प्रहरी कन्ट्रोल : १००
नेपा
EN

प्रहरी अतिरिक्त महानिरीक्षक श्याम लाल ज्ञवाली द्वारा जिल्ला प्रहरी परिसर ललितपुरको निरिक्षण सम्पन्न

२०८०-०१-०३

  • A
  • A-
  • A+
Share

काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक श्याम लाल ज्ञवालीद्वारा आइतबार जिल्ला प्रहरी परिसर ललितपुरको  निरिक्षण तथा निर्देशन कार्यक्रम  सम्पन्न भएको छ ।

जिल्ला प्रहरी परिसर ललितपुरको विभिन्न शाखाहरुको निरीक्षण गर्दै  प्रहरी अतिरिक्त महानिरीक्षक ज्ञवालीले  प्रहरीको सेवा प्रवाहलाई हरेक नागरिक, नागरिक समाज लगायत राज्यका सम्पुर्ण संयन्त्रहरुले प्रत्यक्ष निगरानी गरि रहने हुनाले संयमित भई उत्कृष्ट ढङबाट कार्य सम्पादन गर्न र प्रहरी कार्यालयमा आउने हरेक सेवाग्राहीलाई समान व्यवहार गर्न निर्देशन दिनुभयो ।

सोहि क्रममा परिसर ललितपुर तथा सो मातहतमा कार्यरत प्रहरी कर्मचारीहरुलाई  अपराधिक गतिविधिहरू प्रति कठोर भई कानूनी दायरामा ल्याउनुका साथै प्रहरी संगठन प्रति बफादार रहि कानून सम्मत ढङ्गबाट निर्धक्क भएर उच्च मनोवलका साथ कार्य गर्न समेत निर्देशन दिनु भएको थियो । 

सम्बन्धित समाचार
सालिनदि धार्मिक मेला सम्पन्न ।
२०८२-१०-१८

   श्री माधव नारायण स्वस्थानी व्रत तथा साली नदी एक महिने मेला अवधिभर श्रद्धालु भक्तजनहरूको सुरक्षालाई मध्यनजर गर्दै सञ्चालन गरिएको नागरिक सहायता कक्षले उल्लेखनीय कार्य गरेको छ ।     नागरीक सहायता कक्षले अन्दाजी ३ तोला सुनको ब्रासलेट, एटिएम कार्ड,वलुबुक,बैंकंको चेक, राष्ट्रिय परिचयपत्र, सामाजिक सुरक्षा कोष कार्ड,नागरीकता लगायत महत्वपुर्ण कागजपत्र फेला पारी धनिलाई जिम्मा लगाएको हो ।त्यस्तै बिभिन्न कम्पनिको ५ थान मोबाईल फोन पनि प्रहरी फेला पारी सम्बन्धित धनिलाई हस्तान्त्रण गरेको छ ।        प्रहरी प्रभाग साँखु,सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र साँखुले मेला अवधिभर हराएका सामग्री फेला पार्न,भक्तजनलाई सहयोग पुर्‍याउन र सुरक्षित वातावरण कायम राख्न निरन्तर रूपमा सक्रिय रहेको कार्य प्रति स्थानीयवासी तथा भक्तजनहरूले प्रशंसा व्यक्त गरेका छन ।

दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम
२०८२-१०-१४

माघ १४ गते बुधबार        काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्कीज्यूको समुपस्थितिमा जनपद प्रहरी तर्फ प्रहरी हवल्दारबाट प्रहरी बरिष्ठ हवल्दार पदमा बढुवा हुनु भएका प्र.व.ह. अजित कुमार पाण्डे , प्रहरी सहायक हवल्दारबाट प्रहरी हवल्दार पदमा पदोन्नती हुनु भएका प्र.ह. रुपलाल नाउ र प्रहरी जवान पदबाट प्रहरी सहायक हवल्दार पदमा बढुवा हुनु भएका प्र.स.ह.यशोदा श्रेष्‍ठलाई प्रहरी अतिरिक्त महानिरीक्षकज्यूले दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नु भएको छ ।          कार्यक्रममा प्रहरी नायव महानिरीक्षक,प्रहरी बरिष्ठ उपरीक्षकहरु,प्रहरी उपरीक्षकहरु लगायत सिनियर प्रहरी अधिकृत तथा जुनियर प्रहरी अधिकृत र अन्य प्रहरी कर्मचारीहरुको उपस्थिती रहेको थियो ।  

नागढुङ्गाबाट ७ ग्राम ब्राउन सुगरसहित एक जना पक्राउ
२०८२-१०-११

माघ ११ आईतबार     नागढुङ्गा चेकपोइन्टमा प्रहरीले ७ ग्राम प्रतिबन्धित लागुऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ सहित एक जनालाई पक्राउ गरेको छ ।आज बिहान साढे ६ बजे चन्द्रागिरी नगरपालिका २ नागढुङ्गा स्थित चेकपोइन्टमा काकडभिट्टाबाट काठमाडौंतर्फ आउँदै गरेको बा.प्र.००१ ००६ ख ७३३५ नम्बरको यात्रुवाहक बस चेकजाँच गर्ने क्रममा उक्त लागुऔषध फेला परेको हो।प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरी टोली तथा लागुऔषध नियन्त्रण ब्युरो, शाखा कार्यालय नागढुङ्गासहितको संयुक्त टोलीले बसमा सवार सुनसरी ईटहरी नगरपालिका ३ का ३६ वर्षीय निरोज न्यौपानेलाई शंका लागी चेकजाँच गर्दा ज्याकेटको खल्तीभित्र कालो प्लास्टिकले बेरी लुकाई राखेको अवस्थामा ब्राउन सुगर जस्तो देखिने गिलो पदार्थ बरामद गरिएको प्रहरीले जनाएको छ ।बरामद पदार्थको तौल गर्दा शुद्ध ७ ग्राम रहेको पुष्टि भएको र घटनाका सम्बन्धमा थप अनुसन्धान भै रहेको छ ।

नक्कलि हतियार सहित २ जना मानिस नियन्त्रणमा
२०८२-१०-११

माघ ११ आईतबार प्रहरी बृत्त सातदोबाटोबाट खटिएको प्रहरी टोलीले नक्कलि हतियार सहित २ जनालाई गएराती काठमाडौं महानगरपालिका ३२ स्थित कोटेश्वरबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा घर भई काठमाडौं महानगरपालिका ३२ कोटेश्वरमा डेरा गरी बस्ने २८ बर्षीय किरण घिमिरे र अछाम घर भई हाल जिल्ला काठमाडौं जडिबुटी बस्ने कुमार लोहार रहेका छन । उनिहरुको साथबाट प्रहरीले ३०३ राइफल जस्तो देखिने डमी लामो हतियार  १ थान, कटुवा पेस्तोल जस्तो देखिने डमी सानो हतियार २ थान, खुकुरी जस्तो फलामले बनेको हतियार २ थान र मोटरसाइकल १ थान सहित पक्राउ गरेको हो । सि.सि.टि.भि. फुटेजको आधारमा अनुसन्धान गर्दा बाग्मती प्रदेश ०२-०१२ प ५८५२ नम्बरको यमाह कम्पनीको FZ Version मोटरसाईकल किरण घिमिरेको रहेको खुल्न आए सँगै निजलाई पक्राउ गरि सोधपुछ गर्ने क्रममा काठमाडौं महानगरपालिका वडा नं ३२ स्थित सांस्कृति नृत्य कला केन्द्रमा लुकाई छिपाई राखेको अवस्थामा सामानहरु फेला परेको र घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान भई रहेको छ ।