प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

CCTV Network Communication and VMS Technology तालिम सम्पन्न

२०८०-०२-३२

  • A
  • A-
  • A+
Share

काठमाण्डौ, ३२ जेठ

            “CCTV Network Communication and VMS Technology Training For Nepal Police को एक समारोह बिच काठमाण्डौ उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका प्रहरी नायब महानिरीक्षक लालमणी आचार्यको प्रमुख आतिथ्यतामा बिहिबार सम्पन्न भएको छ । तालिम समापन कार्यक्रममा प्रमाणपत्र वितरण गर्नुहुदै  प्रहरी नाय महानिरीक्षक लालमणी आचार्यले तालिममा सिकेका ज्ञान सिप कार्यक्षेत्रमा लागु गर्न निर्देशन दिनुभयो ।

     सहभागीहरूको तर्फबाट प्रहरी उपरीक्षक कृष्ण बहादुर धितालले प्रशिक्षणको दौरानमा हाशिल गरेको ज्ञान सिप कार्यक्षेत्रमा उपयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

         तालिम समापन कार्यक्रममा प्रहरी बरिष्ठ उपरीक्षकद्वय हिमाल कुमार श्रेष्ठ र दिनेश राज मैनाली, प्रहरी उपरीक्षकहरु, प्रहरी नायब उपरीक्षकहरु, प्रहरी निरिक्षकहरु, Clock b Business Innovations का निर्देशक डिल्लिराज जोशी, तालिम संयोजक युवराज आचार्य लगायतको उपस्थित रहेको थियो

       प्रहरी संचारतर्फ कार्यरत प्रहरी कर्मचारीहरुलाई Clock b Business Innovations द्वारा काठमाण्डौ उपत्यका प्रहरी कार्यालय, रानीपोखरीमा मिति २०८०/०२/०७ गते देखी CCTV Network Communication and VMS Technology Training For Nepal Police संचालन भएको यस तालिममा प्रहरी प्रधान कार्यालय संचार निर्देशनालय, मानब बेचबिखन नियन्त्रण ब्युरो, काठमाडौ उपत्यका प्रहरी कार्यालय, उपत्यका ट्राफिक प्रहरी कार्यालय तथा जिल्ला प्रहरी परिसर काठमाडौ, भक्तपुर र ललितपुर समेतबाट प्र.उ.-१, प्र.ना.उ.-३, प्र.नि.-२, प्र.ब.ना.नि.-२, प्र.ना.नि.-१२, प्र.स.नि.-२ समेत गरी २५ जनाको सहभागिता रहेको थियो  ।

सम्बन्धित समाचार
प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यद्वारा काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथको निरीक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न ।
२०८१-०८-०२

काठमाण्डौ, २ मंसिर         काठमाण्डौ उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यद्वारा आइतवार काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथको निरीक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न भएको छ ।              प्रहरी अतिरिक्त महानिरीक्षक बज्राचार्यले काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथको विभिन्न शाखाहरुको निरीक्षण गर्नुका साथै ट्राफिक प्रहरीले डिउटी तथा सेवा प्रवाह गर्दा वोली, वचन र  व्यवहारमा बढी गुनासो आउने गरेको हुदा “मुस्कान सहितको प्रहरी सेवा”  व्यवहारमा अवलम्वन गर्न निर्देशन दिनुभयो   ।     सोही क्रममा काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथ तथा सो मातहतमा कार्यरत ट्राफिक प्रहरी कर्मचारीहरुलाई सम्वोधन गर्दै काठमाण्डौ उपत्यकामा खटिने ट्राफिक प्रहरी प्रति हरेक निकायको ध्यान पुग्ने हुदा मानव अधिकारको प्रत्याभूति दिलाउदै उपत्यकामा सेवा प्रवाह गर्ने अवसरको पूर्ण व्यवसायिक निष्ठाका साथ जिम्मेवारी निर्वाह गर्दै कानून प्रति वफादार रही निर्धक्क भएर उच्च मनोवलका साथ विवेकपूर्ण रुपले कार्यसम्पादन गर्न निर्देशन दिनुभयो । नेपाल प्रहरी संगठनलाई चलायमान गराउन हरेक प्रहरी इकाईका कार्यालय प्रमुखको महत्वपूर्ण भूमिका हुने हुदाँ हरेक प्रहरी कार्यालयका कार्यालय प्रमुखले पुरस्कृत तथा कार्वाही गर्दा प्रहरी कर्मचारीको आचरण, क्षमता, व्यवहार र प्रहरी कर्मचारीको व्यवसायिक निष्ठा मूल्यांकन गरी अंगिकार गर्न समेत निर्देशन दिनुभएको थियो ।      साथै, प्र.अ.म.नि. बज्राचार्यले काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयले समयानुकुल प्रविधिको प्रयोग गरि ट्राफिक व्यवस्थापन गर्दै आईरहेको अबस्थामा दुर्घटना तथा ट्राफिक नियम उलङ्घन पश्चात समेत सि.सि.टि.भि. मनिटरिङ्को सहायताले सफल अनुसन्धान तथा कार्वाही गरिएको बताउदै आगामी दिनहरुमा समेत समय सापेक्ष रुपले थप प्रविधिमैत्री भई विभिन्न तालुक  निकायसँग समन्वय गरी उच्च मनोवलका साथ ट्राफिक प्रहरी जनशक्ति र प्रविधिको प्रयोग पूर्ण व्यवसायिक तवरले गर्न निर्देशन दिनु भयो ।    कार्यक्रममा प्रहरी नायब महानिरीक्षक भरत बहादुर बोहरा, सिनियर प्रहरी अधिकृत, जुनियर प्रहरी अधिकृत तथा प्रहरी हवल्दार, जवानहरुको उपस्थिति रहेको थियो ।

वैदेशिक रोजगारमा विभिन्न देशहरूमा पठाइदिन्छु भनी ठगी गर्ने तीन जना पक्राउ
२०८१-०७-३०

काठमाण्डौ, ३० कात्तिकवैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशहरूमा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोलुखुम्बु नेचासल्यान गाउँपालिका-३ घर भई भक्तपुर बालकोट बस्ने २२ वर्षीया प्रितिका बास्तोला, चितवन भरतपुर महानगरपालिका-१० ज्ञानदर्शनटोल ठेगाना भएका ३६ वर्षीय शारदा सुवेदी र चितवन भरतपुर महानगरपालिका-४ त्रिचोक ठेगाना भएका २५ वर्षीय सुरज कँडेल रहेका छन् । पक्राउ मध्ये प्रितिकाले दुबई पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख रूपैयाँ, शारदाले युके पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख रूपैयाँ र सुरजले युके पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई काठमाण्डौ टेकुबाट पक्राउ गरेको हो ।  उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाण्डौ पठाइएको  छ ।

प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यको प्रमुख आतिथ्यतामा दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न ।
२०८१-०७-२७

काठमाण्डौ, २७ कार्तिक      तालुक श्री गृह मन्त्रालय (सचिवस्तर) को मिति २०८१।०७।२३ गतेको निर्णयानुसार मिति २०८१।०७।२७ गतेबाट लागु हुने गरी जनपद तर्फ प्रहरी बरिष्ठ नायव निरीक्षक पदबाट प्रहरी निरीक्षक पदमा बढुवा हुनु भएकी प्रहरी निरीक्षक सिता देवी भट्टराईलाई काठमाण्डौं उपत्यका प्रहरी कार्यालयमा आज मंगलवार आयोजित कार्यक्रमकाबीच काठमाण्डौं उपत्यका प्रहरी कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यको प्रमुख आतिथ्यतामा दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न भएको छ ।           दर्ज्यानी चिन्ह सुशोभन पश्चात प्रहरी अतिरिक्त महानिरीक्षक बज्राचार्यले सुशोभन समारोहलाई सम्बोधन गर्नु हुदै पदोन्नति हुनु भएका प्रहरी अधिकृतले पदोन्नतिसँगै काँधमा थपिएको जिम्मेवारी अनुरुप पदीय मर्यादा रहने गरी  राज्यले खटाएको स्थानमा कटिवद्ध रुपमा कार्य गर्न निर्देशन दिनुभयो ।             कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरे , सिनियर प्रहरी अधिकृतहरू तथा अन्य प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

अपराध अनुसन्धान सम्बन्धी अन्तरक्रिया तथा निर्देशन सम्बोधन कार्यक्रम
२०८१-०७-२६

 काठमाण्डौ, २६ कार्तिक            काठमाण्डौ उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यको प्रमुख आतिथ्यतामा अपराध अनुसन्धान सम्बन्धी अन्तरक्रिया तथा निर्देशन सम्बोधन कार्यक्रम सम्पन्न भएको छ ।     कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै प्रहरी अतिरिक्त महानिरीक्षक बज्राचार्यले अपराध अनुसन्धान शाखामा कार्यरत प्रहरी कर्मचारीको सानो कमजोरीले पनि अपराध अनुसन्धान जस्तो गम्भिर कार्यमा प्रभावित पुग्ने हुदाँ अपराध अनुसन्धानमा खटिने हरेक प्रहरी कर्मचारीले प्रचलित कानूनका प्रावधानहरुलाई पालना गरी ‘पीडितलाई न्याय र पीडकलाई सजाय’ दिलाई नागरीकलाई कानूनी राज्यको प्रत्याभूती दिलाउन निर्देशन दिनु भयो ।  साथै नागरीक केन्द्रित प्रहरी सेवा प्रवाह गरी सेवाग्राहीहरुको गुनासो सम्बोधनलाई प्राथमिकतामा राखी राष्ट्र र नागरीकको सेवा जस्तो गरीमामय कार्यलाई सफल पार्न सम्पूर्ण प्रहरी कर्मचारीलाई निर्देशन दिनु भयो ।      यस कार्यालयबाट बिभिन्न मितिमा मातहतका मुद्दा चल्ने प्रहरी युनिटहरुमा गरिएको अनुगमनबाट देखिएका कमिकमजोरीहरुको विषयमा प्रहरी उपरीक्षक प्रबिण धितालले  प्रस्तुतीकरण प्रस्तुत गर्नु भएको उक्त कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरे, काठमाण्डौ उपत्यका प्रहरी कार्यालय मातहत सम्पूर्ण मुद्दा चल्ने २१ वटा  प्रहरी इकाइका अपराध अनुसन्धान शाखा प्रमुख, सहायक साथै काठमाण्डौ उपत्यका प्रहरी कार्यालय अपराध अनुसन्धान शाखाका प्रहरी कर्मचारीहरु लगायत अन्य प्रहरी कर्मचारीको समेत उपस्थिति रहेको थियो ।

दुबई पठाइन्दिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
२०८१-०७-२५

काठमाण्डौ, २४ कात्तिक वैदेशिक रोजगारमा दुबई पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा धादिङ गंगाजमुना गाउँपालिका-४ घर भई काठमाण्डौ तार्केश्वर नगरपालिका-१० मनमैजु हिलेटोल बस्ने ३० वर्षीय सन्जिव गुरूङलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । गुरूङले दुबई पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट नगद १९ लाख ७० हजार रूपैयाँ लिई सम्पर्क विहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई तार्केश्वर नगरपालिका-१० मनमैजु हिलेटोलबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाण्डौ पठाइएको छ ।

क्यानडामा अध्ययनरत विद्यार्थीको कलेज शुल्क भराईदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ
२०८१-०७-२५

काठमाण्डौ, २४ कात्तिक क्यानडामा अध्ययनरत विद्यार्थीको कलेज शुल्क भराईदिन्छु भनी ठगी गरेको अभियोगमा सिन्धुपाल्चोक बलेफी गाउँपालिका- ८ घर भई हाल भक्तपुर बस्ने ४३ वर्षीय गोकर्ण पराजुलीलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । अध्ययनको सिलसिलामा क्यानडामा रहेको छोराको कलेज शुल्क तिर्नको लागि ह्वाट्सएप मार्फत क्यानडामा रहेको बताउने मनिष परियारसँग कुराकानी भई निजले क्यानडामा रहेको आफ्नो साथी गोकर्णले पीडितको छोराको कलेज शुल्क बुझाईदिने भनी सम्पर्क गराई ८ लाख १७ हजार रूपैयाँ पठाउन लगाई ठगी गर्ने कार्यमा संलग्न गोकर्णलाई काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । उनी उपर ठगी सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान एवम् कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाण्डौ भद्रकाली पठाइएको छ ।