काठमाण्डौ उपत्यका प्रहरी शिक्षालय महाराजगंज, काठमाण्डौ
परिचय :-
काठमाण्डौ उपत्यका प्रहरी कार्यालय र सो मातहतका विभिन्न प्रहरी इकाईहरूमा कार्यरत प्रहरी जनशक्तिलाई समयानुकूल प्रशिक्षण प्रदान गर्नका लागि काठमाण्डौ उपत्यका प्रहरी कार्यालय अन्तर्गत कुनै पनि प्रशिक्षण प्रदायक निकाय नभएको अवस्थालाई मध्यनजर गरी सोही रिक्ततालाई पूर्ति गर्ने उद्देश्यका साथ मिति २०६७/०४/१२ गते तत्कालिन महानगरीय प्रहरी आयुक्तको कार्यालयमा महानगरीय प्रहरी शिक्षालयको दरवन्दी सिर्जना गरी यस कार्यालयको स्थापना गरिएको थियो । तत्पश्चात मिति २०६८/१२/१२ गतेदेखि तत्कालिन महानगरीय सशस्त्र प्रहरी गण नं. २, महाराजगंजको हाताभित्र रहि नेपाल प्रहरी प्रधान कार्यालय तालिम शाखाको स्वीकृत वार्षिक तालिम क्यालेण्डर अनुसार प्र.का.स. देखि प्र.व.ना.नि. दर्जा सम्मको आधारभूत तथा सेवाकालीन (आवासीय तथा गैह्र आवासीय) तालिमहरु सञ्चालन गर्दै आईरहेको छ । नेपाल सरकार (मन्त्री परिषद) को मिति २०७८/११/०५ गतेको निर्णयानुसार तालुक नेपाल प्रहरी प्रधान कार्यालय नक्साल प्रशासन शाखाको च.नं. १५६६ मिति २०७८/१२/२३ गतेको जानकारी एवं कार्यार्थ पत्रद्वारा यस कार्यालयको नाम महानगरीय प्रहरी शिक्षालयबाट परिवर्तन भई काठमाण्डौ उपत्यका प्रहरी शिक्षालय रहन गएको थियो ।
स्थापना कालदेखि नै यस शिक्षालयमा काठमाण्डौ उपत्यका प्रहरी कार्यालय र सो मातहतमा कार्यरत प्रहरी जनशक्तिहरूलाई विभिन्न आवासीय तथा गैर-आवासीय प्रकृतिका आधारभूत, सेवाकालीन तालिमहरू तथा अनुशिक्षण कार्यक्रमहरू सञ्चालन गर्नुका साथै काठमाण्डौ उपत्यका प्रहरी कार्यालय मातहतका कार्यालयहरूमा सञ्चालन हुने घुम्ति प्रशिक्षण अनुशिक्षण तालिमहरूको अनुगमन गर्ने, एकिकृत प्रमाणपत्र प्रदान गर्न र तालिमलाई थप प्रभावकारी बनाउन आवश्यक सल्लाह सुझाव दिँदै आइरहेको छ । यसका अतिरिक्त प्रहरी सहायक निरीक्षक, प्रहरी जवान (जनपद तथा प्राविधिक) र प्रहरी कार्यालय सहयोगी पदको भर्ना तथा छनौट अन्तर्गतका विभिन्न परीक्षाहरु समेत यस शिक्षालयबाट सञ्चालन हुँदै आईरहेका छन् । सिमित स्रोत र साधनका बाबजुद दक्ष र विज्ञ प्रशिक्षकहरुबाट प्रशिक्षणका कार्यहरू सम्पन्न गराई गुणस्तरीय प्रहरी जनशक्ति उत्पादन गर्ने कार्यमा यो शिक्षालय निरन्तर रुपमा लागिरहेको छ ।
लक्ष्य:
विभिन्न आधारभूत तथा सेवाकालीन तालिम सञ्चालन गरी जनअपेक्षा अनुसार सेवा प्रवाह गर्न सक्ने, प्राप्त जिम्मेवारी सहज तवरले बहन गर्न सक्ने दक्ष, व्यवसायिक, अनुशासित, कर्तव्यपरायण तथा कुशल प्रहरी जनशक्तिको उत्पादन तथा विकास गर्ने ।
उद्देश्य:
- नव प्रवेशी प्रहरी कर्मचारीहरुलाई समय सापेक्ष रुपमा आवश्यक ज्ञान, सीप तथा क्षमता अभिवृद्धि गराई दक्ष जनशक्ति उत्पादन गर्ने ।
- प्रहरी कर्मचारीहरुलाई विभिन्न सेवाकालीन तालिमहरुको माध्यमबाट आवश्यक ज्ञान, सीप प्रदान गरी दक्ष तथा क्षमतावान जनशक्तिको रुपमा विकास गर्ने ।
- तालिम आवश्यकता पहिचान गरी आवश्यकता अनुसार तालिम क्यालेण्डर निर्माण, विकास तथा कार्यान्वयन गर्ने ।
- निष्पक्ष एवं पारदर्शी तवरले भर्ना तथा छनौट गर्ने ।
- तालुक काठमाण्डौ उपत्यका प्रहरी कार्यालय अन्तर्गतका विभिन्न प्रहरी युनिटहरुमा सञ्चालन भएका घुम्ति प्रशिक्षण कार्यक्रमहरु अनुगमन तथा मूल्याङ्कन गर्ने र प्रशिक्षण कार्यक्रमहरुको एकिकृत प्रमाणपत्र प्रदान गर्ने ।
- प्रशिक्षकहरुको मनोबल वृद्धि तथा क्षमता अभिवृद्धिका लागि विविध कार्यक्रम सञ्चालन गर्ने ।
जनशक्ति
क्र.सं. |
दर्जा |
दरवन्दी संख्या |
हाल कार्यरत |
१. |
प्रहरी उपरीक्षक |
१ |
१ |
२. |
प्रहरी नायव उपरीक्षक |
१ |
१ |
३. |
प्रहरी निरीक्षक |
२ |
४ |
४. |
प्रहरी वरिष्ठ नायव निरीक्षक |
२ |
२ |
५. |
प्रहरी नायव निरीक्षक |
३ |
१ |
६. |
प्रहरी सहायक निरीक्षक |
१० |
१४ |
७. |
प्रहरी वरिष्ठ हवल्दार |
२ |
१ |
८. |
प्रहरी हवल्दार |
६ |
३ |
९. |
प्रहरी सहायक हवल्दार |
३ |
५ |
१०. |
प्रहरी जवान |
५ |
३१ |
११. |
प्रहरी कार्यालय सहयोगी |
- |
२ |
जम्मा |
३५ |
६५ |
तालिमहरु
आधारभूत तर्फ
क्र.सं. |
तालिमको नाम |
अवधि |
लक्षित समूह |
१. |
प्र.स.नि. आधारभूत (अल्पकालीन) तालिम |
४८ कार्यदिन |
प्र.स.नि. |
२. |
प्रहरी जवान आधारभूत तालिम |
२३४ कार्यदिन |
प्र.ज. |
३. |
प्र.का.स. आधारभूत तालिम |
३५ कार्यदिन |
प्र.का.स. |
सेवाकालीन तर्फ
अपराध अनुसन्धान तर्फ
क्र.सं. |
तालिमको नाम |
अवधि |
लक्षित समूह |
१. |
महिला तथा बालबालिकासँग सम्बन्धित अपराध अनुसन्धान |
१८ कार्यदिन |
जु.प्र.अ. |
२. |
अपराध अनुसन्धान तथा नियन्त्रण |
२६ कार्यदिन |
प्र.ज. देखि प्र.व.ह. |
३. |
महिला तथा बालबालिकासँग सम्बन्धित अपराध अनुसन्धान |
१६ कार्यदिन |
प्र.ज. देखि प्र.व.ह. |
४. |
बाल न्याय प्रणाली (कार्यविधी) अनुशिक्षण |
५ कार्यदिन |
प्र.ज. देखि जु.प्र.अ. |
५. |
घरेलु हिंसा उजुरी सुनुवाई तथा मेलमिलाप सीप विकास |
६ कार्यदिन |
प्र.ज. देखि जु.प्र.अ. |
कार्य तर्फ
क्र.सं. |
तालिमको नाम |
अवधि |
लक्षित समूह |
१. |
भीड नियन्त्रण |
१८ कार्यदिन |
प्र.ज. देखि जु.प्र.अ. |
व्यवस्थापन तथा प्रशासन तर्फ
क्र.सं. |
तालिमको नाम |
अवधि |
लक्षित समूह |
१. |
OCM Level - I |
२४ कार्यदिन |
जु.प्र.अ. |
५. सम्पर्क
काठमाण्डौ उपत्यका प्रहरी शिक्षालय महाराजगंज, काठमाण्डौ – सम्पर्क जानकारी
Facebook Page:- Kathmandu Valley Police Training School (https://www.facebook.com/kvpts.ktm)
सम्पर्क नं.:- ०१-४००३०४०, ९८५६०६८१२१ (डिउटी अधिकृत)
ईमेल ठेगानाहरु:-
१. प्रशासन शाखा:- kvpts_admin@nepalpolice.gov.np
२. प्रबन्ध शाखा:- kvpts_proc@nepalpolice.gov.np
३. तालिम शाखा:- kvpts_trg@nepalpolice.gov.np
४. लेखा शाखा:- kvpts_ac@nepalpolice.gov.np
५. भर्ना छनौट शाखा:- kvpts_hr@nepalpolice.gov.np
६. घुम्ति प्रशिक्षण शाखा:- kvpts_mobile@nepalpolice.gov.np