प्रहरी कन्ट्रोल : १००
नेपा
EN
समाचार : हानिकारक हतियार
पेस्तोल सहित १ जना पक्राउ
२०८२-११-०१

प्रहरी प्रभाग नागढुङगाबाट खटिएको प्रहरी टोलीले पेस्तोल सहित नागढुङ्गा चेक प्वाईन्टबाट आज १ जनालाई नियन्त्रणमा लिएको छ ।      चितवन देखी काठमाण्डौ तर्फ आउदै गरेको बा १९ च ६९० नम्बरको कारलाई प्रहरी प्रभाग नागढुङगाबाट खटिएको प्रहरी टोलीले शंका लागी चेकजाँच गर्ने क्रममा हतियार फेला पारी नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा काठमाण्डौ किर्तिपुर नगरपालिका वडा नं.२ बस्ने ३० बर्षिय केयुर पुरी रहेका छन ।     पुरीको झोलाबाट Made in USA  लेखिएको पेस्तोल र उक्त पेस्तोलमा प्रयोग हुने ४ (चार ) राउण्ड गोली फेला पारेको र घटनाको समबन्धमा आवस्यक अनुसन्धान भै रहेको छ । 

एक राउण्ड गोली सहित पक्राउ
२०७९-०३-०१

काठमाण्डौ: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडानतर्फको प्रस्थान ह्‍याण्ड ब्यागेज चेकिङ एरियाबाट एक राउण्ड गोली सहित सर्लाही हरिपुर नगरपालिका-७ बस्ने ३६ वर्षीया किरण कुमारी सिंहलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । बुद्ध एयरको उडानद्वारा काठमाडौंबाट जनकपुर जान लागेकी यात्रु सिंहले लिई आएको झोला ह्‍याण्ड ब्यागेज चेकिङ एरियाको एक्सरे मेसिनमा जाँच गर्ने क्रममा उक्त गोली फेला पारी प्रहरीले पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान एवं कारबाहीको लागि प्रहरी वृत्त गौशाला पठाइएको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय गौचरले जनाएको छ ।