प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN
समाचार : मादक पदार्थ
लागूऔषध विरूद्धको महाअभियान अन्तर्गत लागूऔषध प्रयोगकर्ता तथा अभिभावकहरुलाई परामर्श कार्यक्रमको समुदघाटन कार्यक्रम सम्पन्‍न ।
२०८२-०१-०२

काठमाडौं, ०२ वैशाख        काठमाडौं उपत्यका प्रहरी कार्यालयद्वारा आयोजना गरिएको लागूऔषध विरूद्धको महाअभियान कार्यक्रम अन्तर्गत लागूऔषध प्रयोगकर्ता तथा अभिभावकहरुलाई परामर्श कार्यक्रमको समुदघाटन कार्यक्रम सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र घट्टेकुलोको सभाहलमा मंगलवार काठमाडौं उपत्यका प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।       लागूऔषध दुर्व्यवसनको तथ्याङ्क दिनानुदिन बढ्दै गईरहेको वर्तमान अवस्थालाई मध्यनजर गर्दै समाजका हरेक सरोकारवाला पक्षहरुको एउटै सक्रिय संयन्त्रको रुपमा अगाडि बढ्ने आवश्यकतालाई बोध गरी काठमाडौं उपत्यका प्रहरी कार्यालयद्वारा लागूऔषध विरूद्धको महाअभियान कार्यक्रम गत फागुन १७ गते गृहमन्त्री रमेश लेखकको प्रमुख आतिथ्यतामा नेपाल पुलिस क्लब भृकुटीमण्डपमा एक समारोहबीच शुभारम्भ गरिएको थियो ।            लागूऔषध प्रयोगकर्ता तथा अभिभावकहरुलाई परामर्श कार्यक्रमलाई सम्बोधन गर्नु हुदै प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङले वर्तमान समयमा समग्र राष्ट्रलाई नै असर गर्ने गम्भीर चुनौतिको रूपमा रहेको लागूऔषधको नियन्त्रणमा सबै सरोकारवाला पक्षहरूको साथ, सहयोग, सहकार्य र समन्वय आवश्यकता रहेको बताउनु हुदै लागूऔषध सेवनकर्ताहरुलाई समुदाय स्तरमानै अनुशिक्षणका साथै सामाजिक पुन:स्थापना गर्ने उद्धेश्यका साथ काठमाडौं उपत्यका प्रहरी कार्यालय तथा मातहतले विभिन्न सचेतनामूलक तथा प्रशिक्षण कार्यक्रम संचालन गरिरहेको अवस्थामा सामुदायिक प्रहरी सेवा केन्द्र घट्टेकुलोले आयोजना गरेको लागूऔषध प्रयोगकर्ता तथा अभिभावकहरुलाई परामर्श कार्यक्रमले समाजमा विकराल रुप लिएको लागूऔषध दुर्व्यवसनको न्यूनिकरणमा सहयोग पुर्याउने विश्वास व्यक्त गर्नु भयो ।जिवन विज्ञानका प्रशिक्षक रेखा घिमिरे र आसरा सुधार केन्द्र रानीबारीका प्रशिक्षक गौरब सिरोहियाले प्रशिक्षण गर्नुभएको उक्त कार्यक्रममा जिल्ला प्रहरी परिसर काठमाडौंका कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारी, वरिष्ठ कलाकार मदनदाश श्रेष्ठ, सिनियर प्रहरी अधिकृतहरु, सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र घट्टेकुलोका पदाधिकारीहरु तथा सदस्यहरु लगायत अन्य प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो । साथै यस कार्यालयका प्रहरी वरिष्ठ उपरिक्षक नवराज अधिकारीको प्रमुख आतिथ्यता तथा आसरा सुधार केन्द्र रानीबारीका बरिष्ठ मनोपरामर्शदाता सम्राट नरसिँह प्रधान प्रशिक्षणमा लागूऔषध विरूद्धको महाअभियान अन्तर्गत लागूऔषध प्रयोगकर्ता तथा अभिभावकहरुलाई परामर्श कार्यक्रमको समुदघाटन कार्यक्रम सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र ईचँगुनारायणमा समेत सम्पन्न भएको छ ।  

औषधिजन्य लागूऔषध दुरूपयोग नियन्त्रण विषयक सचेतनामूलक कार्यक्रम सम्पन्‍न
२०८१-१२-२३

काठमाडौं, २३ चैत    काठमाडौं उपत्यका प्रहरी कार्यालयद्वारा आयोजना गरिएको लागूऔषध विरूद्धको महाअभियान कार्यक्रम अन्तर्गत औषधिजन्य लागूऔषध दुरूपयोग नियन्त्रण विषयक सचेतनामूलक कार्यक्रम काठमाडौं उपत्यका प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङको प्रमुख आतिथ्यतामा शनिबार सम्पन्न भएको छ ।       लागूऔषध दुर्व्यवसनको तथ्याङ्क दिनानुदिन बढ्दै गईरहेको वर्तमान अवस्थालाई मध्यनजर गर्दै समाजका हरेक सरोकारवाला पक्षहरुको एउटै सक्रिय संयन्त्रको रुपमा अगाडि बढ्ने आवश्यकतालाई बोध गरी काठमाडौं उपत्यका प्रहरी कार्यालयद्वारा लागूऔषध विरूद्धको महाअभियान कार्यक्रम गत फागुन १७ गते गृहमन्त्री रमेश लेखकको प्रमुख आतिथ्यतामा नेपाल पुलिस क्लब भृकुटीमण्डपमा एक समारोहबीच शुभारम्भ गरिएको थियो । सोही “लागूऔषध विरूद्धको महाअभियान” अन्तर्गत नेपाल औषधि व्यवसायी संघ, बागमती प्रदेशको सहकार्यमा नेपाल पुलिस क्लब भृकुटीमण्डपमा उक्त सचेतनामूलक कार्यक्रम आयोजना गरिएको थियो । सो अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङ र बागमती प्रदेश नेपाल औषधि व्यवसाय संघका अध्यक्ष ध्रुव नारायण श्रेष्ठ बीच लागूऔषध विरूद्ध आपसी सहयोग, समन्वय र सहकार्य सम्बन्धी समझदारीपत्र आदान प्रदान समेत भएको थियो ।                कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङले समाजमा लागूऔषध ओसारपसार तथा नियन्त्रण गर्नको लागि यस्ता कार्यक्रम अत्यन्तै महत्वपूर्ण हुने चर्चा गर्दै आगामी दिनमा अन्य सरोकारवाला निकायसँग समेत समन्वय र सहकार्य गर्दै जाने बताउनुभयो । लागूऔषध दुर्व्यसनको निराकरणको अभियान प्रहरीको एकल प्रयासले मात्र सम्भवन नहुने उल्लेख गर्दै यसका लागि सबै पक्ष, सबै तहको प्रयास जरूरी रहेको समेत उहाँले बताउनुभयो ।             कार्यक्रममा औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकाल, बागमती प्रदेश नेपाल औषधि व्यवसायी संघका अध्यक्ष ध्रुव नारायण श्रेष्ठ र ह्रदय रोग विशेषज्ञ डा.ओम मूर्ती अनिलले आ-आफ्नो शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।             काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक शेखर खनालले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले लागूऔषधको परिचय, वर्गिकरण, असरहरू, लागूऔषध ओसारपसार र सेवनको तथ्यांक, कानूनी प्रावधान, औषधि व्यवसायीहरूको भूमिका र जिम्मेवारी लगायतका विषयमा प्रस्तुतीकरण प्रस्तुत गर्नुभएको थियो ।              कार्यक्रममा जीवन विज्ञान प्रतिष्ठानका प्रतिनिधि, नेपाल औषधि व्यसायी संघ काठमाडौं, भक्तपुर र ललितपुरका अध्यक्ष तथा प्रतिनिधिहरू, औषधि व्यावसायीहरू, सामुदायिक सेवा केन्द्रका प्रतिनिधिहरू लगायत प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति रहेको थियो ।