अवैध रूपमा भन्सार छली लैजान लागेको सामानसहित दुई जना पक्राउ
२०८१-०१-१४
काठमाण्डौ,
१३ वैशाखभन्सार
छली लैजान लागेको ५० ग्राम बराबरको सुन जस्तो देखिने पहेंलो धातुको सिक्री २ थान, आइफोन ३ थान र विभिन्न भेपको लिक्युडसहित २ जनालाई प्रहरीले
पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा शंखरापुर नगरपालिका-९ घर भएका ४२ वर्षीय जगदिश
श्रेष्ठ र नवलपरासी कावासोती नगरपालिका-३ घर भएका ४३ वर्षीय राज कुमार श्रेष्ठ
रहेका छन् । त्रिभुवन
अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडान तर्फको आगमन पार्किङ एरियामा उनीहरूले
बाह्य मुलुकबाट नेपाल आएका यात्रुहरूलाई भन्सार छली गर्न लगाई उक्त सामानहरू अवैध रुपमा
संकलन गरी लैजान लागेको अवस्थामा प्रहरीले फेला पारी पक्राउ गरेको हो ।
उनीहरूलाई
आवश्यक अनुसन्धान तथा कारबाहीको लागि भन्सार कार्यालय गौचरमा बुझाइएको छ ।