प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

२०७९-०४-०९

  • A
  • A-
  • A+
Share

काठमाडौं, १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा कञ्चनपुर पुनर्वास नगरपालिका-८ घर भएका २४ वर्षीय राकेश विकलाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । 

राकेशले ती किशोरीलाई काठमाडौं महानगरपालिका-२६ नयाँ बसपार्क मित्रनगरस्थित गेष्ट हाउसमा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित समाचार
प्रहरी नायव महानिरीक्षकको स्वागत तथा फेरि भेटौंला कार्यक्रम सम्पन्न ।
२०८२-०७-१९

काठमाडौं, १९ कार्तिकमिति २०८२/०७/१९ गते काठमाडौं उपत्यका प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा प्रहरी नायव महानिरीक्षक ओम प्रसाद अधिकारीको स्वागत तथा प्रहरी नायव महानिरीक्षक शेखर खनालको फेरि भेटौँला कार्यक्रम सम्पन्न भएको छ ।   तालुक नेपाल सरकार, गृह मन्त्रालय (माननीय गृहमन्त्रीस्तर) को मिति २०८२।०७।१७ गतेको निर्णयानुसार प्रहरी वरिष्‍ठ उपरीक्षक पदबाट प्रहरी नायव महानिरीक्षक पदमा बढुवा भई यस काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी, काठमाडौं पदस्थापन भई यस कार्यालयमा हाजिर हुन आउनु भएका प्रहरी नायव महानिरीक्षक ओम प्रसाद अधिकारीलाई स्वागत गरिएको छ ।     साथै तालुक नेपाल सरकार गृह मन्त्रालय (माननीय गृहमन्त्रीस्तर) को मिति २०८२।०७।१७ गतेको निर्णयानुसार प्रहरी वरिष्‍ठ उपरीक्षक पदबाट प्रहरी नायव महानिरीक्षक पदमा बढुवा भई अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रहरी महाशाखा टंगाल काठमाडौं पदस्थापन हुनुभई नयाँ कार्यक्षेत्र तर्फ प्रस्थान गर्न लाग्नु भएका प्रहरी नायव महानिरीक्षक शेखर खनालको विदाई भएको छ ।स्वागत तथा फेरि भेटौंला कार्यक्रमलाई सम्बोधन गर्नुहुदै प्रहरी अतिरिक्त महानिरीक्षक दान बहादुर कार्कीले प्रहरी नायव महानिरीक्षक ओम प्रसाद अधिकारीलाई यस कार्यालयमा स्वागत गर्नुका साथै प्रहरी नायव महानिरीक्षक शेखर खनालले यस कार्यालयमा कार्यरत रहँदा कार्यकुशलतापूर्वक जिम्मेवारी निर्वाह गर्नु भएकोमा धन्यवाद व्यक्त गर्दै नयाँ कार्यक्षेत्रको लागि उहाँलाई हार्दिक शुभकामना प्रदान गर्नु भयो ।पदोन्नती सगैं पदस्थापन हुनु भएका प्रहरी नायव महानिरीक्षद्वयले नयाँ कार्यक्षेत्रमा समेत कुशल तथा व्यवसायिक रुपमा प्रहरी कार्य सम्पादन गरी आफ्नो दक्षता प्रस्तुत गर्नुहुनेछ भन्ने विश्वास समेत व्यक्त गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक कार्कीले राज्यको सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै नविनतम योजना निर्माण गरी आफ्नो कार्यकाल उपलब्धिमूलक बनाउन प्रहरी नायव महानिरीक्षकद्वयलाई निर्देशन समेत दिनु भयो ।प्रहरी नायव महानिरीक्षक शेखर खनालले यस कार्यालयमा रहदा बस्दाको अनुभव प्रस्तुत गर्नुभएको उक्त कार्यक्रममा काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी वरिष्‍ठ उपरीक्षक दीप शम्शेर ज.ब.रा, प्रहरी वरिष्‍ठ उपरीक्षक प्रविण धिताल,प्रहरी उपरीक्षकहरु, प्रहरी नायव उपरीक्षकहरु, प्रहरी निरीक्षकहरु, जुनियर प्रहरी कर्मचारीहरु, लगायत अन्य प्रहरी कर्मचारीहरु उपस्थिति रहेको थियो ।

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी र काठमाडौं महानगरपालिका वडा नं. ६ बौद्ध बीच सिसिटिभि जडान गर्ने सम्बन्धी समझदारी-पत्रमा हस्ताक्षर
२०८२-०७-१७

काठमाडौं, १७ असोज काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी र काठमाडौं महानगरपालिका वडा नं. ६ बौद्ध बीच काठमाडौं महानगरपालिका वडा नं. ६ बौद्ध  क्षेत्रभित्रको शहरी सुव्यवस्थापनका लागि सिसिटिभि क्यामेरा जडान, संचालन, मर्मत संभार र सूचनाको उपयोग गर्ने सम्बन्धी समझदारी-पत्रमा हस्ताक्षर भएको छ । काठमाडौं महानगरपालिका वडा नं. ६ बौद्ध क्षेत्रभित्र सुरक्षा र सुशासनका विविध क्षेत्रहरु (शान्ति सुरक्षा कायम, अपराध नियन्त्रण, दुर्घटना न्यूनिकरण, फोहरमैला व्यवस्थापन, फुटपाथ अतिक्रमण नियन्त्रण, प्रदुषण न्यूनिकरण, सार्वजनिक सम्पत्ति संरक्षण तथा समग्र सुशासनसँग सम्बन्धित विषयहरु) मा प्रभावकारी कार्यसम्पादन गरी काठमाडौं महानगरपालिका वडा नं. ६ बौद्ध क्षेत्रभित्रको सूचना तथा सञ्चार प्रविधिसँग सम्बन्धित प्रणालीलाई प्रभावकारी बनाई सो को उपयोगबाट गुणात्मक नतिजा हासिल गर्न सिसिटिभी जडानको आवश्यकता महसुस गरी  काठमाडौं महानगरपालिका वडा नं. ६ बौद्ध को आर्थिक सहयोगमा सो क्षेत्रमा सिसिटिभि जडान हेतुका साथ सम्झौतापत्रमा हस्ताक्षर गरिएको हो ।काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा सोमबार आयोजित एक कार्यक्रमबीच काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीको तर्फबाट प्रहरी वरिष्ठ उपरीक्षक दीप शम्शेर ज.व.रा. र काठमाडौं महानगरपालिका वडा नं. ६ को तर्फबाट वडा अध्यक्ष भुवन लामाले उक्त समझदारी-पत्रमा हस्ताक्षर गर्नुका साथै समझदारी-पत्र आदान प्रदान समेत गर्नुभयो ।       कार्यक्रमलाई सम्बोधन गर्नु हुदै प्रहरी वरिष्ठ उपरीक्षक दीप शम्शेर ज.व.रा.ले उपत्यकाको २४ सै घन्टा चलायमान हुने बौद्ध क्षेत्रमा सिसिटिभि क्यामेराको महत्वलाई बुझी व्यापार व्यवसायका साथै व्यक्तिगत घरमा समेत अनिवार्य सिसिटिभि जडान गर्न सकेमा प्रविधिको प्रयोग गरी प्रहरीले प्रवाह गर्ने सेवालाई थप प्रभावकारी बनाउन टेवा पुग्ने बताउनुभयो । साथै नागरिकहरूलाई थप सुरक्षाको प्रत्याभूति गराउन सहयोग पुर्‍याएकोमा काठमाडौं महानगरपालिका वडा नं. ६ लाई धन्यवाद व्यक्त गर्दै आगामी दिनहरुमा शान्ति सुरक्षा, विकासका कार्यक्रम, अपराध नियन्त्रण र अनुसन्धानमा थप सहकार्य गर्दै जाने उल्लेख समेत गर्नुभयो ।      सो कार्यक्रममा काठमाडौं महानगरपालिका वडा नं. ६ का वडा अध्यक्ष भुवन लामाले सिसिटिभि जडानले विभिन्न आपराधिक गतिविधिका कार्यहरूको पहिचान गरी अनुसन्धान गर्न सहज हुने हुँदा सिसिटिभी जडानलाई प्राथमिकतामा राखिएको जानकारी दिदै आगामी दिनहरूमा पनि नेपाल प्रहरीसँग थप सहकार्य र समन्वय गर्दै अगाडि बढ्ने बताउनुभयो ।            काठमाडौं महानगरपालिका वडा नं. ६ का क्षेत्रभित्र समग्र शहरी सुशासनसँग सम्बन्धित विषयहरूमा सहकार्य गरी सिसिटिभि जडानको लागि दुवै पक्षबीच सम्झौताका लागि चालू आ.ब. २०८२/०८३ मा १ करोड भुक्तानी हुने गरी काठमाडौं महानगरपालिका वडा नं. ६ ले उपलब्ध गराउने समेत सम्झौता-पत्रमा उल्लेख गरिएको छ । साथै सिसिटिभि जडान गरिने विभिन्न स्थानहरू दुवै पक्षको सहमतिमा उच्चतम प्रविधिको क्यामेरा प्रयोग गर्ने, संख्या निर्धारण गरिने समेत सम्झौता-पत्रमा उल्लेख गरिएको छ । कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक प्रविण धिताल, काठमाडौं महानगरपालिका वडा नं. ६ का पदाधिकारीहरू एवम् प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो ।

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी र नागार्जुन नगरपालिका बीच सिसिटिभि जडान गर्ने सम्बन्धी समझदारी-पत्रमा हस्ताक्षर
२०८२-०७-१३

काठमाडौं, १३ असोज काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी र नागार्जुन नगरपालिकाबीच नागार्जुन नगरपालिकाको क्षेत्रभित्र शहरी सुव्यवस्थापनका लागि सिसिटिभि क्यामेरा जडान, संचालन, मर्मत संभार र सूचनाको उपयोग गर्ने सम्बन्धी समझदारी-पत्रमा हस्ताक्षर भएको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा बिहिबार आयोजित एक कार्यक्रमबीच काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीको तर्फबाट कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दान बहादुर कार्की र नागार्जुन नगरपालिकाको तर्फबाट नगरपालिकाका कार्यवाहक प्रमुख शुसिला अधिकारीले उक्त समझदारी-पत्रमा हस्ताक्षर गर्नुका साथै समझदारी-पत्र आदान प्रदान समेत गर्नुभयो ।       सो अवसरमा काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दान बहादुर कार्कीले नागरिकहरूको आधारभुत आवश्यकता शान्ति सुरक्षा भएकोले सिसिटिभि जडानले नागरिकहरूलाई थप सुरक्षाको प्रत्याभूति गराउन सहयोग पुग्ने बताउनुहुँदै विभिन्न अपराधिक घटनाहरूको सफल अनुसन्धान गर्न प्रविधिको प्रयोग गरी प्रहरीले प्रवाह गर्ने सेवालाई थप प्रभावकारी बनाउन टेवा पुग्ने बताउनुभयो । आगामी दिनमा शान्ति सुरक्षा, विकासका कार्यक्रम, अपराध नियन्त्रण र अनुसन्धानमा नगरपालिकासँग थप सहकार्य गर्दै जाने उहाँले उल्लेख गर्नुभयो ।      सो कार्यक्रममा नागार्जुन नगरपालिकाका कार्यवाहक प्रमुख शुसिला अधिकारीले सिसिटिभि जडानले विभिन्न विकृतिका कार्यहरूको पहिचान गरी अनुसन्धान गर्न सहज हुने हुँदा अन्य ठाँउहरूमा पनि आवश्यकता अनुसार सिसिटिभी जडान गरी आगामी दिनहरूमा नेपाल प्रहरीसँग थप सहकार्य र समन्वय गर्दै अगाडि बढ्ने बताउनुभयो ।            नागार्जुन नगरपालिका क्षेत्रभित्र शान्ति सुरक्षा, अमन चयन, पारदर्शी शहरी व्यवस्थापन, अपराध नियन्त्रण, दुर्घटना न्यूनिकरण, फोहरमैला व्यवस्थापन, फुटपाथ अतिक्रमण, प्रदुषण न्यूनिकरण, सार्वजनिक सम्पत्ति संरक्षण, नदी किनारा तथा साँस्कृतिक एवम् सम्पदा क्षेत्रहरूको संरक्षण, सार्वजनिक यातायात व्यवस्थापन, रात्रीकालिन आवागमन व्यवस्थापन, ट्राफिक जाम तथा अन्य अवाञ्छित गतिविधि नियन्त्रण तथा समग्र शहरी सुशासनसँग सम्बन्धित विषयहरूमा सहकार्य गरी सिसिटिभि जडानको लागि दुवै पक्षबीच सम्झौता भएको हो । यसका लागि चालू आ.ब. २०८२/०८३ मा २ करोड १२ लाख भुक्तानी हुने गरी नागार्जुन नगरपालिकाले उपलब्ध गराउने समेत सम्झौता-पत्रमा उल्लेख गरिएको छ । साथै सिसिटिभि जडान गरिने विभिन्न स्थानहरू दुवै पक्षको सहमतिमा उच्चतम प्रविधिको क्यामेरा प्रयोग गर्ने, संख्या निर्धारण गरिने समेत सम्झौता-पत्रमा उल्लेख गरिएको छ । कार्यक्रममा नागार्जुन नगरपालिकाका पदाधिकारीहरू एवम् वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो ।   

प्रहरी प्रभाग बुंगमति (भैंसेपाटी) भवन पुनः निर्माण समितिद्वारा निर्माण सम्पन्न गरी काठमाडौं उपत्यका प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दान बहादुर कार्की मार्फत नेपाल प्रहरीलाई हस्तान्तरण कार्यक्रम सम्पन्न ।
२०८२-०७-११

२०८२ कार्तिक ११        मिति २०८२ भाद्र २३ र २४ गतेको आन्दोलनबाट क्षति ग्रस्त भएको प्रहरी प्रभाग बुंगमति (भैंसेपाटी), ललितपुरको प्रहरी भवन पुनः निर्माण समितिद्वारा निर्माण सम्पन्न गरी काठमाडौं उपत्यका प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दान बहादुर कार्की मार्फत नेपाल प्रहरीलाई आज मंगलबार एक कार्यक्रमका बीच हस्तान्तरण गरिएको छ ।       प्रहरी भवन पुनः निर्माणमा सहयोग गर्नुहुने संघसंस्था साथै दाताहरूलाई सम्मान पत्र वितरण कार्यक्रम पश्चात प्रहरी भवन हस्तान्तरण समारोहलाई सम्बोधन गर्नुहुदै प्रहरी अतिरिक्त महानिरीक्षक दान बहादुर कार्कीले सुरक्षाको प्रत्याभुतिलाई महशुस गरी आन्दोलनबाट पूर्ण रूपमा क्षति भएको प्रहरी प्रभाग बुंगमति (भैंसेपाटी) पुनः निर्माण गरि हरेक समयमा देश र नागरिकको सेवामा अग्र पङ्क्तिमा खटिने नेपाल प्रहरीलाई सहयोग पुर्‍याएकोमा प्रहरी प्रभाग बुंगमति (भैंसेपाटी) भवन पुनः निर्माण समितिलाई  काठमाडौं उपत्यका प्रहरी कार्यालयका साथै नेपाल प्रहरीको तर्फबाट धन्यबाद व्यक्त गर्नुभयो । साथै नागरिकको अपेक्षा अनुरुप स्वच्छ, व्यावसायिक र पारदर्शी आचरण व्यवहार प्रस्तुत गर्दै  मिठो बोली वचन प्रयोग गरी  नागरिक मैत्री प्रहरी सेवा प्रदान गरी सभ्य र शान्तिपूर्ण समाज निर्माण गर्न उपस्थित प्रहरी कर्मचारीहरुलाई निर्देशन दिनु हुदै शान्तिपूर्ण समाज निर्माणमा प्रहरी र नागरिक समाजको ऐक्यबद्धता अत्यावश्यक भएकाले समाज विरुद्धका गतिविधिलाई निरुत्साहित गर्न सम्पूर्ण नागरिक र नेपाल प्रहरीको सामूहिक संकल्पको अपिल समेत गर्नु भयो ।   प्रहरी प्रभाग बुंगमति (भैंसेपाटी) भवन पुनः निर्माण समितिका संयोजक सुमन महतले धन्यवाद ज्ञापन गर्नुभएको उक्त कार्यक्रममा  जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक होबिन्द्र बोगटी, प्रहरी प्रभाग बुंगमति (भैंसेपाटी) पुनःर्निर्माण समितिका पदाधिकारीहरू, स्थानिय जनप्रतिनिधिहरु, सहयोगी संघसंस्थाका महानुभावहरु, संचारकर्मीहरु, नागरिक समाजका प्रतिनिधिहरु, प्रगती युवा क्लबका प्रतिनिधिहरु, स्थानिय बासिन्दाहरु, प्रहरी अधिकृत तथा अन्य दर्जाका प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

पुनर्निर्मित प्रहरी वृत्त जगाती भवन निर्माण समितिद्वारा काठमाडौं उपत्यका प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दान बहादुर कार्की मार्फत नेपाल प्रहरीलाई हस्तान्तरण कार्यक्रम सम्पन्न ।
२०८२-०७-०३

मिति २०८२ भाद्र २३ र २४ गतेको आन्दोलनबाट पूर्ण रूपमा क्षती भएको प्रहरी वृत्त जगाती, भक्तपुरको प्रहरी भवन पुनर्निर्माण सम्पन्न गरी काठमाडौं उपत्यका प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दान बहादुर कार्की मार्फत पुनर्निर्मित प्रहरी वृत्त जगाती भवन निर्माण समितिद्वारा नेपाल प्रहरीलाई सोमवार एक कार्यक्रमबिच हस्तान्तरण गरिएको छ । प्रहरी भवन पुनर्निर्माणमा सहयोग गर्नुहुने दाताहरूलाई दोसल्ला सहित सम्मान-पत्र वितरण कार्यक्रम पश्चात् प्रहरी भवन हस्तान्तरण समारोहलाई सम्बोधन गर्नुहुँदै प्रहरी अतिरिक्त महानिरीक्षक दान बहादुर कार्कीले नागरिक एवम् समुदायबाट प्रहरीलाई भएका सहयोग र सहकार्यका लागि सबैलाई धन्यवाद दिनुहुँदै समाज र नागरिकको अपेक्षा अनुरुप स्वच्छ, व्यवसायिक र पारदर्शी आचरण व्यवहार प्रस्तुत गर्दै  मीठो बोलीवचन प्रयोग गरी  नागरिकमैत्री प्रहरी सेवा प्रदान गर्न उपस्थित प्रहरी कर्मचारीहरुलाई निर्देशन दिनुभयो । साथै नागरिकलाई पेशा, व्यवसाय सञ्चालनका लागि भयरहित वातावरण सिर्जना गरी सङ्गठनको श्रीवृद्धिका खातिर निरन्तर लाग्दै  जनमुखी प्रहरी सेवा प्रवाह गर्न समेत निर्देशन दिनुभयो । कार्यक्रममा भक्तपुरका प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक, नेपाली सेना, सशस्त्र प्रहरी नेपाल, पुनर्निर्माण प्रहरी वृत्त जगाती भवन निर्माण समितिका पदाधिकारी, जनप्रतिनिधि, सहयोगदाता, संचारकर्मी, नागरिक समाज, स्थानीय बासिन्दा, प्रहरी अधिकृत तथा अन्य दर्जाका प्रहरीहरुको समेत उपस्थिती रहेको थियो ।

प्रहरी उपरीक्षक रविन कार्कीको बिदाई तथा फेरि भेटौला कार्यक्रम सम्पन्न ।
२०८२-०७-०२

आज मिति २०८२/०७/०२ गते, काठमाडौं उपत्यका प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दान बहादुर कार्कीको उपस्थितिमा प्रहरी उपरीक्षक रविन कार्कीको बिदाई तथा फेरि भेटौला कार्यक्रम सम्पन्न भएको छ ।        तालुक नेपाल प्रहरी प्रधान कार्यालय कर्मचारी प्रशासन शाखा नक्सालको मिति २०८२।०६।३० गतेको पत्रले जिल्ला प्रहरी कार्यालय रौतहट काज सरुवा भई नयाँ कार्यक्षेत्र तर्फ प्रस्थान गर्न लाग्नु भएका प्रहरी उपरीक्षक रविन कार्कीलाई यस कार्यालयको तर्फबाट प्रहरी अतिरिक्त महानिरीक्षक दान बहादुर कार्कीले खादा तथा मायाको चिनो प्रदान गर्नुभएको थियो ।                      बिदाई तथा फेरि भेटौला समारोहलाई सम्बोधन गर्नुहुदै प्रहरी अतिरिक्त महानिरीक्षक कार्कीले प्रहरी उपरीक्षक रविन कार्कीले यस कार्यालयमा कार्यरत रहँदा प्रदान गरिएका कार्य कुशलतापूर्वक निर्वाह गर्नु भएकोमा धन्यवाद व्यक्त गर्दै नयाँ कार्यक्षेत्रको लागि उहाँलाई हार्दिक शुभकामना प्रदान गर्नु भयो । साथै छिमेकी देशसँग खुला सिमाना भएका जिल्लाहरुमा हुन सक्ने सम्भावित सुरक्षा चुनौतिलाई सामना गर्न तत्पर भई विशेष सुरक्षा योजना बनाई सङ्गठनको श्रीबृद्धिका खातिर निरन्तर लाग्दै  व्यावसायिक  तथा जनमुखी प्रहरी सेवा प्रवाह गर्न निर्देशन समेत दिनु भयो ।   प्रहरी उपरीक्षक रविन कार्कीले यस कार्यालयमा कार्यरत रहँदा प्राप्त गरेका अनुभव,अवसर र चुनौतीको सम्बन्धमा  मन्तव्य प्रस्तुत गर्नु भएको उक्त कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक शेखर खनाल,प्रहरी वरिष्ठ उपरीक्षक दीप शम्शेर ज.ब.रा., प्रहरी वरिष्ठ उपरीक्षक प्रविण धिताल, सिनियर प्रहरी अधिकृतहरू लगायत अन्य प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो ।