विदाई तथा फेरि भेटौला कार्यक्रम सम्पन्न ।
२०८३-०८-११
- A
- A-
- A+
मिति २०८३/०८/११ गते काठमाडौं उपत्यका प्रहरी
कार्यालयका कार्यालय प्रमुख प्रहरी अतिरिक्त
महानिरीक्षक सुशील सिंह
राठौरज्यूको उपस्थितिमा
तालुक नेपाल प्रहरी प्रधान कार्यालय कर्मचारी
प्रशासन शाखा नक्सालको मिति २०८३।०८।०८ गतेको पत्रले यस कार्यालयबाट जिल्ला प्रहरी
कार्यालय बर्दिया सरुवा हुनुभएका प्रहरी उपरीक्षक बाल नरसिंह राणा साथै सोही
पत्रले यस कार्यालयबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन
कार्यालय ईटहरी सुनसरी सरुवा हुनुभएका प्रहरी उपरीक्षक शालीग्राम शर्माको विदाई तथा फेरि भेटौला कार्यक्रम
सम्पन्न भएको छ ।
कार्यक्रममा प्रहरी नायव महानिरीक्षक गोबिन्द थपलिया, प्रहरी
वरिष्ठ उपरीक्षकहरु, प्रहरी उपरीक्षकहरु लगायत सिनियर प्रहरी
अधिकृत तथा जुनियर प्रहरी अधिकृत लगायत अन्य प्रहरी कर्मचारीहरुको उपस्थिती रहेको
थियो ।