प्रहरी कन्ट्रोल : १००
नेपा
EN

प्रहरी वरिष्ठ उपरीक्षक अरूण पौडेलको प्रमुख आतिथ्यतामा दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न ।

२०८०-१२-१६

  • A
  • A-
  • A+
Share

काठमाण्डौ, १६ चैत

नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग कर्मचारी प्रशासन शाखा नक्सालको मिति २०८०।१२।१५  को पत्रले प्रहरी जवानबाट प्रहरी सहायक हवल्दार पदमा बढुवा भएका २ जना  प्रहरी सहायक हवल्दारहरुलाई   प्रहरी वरिष्ठ उपरीक्षक अरूण पौडेलले  काठमाण्डौ उपत्यका प्रहरी कार्यालयमा शुक्रबार आयोजित एक समारोहबीच दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नुभएको छ ।

    दर्ज्यानी चिन्ह सुशोभन पश्चात पदोन्नति हुनु भएका प्रहरी कर्मचारीहरुलाई बधाई तथा शुभकामना  दिनुहुदै  प्रहरी वरिष्ठ उपरीक्षक अरूण पौडेलले  सरुवा वढुबा प्रहरी सेवामा प्रवेशदेखी अवकाससम्म प्रहरी कर्मचारीको नियमित प्रकृया भएकाले प्रहरी ऐन तथा नियमावलीमा तोकिए बमोजिम आफ्नो पदिय दायित्व निर्वाह गर्न निर्देशन दिनुभयो ।

सुशोभन कार्यक्रममा, प्रहरी बरिष्ठ उपरीक्षक, प्रहरी उपरीक्षकहरू सिनियर प्रहरी अधिकृतहरू, जुनियर  प्रहरी अधिकृतहरु तथा अन्य प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार
दुबई पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ ।
२०८३-०५-१९

काठमाडौं, १९ भदौकाठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी दुबई पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका-८ बस्ने महोत्तरी बलवा नगरपालिका-९ घर भएका ४० वर्षीय अंसगर नदाफलाई प्रहरीले पक्राउ गरेको छ ।   अंसगरले दुबई पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ३ लाख १२ हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-८ बाट पक्राउ गरेको हो ।   उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।  

काठमाडौं उपत्यका प्रहरी कार्यालय र टोखा नगरपालिका बीच सिसिटिभि क्यामेरा जडान र संचालन सम्बन्धी सम्झौता ।
२०८३-०५-१८

काठमाडौं, १८ भदौ  काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी र टोखा नगरपालिका बीच सिसिटिभि क्यामेरा जडान र संचालन सम्बन्धी बिहीबार सम्झौतापत्रमा हस्ताक्षर भएको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक सुशील सिंह राठौर र टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले सम्झौतापत्रमा हस्ताक्षर गर्नुका साथै सम्झौतापत्र आदान-प्रदान समेत गर्नुभयो ।    टोखा नगर क्षेत्रमा सिसिटिभि जडान पश्चात अपराध रोकथाम, शंकास्पद गतिविधि निगरानी तथा अपराध अनुसन्धानमा थप सहज हुने एवम् सिसिटिभि फुटेज मार्फत चोरी, लुटपाट, झै-झगडा, सडक दुर्घटना लगायतका घटनामा संलग्न व्यक्ति पहिचान र घटनाको प्रमाण संकलनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । प्रविधीमैत्री सुरक्षा प्रणाली मार्फत सुरक्षित, व्यवस्थित र नागरिकमैत्री टोखा नगरपालिका निर्माणतर्फ यो एक महत्वपुर्ण कदम हुनेछ । यो सहकार्यले जनतामा शान्ति सुरक्षाको अनुभुति दिलाउने छ । कार्यक्रममा टोखा नगरपालिकाका प्रशासकीय अधिकृत कमल भट्टराई लगायत प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ११ जना पक्राउ
२०८३-०५-०३

काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध लागूऔषध गाँजा ३९ किलो २ सय ८८ ग्राम सहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा थाई एयरवेजको उडानद्वारा बैंककबाट काठमाडौं आएका म्यानमारका नागरिक २३ वर्षीय ZAR NI LIN, २३ वर्षीया EI EI THWE, ३९ वर्षीय AUNG BWAR, ३२ वर्षीया CHUE MYATTHWAL SHEIN, ३२ वर्षीय ZIN MYO AUNG एवम् बाटिक एयरको उडानद्वारा फुकेटबाट काठमाडौं आएका भारत पञ्चाव घर भएका २३ वर्षीय KHUSDEEP, ३२ वर्षीय GURDEEP SINGH र २६ वर्षीया KAMINI रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय गौचरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त परिमाणको गाँजा सहित पक्राउ गरेको हो ।               यसैगरी काठमाडौं, टोखा नगरपालिका-९ शान्तिटोल बुद्धमार्गस्थित धौलागिरी पोखरा गेष्ट हाउसबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५९ ग्राम ६ सय ६० मिलिग्राम र नगद १५ हजार रूपैयाँ सहित मोरङ रतुवामाई नगरपालिका-८ घर भएका २४ वर्षीय विशाल तामाङ समेत ३ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग गोँगबुबाट खटिएको प्रहरीले उक्त होटलको २०४ नम्बरको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको   हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

मौरिसस पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
२०८३-०५-०३

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी मौरिसस पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले काठमाडौं गोकर्णेश्वर नगरपालिका-८ बस्ने ओखलढुङ्गा सुनकोशी गाउँपालिका-२ घर भएका ५१ वर्षीय फुलमान तामाङलाई मंगलबार पक्राउ गरेको छ । फुलमानले मौरिसस पठाइदिन्छु भन्दै १ जना पीडितबाट १० लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-६ बाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

सुनको सिक्री लुटपाटमा संलग्न ४ जना पक्राउ
२०८३-०५-०२

भक्तपुर मध्यपुर थिमी नगरपालिका-१ लोकन्थलीका विभिन्न स्थानबाट सुनको सिक्री लुटपाट भएको घटनामा संलग्न रहेको अभियोगमा प्रहरीले ४ जनालाई आइतबार पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुनको सिक्री लुटपाट गर्नेहरू काठमाडौं महानगरपालिका-३२ कोटेश्वर बस्ने भोजपुर रामप्रसादराई गाउँपालिका-२ घर भएका ३२ वर्षीय योगेन्द्र तामाङ र काठमाडौं महानगरपालिका-३२ पेप्सिकोला बस्ने रामेछाप दोरम्बा गाउँपालिका-२ ढोईगाउँ घर भएका ३६ वर्षीय काले भन्ने देबेन्द्र थापा मगर तथा चोरी भएको सुन खरिद गर्नेहरू काठमाडौं महानगरपालिका-१८ नरदेवी बस्ने भोजपुर रामप्रसादराई गाउँपालिका-६ मालबासे घर भएका ४० वर्षीय मिलन विक र काठमाडौं महानगरपालिका-१८ भेडासिंह बस्ने भारत कलकत्ता वेष्ट बंगाल घर भएका ४० वर्षीय संजित साम्नत रहेका छन् । भक्तपुर मध्यपुर थिमी नगरपालिका-१ लोकन्थली बिग मार्ट नजिकमा गत असार २६ तथा लोकन्थली हनुमान चोकमा गत असार ३० गते मोटरसाइकलमा सवार अपरिचित २ जना व्यक्तिहरूले पैदल हिँडिरहेका महिला तथा जेष्ठ नागरिकहरूको घाँटीमा लगाएको सुनको सिक्री जबरजस्ती तानी फरार रहेको घटनाको अनुसन्धान गर्ने क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले घटनामा संलग्न उनीहरूलाई उपत्यकाका विभिन्न स्थानहरूबाट पक्राउ गरेको हो । उनीहरूलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि प्रहरी वृत्त सातदोबाटो ललितपुर पठाइएको छ । 

जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ
२०८३-०५-०२

ललितपुर महानगरपालिका-१५ चापागाउँ दोबाटोबाट जुवातास खेलिरहेको अवस्थामा प्रहरीले सोही महानगरपालिका-१५ सातदोबाटो बस्ने ओखलढुंगा सिद्धिचरण नगरपालिका-२ घर भएका ६० वर्षीय जय प्रकाश कार्की समेत ५ जनालाई सोमबार राति पक्राउ गरेको छ । प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६४ हजार ९ सय रूपैयाँ सहित पक्राउ गरेको हो ।कास्की, पोखरा महानगरपालिका-५ बरालचोकस्थित मेटल उद्योगमा जुवातास खेलिरहेको अवस्थामा उद्योगका संचालक बाग्लुङ जैमुनी गाउँपालिका-१० घर भएका ३१ वर्षीय ओमबहादुर थापा समेत ६ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५६ हजार ८ सय ३० रूपैयाँ र १ बुक तास सहित पक्राउ गरेको   हो ।   यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।