प्रहरी कन्ट्रोल : १००
नेपा
EN

यातायात कार्यालयहरुमा सेवाग्राहीलाई अनुचित प्रभावमा पार्ने ७ जना नियन्त्रणमा

२०७९-०९-१९

  • A
  • A-
  • A+
Share

काठमाडौं, १९ पुस, यातायात कार्यालयहरुमा सेवाग्राहीलाई अनुचित प्रभावमा पार्ने ५ जना विचौलियाहरू र फर्जि स्वास्थ्य परिक्षण रिपोट बनाउने कार्यमा संलग्न २ जना समेत गरि ७ जनालाई आज मंगलबार काठमाडौं उपत्यका प्रहरी कार्यालय र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ ।

यातायात व्यवस्था कार्यालय, एकान्तकुना ललितपुर, ठुलोभर्‍याङ र चाबहिलबाट ५ जनालाई र फर्जि स्वास्थ्य परिक्षण रिपोट बनाउने कार्यमा संलग्न २ जनालाई  यातायात व्यवस्था कार्यालय, चाबहिलबाट प्रहरीले नियन्त्रणमा लिएको हो । निजहरूले बिभिन्न यातायात कार्यालयहरुमा सेवाग्राहीहरुलाई सहजिकरण गरिदिन्छौ, छिटो छरितो रुपमा काम गरिदिन्छौ, नपुगेका कागजातहरु पुर्‍याईदिन्छौ भनि विभिन्न प्रलोभनमा पारि हैरानी दिने  गरेका थिए  ।   

पुनश्च:   कुनै पनि सरकारी कार्यालयहरुमा नियमसंगत रुपमा हुने काम कारवाहीमा सेवाग्राहीलाई अनावश्यक हैरानी दिई नियमित काम कारवाहीलाई प्रभावित पार्ने बिचौलिया प्रवृत्तिका व्यक्ति तथा समुह उपर प्रहरीले निगरानी तथा कारवाही बढाएको हुँदा यस किसिमको कुनै पनि जानकारी  भएमा प्रहरी हटलाईन १००, १०३, वा फोन नं. ०१-४२२८४३५, ९८५१२८३०२६ मा जानकारी गराउनहुन समेत काठमाडौं उपत्यका प्रहरी कार्यालय सबैमा अनुरोध गर्दछ ।

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ३ जना पक्राउ
२०८३-०१-३०

काठमाडौं महानगरपालिका-१६ माछापोखरी चोक नजिकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय ५० मिलिग्राम र नगद ५७ हजार ४ सय ५० रूपैयाँ सहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भक्तपुर च्यामासिंह बस्ने दोलखा घर भएका २८ वर्षीय बिनोद खड्का र काठमाडौं महानगरपालिका-२६ नयाँबसपार्क बस्ने गोरखा घर भएका २४ वर्षीय बिपन सिजापती रहेका छन् । प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको बा.७९ प ७०८३ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।             यसैगरी काठमाडौं, चन्द्रागिरी नगरपालिका-८ कञ्चनबस्ती डेरा गरी बस्ने मकवानपुर घर भएका प्रेम बहादुर स्याङताङ्गलाई अवैध लागूऔष पोलेन २ किलो १ सय ६४ ग्राम, नगद १ लाख ७७ हजार ५ सय रूपैयाँ र डिजिटल तराजु १ थान सहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको छ । प्रहरीले घटनामा संलग्न हाल फरार १ जनाको खोजी गरिरहेको छ ।    

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ
२०८३-०१-३०

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा काठमाडौं टोखा नगरपालिका-३ बस्ने झापा दमक नगरपालिका-२ घर भएका ३७ वर्षीय सागर गौतम, काठमाडौं टोखा नगरपालिका-१ बस्ने दाङ घोराही उपमहानगरपालिका-१० घर भएका ३२ वर्षीय सम्भु गौतम र काठमाडौं महानगरपालिका-२९ बस्ने ओखलढुङ्गा सिद्धिचरण नगरपालिका-४ घर भएका ३७ वर्षीय सनम गुरूङ रहेका छन् ।पक्राउ मध्ये सागरले युएई पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख ५८ हजार रूपैयाँ, सम्भुले न्यूजिल्याण्ड पठाइदिन्छु भन्दै १ जना पीडितबाट १५ लाख ९० हजार रूपैयाँ र सनमले क्यानडा पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट २४ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले सागरलाई काठमाडौं टोखा नगरपालिका-३ बाट सोमबार तथा सम्भुलाई टोखा नगरपालिका-२ बाट र सनमलाई काठमाडौं महानगरपालिका-१२ बाट मंगलबार पक्राउ गरेको हो ।   उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

सरकारी छाप दस्तखत कीर्ते मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८३-०१-३०

काठमाडौं, सरकारी छाप दस्तखत कीर्ते मुद्दाका फरार प्रतिवादी ललितपुर महानगरपालिका-३ आदर्श टोल बस्ने ६१ वर्षीय क्रोडी फ्रेच क्षेत्री भन्ने फरदिनान्द भ्यालेन्टाईन फेट्जलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।   आफ्नै छोरीको कक्षा ११ र १२ पास भएको नक्कली ट्रान्सक्रिप्ट लगायतका कागजात बनाई सरकारी छाप दस्तखत कीर्ते गरेको मुद्दामा जिल्ला अदालत भक्तपुरको २०८२ वैशाख ३ गतेको फैसलाले १ वर्ष  कैद सजाय र ५० हजार रूपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-९ तिलगंगाबाट पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत भक्तपुरमा पेश गरिएको छ । 

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ६ जना पक्राउ २०८३-०१-२९
२०८३-०१-२९

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-९ बस्ने नवलपरासी पश्चिम रामग्राम नगरपालिका-७ घर भएका ४७ वर्षीय शैलेन्द्र पाण्डे, काठमाडौं महानगरपालिका-४ बस्ने टोखा नगरपालिका-९ घर भएका ३० वर्षीया सुमना अर्याल, काठमाडौं महानगरपालिका-९ बस्ने खोटाङ घर भएका ३० वर्षीय विकास सुनार, काठमाडौं महानगरपालिका-३० बस्ने नवलपरासी पूर्व घर भएका ५३ वर्षीय बासुदेव श्रेष्ठ, काठमाडौं महानगरपालिका-९ बस्ने पाँचथर घर भएका ४७ वर्षीय धन बहादुर योङहाङ र नवलपरासी पूर्व देवचुली नगरपालिका-८ घर भएकी ३३ वर्षीया नौ माया आले मगर रहेका छन् । पक्राउ मध्ये शैलेन्द्रले सर्विया, स्लोभाकिया लगायतका देश पठाइदिन्छु भन्दै १३ जना पीडितहरूबाट ३५ लाख ७० हजार रूपैयाँ, सुमनाले युएई पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख ८२ हजार रूपैयाँ, विकासले स्पेन पठाइदिन्छु भन्दै १० जना पीडितहरूबाट १० लाख रूपैयाँ, बासुदेवले क्यानडा पठाइदिन्छु भन्दै १ जना पीडितबाट ७ लाख ५० हजार रूपैयाँ, धन बहादुरले दक्षिण कोरिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख रूपैयाँ र नौ मायाले साइप्रस पठाइदिन्छु भन्दै ६ लाख ४ हजार ५ सय रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले शैलेन्द्रलाई काठमाडौं नागार्जुन नगरपालिका-९ बाट बिहीबार, सुमना र बासुदेवलाई काठमाडौं महानगरपालिका-४ तथा विकासलाई काठमाडौं महानगरपालिका-७ बाट शुक्रबार, धन बहादुरलाई काठमाडौं महानगरपालिका-२६ बाट र नौ मायालाई नवलपरासी पूर्व देवचुली नगरपालिका-८ बाट सोमबार पक्राउ गरेको हो । पक्राउ मध्ये शैलेन्द्र, सुमना, विकास, बासुदेव र धन बहादुरलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ भने नौ मायालाई जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

चाँदी जस्तो देखिने धातु सहित एक जना पक्राउ
२०८३-०१-२९

भक्तपुर, चाँगुनारायण नगरपालिका-९ ताथलीबाट करिब १ किलो ५ सय ७७ ग्राम तौलको चाँदी जस्तो देखिने धातु सहित काभ्रेपलाञ्चोक बनेपा नगरपालिका-८ पुलबजार बस्ने सिन्धुपाल्चोक ईन्द्रावती गाउँपालिका-१० घर भएका ३२ वर्षीय राजु स्वेतलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट ताथलीबाट खटिएको प्रहरीले नालाबाट च्यामासिंहतर्फ आउँदै गरेको प्रदेश ३-०२-०१२ प ४३६४ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त धातु फेला पारी चालक राजुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।