प्रहरी कन्ट्रोल : १००
नेपा
EN

प्रहरी अतिरिक्त महानिरीक्षक श्याम लाल ज्ञवाली द्वारा जिल्ला प्रहरी परिसर ललितपुरको निरिक्षण सम्पन्न

२०८०-०१-०३

  • A
  • A-
  • A+
Share

काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक श्याम लाल ज्ञवालीद्वारा आइतबार जिल्ला प्रहरी परिसर ललितपुरको  निरिक्षण तथा निर्देशन कार्यक्रम  सम्पन्न भएको छ ।

जिल्ला प्रहरी परिसर ललितपुरको विभिन्न शाखाहरुको निरीक्षण गर्दै  प्रहरी अतिरिक्त महानिरीक्षक ज्ञवालीले  प्रहरीको सेवा प्रवाहलाई हरेक नागरिक, नागरिक समाज लगायत राज्यका सम्पुर्ण संयन्त्रहरुले प्रत्यक्ष निगरानी गरि रहने हुनाले संयमित भई उत्कृष्ट ढङबाट कार्य सम्पादन गर्न र प्रहरी कार्यालयमा आउने हरेक सेवाग्राहीलाई समान व्यवहार गर्न निर्देशन दिनुभयो ।

सोहि क्रममा परिसर ललितपुर तथा सो मातहतमा कार्यरत प्रहरी कर्मचारीहरुलाई  अपराधिक गतिविधिहरू प्रति कठोर भई कानूनी दायरामा ल्याउनुका साथै प्रहरी संगठन प्रति बफादार रहि कानून सम्मत ढङ्गबाट निर्धक्क भएर उच्च मनोवलका साथ कार्य गर्न समेत निर्देशन दिनु भएको थियो । 

सम्बन्धित समाचार
दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न ।
२०८३-०१-०२

बैशाख, ०२ गते बुधबार        काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्कीज्यूको समुपस्थितिमा प्राविधिक प्रहरीतर्फ प्राविधिक प्रहरी वरिष्ठ नायव निरीक्षक पदबाट प्राविधिक प्रहरी निरीक्षक पदमा पदोन्नती हुनु भएका प्रहरी निरीक्षक टिका प्रसाद सापकोटालाई दर्ज्यानी चिन्हद्वारा सुशोभन कार्यक्रम सम्पन्न भएको छ ।     कार्यक्रममा प्रहरी नायव महानिरीक्षक ओम प्रसाद अधिकारी, प्रहरी वरिष्ठ उपरीक्षकहरु, प्रहरी उपरीक्षकहरु लगायत सिनियर प्रहरी अधिकृत तथा जुनियर प्रहरी अधिकृत लगायत अन्य प्रहरी कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

ज्यान मार्ने उद्योग सम्बन्धी मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८३-०१-०१

काठमाडौं, ज्यान मार्ने उद्योग सम्बन्धी मुद्दाका फरार प्रतिवादी सिन्धुपाल्चोक पाँचपोखरी थाङपाल गाउँपालिका-१ बाँसखर्क  बस्ने ३१ वर्षीय लोब्साङ बोम्जनलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।  काठमाडौं गोकर्णेश्‍वर नगरपालिका-५ जोरपाटीमा पीडितलाई २०८२ साउन १२ गते खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएको ज्यान मार्ने उद्योग मुद्दामा पक्राउ परी हिरासतमा रहेका र २०८२ भदौ २४ गतेको आन्दोलनमा प्रहरी वृत्त बौद्धको हिरासतबाट भागी फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले सिन्धुपाल्चोक पाँचपोखरी थाङपाल गाउँपालिका-१ बाँसखर्कबाट पक्राउ गरेको हो । निजलाई आवश्यक कारबाहीको लागि प्रहरी वृत्त बौद्ध पठाइएको छ । 

सर्विया पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
२०८३-०१-०१

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी सर्विया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा गुल्मी धुर्कोट गाउँपालिका-३  घर भएका ३४ वर्षीय रामलाल राजवंशीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।  रामलालले सर्विया पठाइदिन्छु भनी १ जना पीडितबाट २ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-१२ बाट पक्राउ गरेको हो । निजलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ । 

प्रहरी अतिरिक्त महानिरीक्षक ईश्‍वर कार्कीको प्रमुख आतिथ्यतामा “नागरिक सुनुवाई” सम्बन्धी अन्तर्कृया कार्यक्रम सम्पन्न ।
२०८२-१२-२९

काठमाडौं उपत्यका प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ईश्‍वर कार्कीको प्रमुख आतिथ्यतामा प्रहरी वृत्त गौशाला, सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा केन्द्र चावहिलले आयोजना गरेको “नागरिक सुनुवाई” तथा नयाँ बर्ष २०८३ सालको शुभकामना आदन प्रदान कार्यक्रम आईतबार काठमाडौं महानगरपालिका ९  अनुपम फुडल्यान्ड बतिसपुतलीमा सम्पन्न भएको छ ।“नागरिक सुनुवाई” कार्यक्रममा उठेका प्रश्न तथा गुनासाहरूलाई सम्बोधन गर्नुहुदै कार्यक्रमका प्रमुख अतिथि प्रहरी अतिरिक्त महानिरीक्षक ईश्‍वर कार्कीले सभ्य सुरक्षित समाज निर्माण गर्न हामी सबैको दायित्व भएकाले नागरिक समाज र नेपाल प्रहरी हातेमालो गरी  समाजमा रहेको विकृती-विसंगतीहरुलाई न्यूनीकरण गर्न समुदायसँग सहकार्य गर्ने बताउनुभयो । साथै आउदै गरेको नयाँ बर्ष २०८३ सालको समेत उपस्थित सबैलाई शुभकामना ब्यक्त गर्नुभयो ।        उक्त अवसरमा उपस्थित विभिन्न सहभागीहरूले शान्ति र सुरक्षाबारे आफ्ना अनुभव, सुझाव र जिज्ञासाहरु  प्रस्तुत गर्नुभएको उक्त कार्यक्रममा जिल्ला प्रहरी परिसर,काठमाडौंका प्रमुख, पूर्व प्रहरी कर्मचारीहरू, पशुपति क्षेत्र विकाश कोषका पदाधिकारी,  सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा केन्द्र चावहिलका पदाधिकारीहरू, स्थानिय जनप्रतिनिधिहरु, विभिन्न सरकारी तथा गैरसरकारी संस्थाका पदाधिकारीहरू, स्थानीय समाजसेवी लगायत प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति रहेको थियो ।

उत्कृष्ट कार्य गर्ने प्रहरीहरु पुरस्कृत
२०८२-१२-२७

मिति २०८२।१२।२५ गते १९:४० बजे ललितपुर कृष्ण मन्दिरमा घटेको सिर्जन नेवाङ्ग र सुमित नेवाङ्गको हत्या गरी हतियारसहित भाग्दै गरेको अभियुक्तहरूलाई एक्लै लखेटी लखेटी नियन्त्रणमा लिन सफल प्रहरी प्रभाग मंगलबजारमा कार्यरत  प्रहरी जवान शाहाना बोहराले अत्यन्त साहसिक काम गरेकाले र समग्ररूपमा नेतृत्वदायी भूमिकाको उच्च प्रशंसास्वरूप जिल्ला प्रहरी परिसर ललितपुरका कार्यालय प्रमुख प्रहरी वरिष्‍ठ उपरीक्षक होबिन्द्र बोगटीलाई नगद  पुरस्कारद्वारा काठमाडौं उपत्यका प्रहरी कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्कीको प्रमुख आतित्थ्यतामा आज पुरस्कृत गरिएको छ ।