण कार्यक्रम पश्चात प्रहरी भवन हस्तान्तरण समारोहलाई सम्बोधन गर्नुहुदै प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्कीले सुरक्षाको प्रत्याभुतिलाई महशुस गरी आन्दोलनबाट क्षति भएको प्रहरी वृत्त बौद्धको  पुनः निर्माण गरि हरेक समयमा देश र नागरिकको सेवामा अग्र पङ्क्तिमा खटिने नेपाल प्रहरीलाई सहयोग पुर्‍याएकोमा प्रहरी वृत्त बौद्ध भवन पुनःनिर्माण समिति सहयोगी दाताहरूलाई  काठमाडौं उपत्यका प्रहरी कार्यालयका साथै नेपाल प्रहरीको तर्फबाट धन्यबाद व्यक्त गर्नुभयो । साथै यस प्रहरी भवनबाट सम्पादन हुने प्रहरी सेवा प्रभावकारी र पारदर्शीहुने प्रतिवद्धता समेत व्यक्त गर्नु भयो ।      प्रहरी वृत्त बौद्ध भवन पुनः निर्माण समितिका अध्यक्ष जय मंगल लामाले धन्यवाद ज्ञापन गर्नुभएको उक्त कार्यक्रममा  गोकर्णेश्वर नगरपालिका प्रमुख दिप कुमार रिसाल, जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापा, प्रहरी वृत्त बौद्धका पुनःर्निर्माण समितिका पदाधिकारीहरू, स्थानिय जनप्रतिनिधिहरु, सहयोगी संघसंस्थाका महानुभावहरु, संचारकर्मीहरु, नागरिक समाजका प्रतिनिधिहरु,  स्थानिय बासिन्दाहरु, प्रहरी अधिकृत तथा अन्य दर्जाका प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

प्रहरी वृत्त सातदोबाटोको भवन पुनःनिर्माण समितिद्वारा निर्माण सम्पन्न गरी प्रहरी महानिरीक्षक दान बहादुर कार्की मार्फत नेपाल प्रहरीलाई हस्तान्तरण कार्यक्रम सम्पन्न ।
२०८२-०८-२८

२०८२ मंसिर २८        मिति २०८२ भाद्र २३ र २४ गतेको आन्दोलनबाट क्षति ग्रस्त भएको प्रहरी वृत्त सातदोबाटोको प्रहरी भवन पुनः निर्माण समितिद्वारा निर्माण सम्पन्न गरी प्रहरी महानिरीक्षक दान बहादुर कार्की मार्फत नेपाल प्रहरीलाई आज आइतबार एक कार्यक्रमका बीच हस्तान्तरण गरिएको छ ।     जेनजी आन्दोलनको क्रममा आगजनीबाट क्षति भएको प्रहरी वृत्त सातदोबाटोको पुनः र्निर्मित भवनको उद्घाटन गर्नुहुर्दै प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले नागरिकद्वारा बनाईएका भवनहरुमा सहयोगी नागरिकहरुको भावना जोडिने बताउनुहुदै समाजमा शान्ति सुव्यवस्था कायम राख्न नागरिक र प्रहरीको साझेदारी हुनुपर्नेमा जोड दिनुभयो ।     प्रहरी भवन पुनःनिर्माणमा सहयोग गर्नुहुने संघसंस्था साथै दाताहरूलाई सम्मान पत्र वितरण कार्यक्रम पश्चात प्रहरी भवन हस्तान्तरण समारोहलाई सम्बोधन गर्नुहुदै प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्कीले समारोहमा उपस्थित अधिकांश महानुभावहरूको श्रम, पसिना तथा योगदानका साथै स्थानिय जनसमुदायहरूले नेपाल प्रहरी प्रति देखाएको असिम  मायाको चिनो रुपमा नेपाल प्रहरीलाई सुम्पिएको यस पुनः र्निर्मित भवनमा व्यक्तिगत तथा संस्थागत रुपमा योगदान पुर्‍याउनु हुने सम्पुर्ण माहनुभावहरूमा हार्दिक आभार तथा कृतज्ञता व्यक्त गर्नुहुदै पुनः र्निर्मित भवनबाट  सेवा प्रदान गर्ने कार्यालयका कार्यालय प्रमुख सहित सम्पुर्ण प्रहरी कर्मचारीहरूलाई भवनको संरक्षण संवर्द्धन तथा प्रभावकारी र पारदर्शी प्रहरी सेवा प्रदान गर्नु हुन निर्देशन समेत निर्देशन दिनुभयो ।      प्रहरी वृत्त सातदोबाटो भवन पुनः निर्माण समितिका अध्यक्ष समाजसेवी तथा वरिष्ठ हास्य कलाकार किरण कुमार के.सी.ले धन्यवाद ज्ञापन गर्नुभएको उक्त कार्यक्रममा (महजोडी) वरिष्ठ हास्य कलाकारद्वय  मदनकृष्ण श्रेष्ठ र हरीवंश आचार्य, जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक होविन्द्र बोगटी, रिपोर्टस क्लबका अध्यक्ष  तथा पत्रकार ऋषि धमला, प्रहरी वृत्त सातदोबाटोका पुनःर्निर्माण समितिका पदाधिकारीहरू, क्लबका प्रतिनिधिहरु, स्थानिय जनप्रतिनिधिहरु, सहयोगी संघसंस्थाहरुका महानुभावहरु, संचारकर्मीहरु, नागरिक समाजका प्रतिनिधिहरु,स्थानिय बासिन्दाहरु, प्रहरी अधिकृत तथा अन्य दर्जाका प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।   

लैंगिक हिंसा विरुद्वको १६ दिने अन्तराष्ट्रिय अभियान अन्तर्गत “लैंङगिक हिंसा न्यूनिकरण तथा साइबर अपराध” सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न
२०८२-०८-२३

काठमाडौं, २३ मंसिरकाठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्कीको प्रमुख आतिथ्यतामा सामुदायिक सेवा तथा विकास समाज कोटेश्वर, प्रहरी वृत्त नयाँ बानेश्वर, प्रहरी प्रभाग कोटेश्वर, प्रहरी प्रभाग काडाँघारी, कागेश्वरी मनहरा नगरपालिका वडा नं. ७,८ र ९ तथा गान्धी आदर्श माध्यमिक विद्यालयको सयुक्त आयोजनामा लैंगिक हिंसा विरुद्वको १६ दिने अन्तराष्ट्रिय अभियान अन्तर्गत “लैंङगिक हिंसा न्यूनिकरण तथा साइबर अपराध”  सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । हरेक वर्ष नोभेम्वर २५ देखि डिसेम्वर १० तदनुसार (मंसिर ९ देखि २४) गतेसम्म अन्तरराष्ट्रिय अभियानको रुपमा मनाउने लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान “ प्रविधिको सही प्रयोग गरौः लैंगिक हिंसा अन्त्य गरौं” भन्ने नाराका साथ मनाइएको यस वर्षको अभियान अन्तर्गत उक्त कार्यक्रम सञ्चालन गरिएको थियो । कार्यक्रमलाई सम्बोधन गर्नुहुदै प्रहरी अतिरिक्त महानिरीक्षक कार्कीले विगतको समयमा भौतिक रुपमा हिंसा हुने गरेकोमा आधुनिक समयमा आधुनिक उपकरण तथा साइबर प्रविधिको प्रयोग गरी हिंसा भईरहेको वर्तमान परिदृश्यलाई निर्मूल पार्न नागरिकमा सचेतना हुनु पर्नेमा जोड दिदै समुदाय र प्रहरीको सामुहिक सहकार्यका साथ लैंगिक हिंसाको सवालमा संवेदनशील भई लाग्ने साथै कुनै पनि पिडा तथा हिंसामा परेका बालबालिका, महिला, पुरुष तथा लैंगिक अल्पसंख्यक खुलेर आफ्नो हिंसा कानुनी दायरामा ल्याउन आह्वान गर्दै कुनै पनि हिंसाका विरुद्ध नेपाल प्रहरी हरेक समय पीडितको साथमा हुने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । कार्यक्रममा जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी वरीष्ठ उपरीक्षक रमेश थापा, स्थानिय जन प्रतिनिधिहरु, विभिन्न संघ संस्थाका पदाधिकारीहरु,  सामुदायिक सेवा केन्द्रका पदाधिकारीहरू, स्थानीय भद्र भलादमीहरू, गान्धी आदर्श माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापनका पदाधिकारीहरु र शिक्षकहरु तथा विद्यार्थीहरु, लगायतको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न भयो ।