प्रहरी कन्ट्रोल : १००
नेपा
EN

अवैध लागूऔषधसहित पक्राउ

२०८०-०८-११

  • A
  • A-
  • A+
Share

काठमाण्डौ, ११ मंसिर

            काठमाण्डौ, चन्द्रागिरी नगरपालिका-२ स्थित चेक प्वान्टबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ करिब ९ ग्राम ५० मिलिग्रामसहित २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा झापा बुधबारे गाउँपालिका-५ बस्ने ३० वर्षीय सन्तोष तिवारी र सोही गाउँपालिका-३ बस्ने ३९ वर्षीय हरि बहादुर बिक रहेका छन् । भद्रपुरबाट काठमाण्डौतर्फ आउँदै गरेको बा.प्र०२-०३-००१ख ५५५० नम्बरको बसलाई प्रहरी प्रभाग ‍नागढुंगा र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय नागढुङगाबाट संयुक्त रूपमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार उनीहरूलाई अन्डरवेयरभित्र ३ वटा पोकामा लुकाई ल्याएको उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

 घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार
मृगको छाला सहित दुई जना पक्राउ
२०८३-०१-१५

काठमाडौं महानगरपालिका-९ सिनामंगलबाट अवैध वन्यजन्तु मृगको जस्तो देखिने छाला ३ थान सहित २ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा नागार्जुन नगरपालिका भैरवी महांकाल बस्ने झापा मेचीनगर नगरपालिका-११ धाइजन घर भएका २८ वर्षीय बिजय उप्रेती र २७ वर्षीय बिशाल उप्रेती रहेका छन् । काठमाडौं सिनामंगलस्थित वन्यजन्तुको छाला समेतका सामग्रीहरू बिक्रीवितरण भइरहेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त छाला सहित पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागी डिभिजन वन कार्यालय हात्तीसार काठमाडौं पठाइएको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ६ जना पक्राउ
२०८३-०१-१५

काठमाडौं, गोकर्णेश्‍वर नगरपालिका-४ बाट नियन्त्रित लागूऔषध फेनारगन १० एम्पुल, डाइजेपाम ९ एम्पुल र नोर्फिन ९ एम्पुल सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-८ बेशीगाउँ बस्ने सिन्धुपाल्चोक घर भएका ३४ वर्षीय राजेश लामा र सोही नगरपालिका-६ नारायणटार बस्ने सिन्धुपाल्चोक घर भएका ३१ वर्षीय राम तामाङ रहेका छन् । प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।               ललितपुर, ललितपुर महानगरपालिका-५ लगनखेलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ७० ट्याब्लेट सहित सोही महानगरपालिका-१२ लगनखेल थटी टोल बस्ने २९ वर्षीय रोजेश देउलालाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय लगनखेलबाट खटिएको प्रहरी उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यसैगरी ललितपुर, महालक्ष्मी नगरपालिका-४ इमाडोल डेरा गरी बस्ने सप्तरी घर भएका २९ वर्षीय गौतम कुमार चौधरीलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय ३० मिलिग्राम सहित सोमबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त सातदोबाटो खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । यसैगरी ललितपुर, महालक्ष्मी नगरपालिका-४ इमाडोलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ३० ट्याब्लेट र नाइट्राजेपाम ३० ट्याब्लेट सहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने मकवानपुर घर भएका ३० वर्षीय दिपु गोले र सोही नगरपालिका-१ बस्ने झापा घर भएका ३२ वर्षीय विनय उदास रहेका छन् । प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले दिपुको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।              भक्तपुर, सूर्यविनायक नगरपालिका-५ सल्लाघारीबाट नियन्त्रित लागूऔषध डाइजेपाम १ सय ३ एम्पुल, नोर्फिन १ सय ३ एम्पुल, फेनारगन १ सय ३ एम्पुल, ट्रामाडोल ८ सय ५० ट्याब्लेट, नाइट्राभेट २ सय १० ट्याब्लेट र नगद २८ हजार २ सय ५० रूपैयाँ सहित सूर्यविनायक दार्जलिङ हाइट बस्ने सिन्धुली घर भएका ३० वर्षीय प्रकाश पाख्रिनलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग ब्यासीबाट खटिएको प्रहरीले बा.प्र.०२-०६४ प ४९८५ नम्बरको स्कुटरमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।   

ठगी गर्ने कार्यमा संलग्न व्यक्ति पक्राउ
२०८३-०१-१५

काठमाडौं, सस्तो दरमा अमेरिकी डलर सट्टा गरिदिने भन्दै ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा गोकर्णेश्वर नगरपालिका-८ बेसीगाउँ बस्ने सिन्धुपाल्चोक बाह्रबिसे नगरपलिका-३ घर भएका ३८ वर्षीय सञ्जय बहादुर तामाङलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । भक्तपुर चाँगुनारायण नगरपालिका-४ स्थित चिहानडाँडामा गत वैशाख ४ गते पीडितलाई बोलाई सस्तो दरमा अमेरिकन डलर सट्टा गरिदिने भनि प्रलोभनमा पारी ३ लाख १० हजार रूपैयाँ ठगी गरी फरार भएको घटनाको अनुसन्धानको क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान शाखा कार्यालय भक्तपुरबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनलाई  काठमाडौं महानगरपलिका-४ महाराजगंजबाट पक्राउ गरेको हो ।  उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर भक्तपुर पठाइएको छ । 

बेलायत र बुल्गेरिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
२०८३-०१-१५

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी बेलायत र बुल्गेरिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-२६ बस्ने रौतहट राजपुर नगरपालिका-६ घर भएका २४ वर्षीय दिपक कुमार जयसवाल र सर्लाही हरिपुर नगरपालिका-२ बस्ने ३५ वर्षीय मोहन कुमार थापा रहेका छन् । पक्राउ मध्ये दिपकले बेलायत पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख ५० हजार रूपैयाँ र मोहनले बुल्गेरिया पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट १६ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले दिपकलाई काठमाडौं नागार्जुन नगरपालिका-८ बाट सोमबार र मोहनलाई काठमाडौं महानगरपालिका-६ बाट आइतबार पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

नक्कली मुद्रालाई सक्कली मुद्रा भनि ठगी गर्ने ६ जना पक्राउ
२०८३-०१-१५

काठमाडौं, नक्कली मुद्रालाई सक्कली मुद्रा भनि ठगी गरेको अभियोगमा ६ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बारा बस्ने उदयपुर घर भएका ३८ वर्षीय मिलन कुमार तामाङ, काठमाडौं दक्षिणकाली नगरपालिका-७ बस्ने २६ वर्षीय योग बहादुर तामाङ, ३६ वर्षीय भविन्द्र कुमार तामाङ, चितवन रत्ननगर गाउँपालिका-५ बस्ने ३४ वर्षीय प्रबिन महतो, रौतहट गुजरा नगरपालिका-१ बस्ने २८ वर्षीया मुना धामी र चितवन कालिका नगरपालिका-५ बस्ने ३८ वर्षीय सत्य नारायण चौधरी रहेका छन् ।  काठमाडौंको विभिन्न स्थानमा वडा एरियामा केही व्यक्तिहरुले सक्कली जस्तै देखिने नक्कली मुद्रा सजिलै साट्न/प्रयोग गर्न सकिने भनी विश्वासमा पारी सक्कली मुद्रा भन्दा दुई गुणा बढी मुद्रामा सटही गरिदिने भनि पीडितलाई झुक्यानमा पारी ठगी गरिरहेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई कीर्तिपुर नगरपालिका-६ पाण्डेछापबाट पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।