प्रहरी कन्ट्रोल : १००
नेपा
EN
समाचार : अवैध व्यापार
६५ लाख भन्दा बढी चोरीको नगद तथा गरगहना सहित मानिस पक्राउ
२०८२-०९-१८

काठमाडौं महानगरपालिका ४ बलुवाटार स्थित रहेको स्र्टोर्म नेटवर्क प्रा.लि.को रु.४८,७२,६२०।- (अक्षरेपि अठचालीस लाख बहत्तर हजार छ सय बीस) र ईको भ्याली प्रा.लि.को रु.८,५८,५४१।- (अक्षरेपि आठ लाख अन्ठाउन्न हजार पाँच सय एकचालीस) चोरी गर्ने काठमाडौं महानगरपालिका २ खुर्सीनिटार बस्ने वर्ष २४ को दुर्गा बहादुर के.सी.लाई पक्राउ गरेको छ ।  मिति २०८२।०९।१२ गते राती चोरी गरी फरार रहेका निजलाई  खोजतलास गर्ने क्रममा इलाका प्रहरी कार्यालय तुलसीपुर दाङ समेतको समन्वयमा जिल्ला दाङ, तुलसीपुर उपमहानगरपालिका ६ बाट पक्राउ गरेको हो । निजको साथबाट नगद रकम रु.६५,१७,१४०।- (अक्षरेपि पैँसट्ठी लाख सत्र हजार एक सय चालीस) सहित चाँदी जस्तो देखिने सेतो धातुको ब्रास्लेट थान  १५, चाँदी जस्तो देखिने सेतो धातुको सिक्का सानो ठूलो थान  २८ चाँदी जस्तो देखिने सेतो धातुको थान  १  Dell कम्पनीको ल्यापटप थान  १ बरामद भएको छ ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

बिल बिनाको सामान बरामद
२०८२-०९-१७

मिति २०८२।०९।१६ गते बिहान ०६:१५ बजेको समयमा काठमाडौं जिल्ला नागार्जुन नगरपालिका वडा नं. ४ स्थित बाफल चोकबाट धनगढी देखी काठमाडौं आएको ना ८ ख ८४९५ नम्बरको बसलाई चेकजाँच गर्दा डिक्की भित्रबाट २८ कार्टुन मोबाईको पार्टस सामान ( बिल बिनाको) सहित गाडी र गाडीका ४ जना स्टाफलाई नियन्त्रणमा लिई थप अनुसन्धानको लागी बृत स्वयम्भुमा राखि प्रहरीले अन्य आवश्यक छानबिन गरिरहेको छ । बरामद सामानहरू  -          २७ बोरामा १५०० पिस टेम्पड ग्लास, जम्मा ४०,५०० पिस, १ पिसको अन्दाजी मुल्य रु ३५ को दरले रु.१४,१७,५०० अक्षरुपी चौध लाख सत्र हजार पाँच सय  र -          १ बोरामा १०० पिस air pods, १ पिसको अन्दाजी मुल्य रु.८०० को दरले रु.८०,०००।– अक्षरुपी असी हजार गरी जम्मा अन्दाजी मुल्य रु.१४,९७,५०० अक्षरुपी चौध लाख सन्तानब्बे हजार पाँच सय  ।

वैदेशिक रोजगारमा विभिन्न देशहरूमा पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ
२०८१-०६-१८

काठमाण्डौ, १८ असोजवैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी दुबई लगायतका देशहरूमा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा दार्चुला घर भई हाल काठमाण्डौ कीर्तिपुर नगरपालिका-२ बस्ने २७ वर्षीय हरक सिंह धामी र धादिङ ज्वालामुखी गाउँपालिका-४ घर भई हाल ललितपुर महानगरपालिका-९ बस्ने ३३ वर्षीय हरि रम्तेल रहेका छन् । पक्राउ मध्ये हरक सिंहले १ जना पीडितबाट १ लाख ४० हजार रूपैयाँ र हरिले १ जना पीडितबाट १ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले हरक सिंहलाई काठमाण्डौ कीर्तिपुर नगरपालिका-२ नयाँबजारबाट र हरिलाई काठमाण्डौ टेकुबाट पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाण्डौ पठाइएको छ ।

वैदेशिक रोजगारमा विभिन्‍न देशहरूमा पठाइदिन्छु भनी ठगी गर्ने तीन जना पक्राउ
२०८१-०६-१६

काठमाण्डौ, १६ असोज            वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी ग्रीस, दुबई लगायतका देशहरूमा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भक्तपुर, भक्तपुर नगरपालिका-९ गच्छेटोल घर भई काठमाण्डौ टोखा नगरपालिका-७ बस्ने ३४ वर्षीय सुदन राज अमात्य, नुवाकोट तादी गाउँपालिका-३ घर भई काठमाण्डौ टोखा नगरपालिका-९ नयाँबसपार्क बस्ने २८ वर्षीया अन्जना चौलागाई र गुल्मी मालिका गाउँपालिका-६ घर भई ललितपुर महानगरपालिका-२ गोदावरी बस्ने ३५ वर्षीया बिन्दु केसी रहेका  छन् ।  पक्राउ मध्ये सुदनले १ जना पीडितबाट ५ लाख रूपैयाँ, अन्जनाले १ जना पीडितबाट २ लाख ९० हजार रूपैयाँ र बिन्दुले १ जना पीडितबाट १ लाख ५ हजार रूपैयाँ लिई सम्पर्क विहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले सुदनलाई काठमाण्डौ पुतलीसडकबाट, अन्जनालाई काठमाण्डौ नयाँबसपार्कबाट र बिन्दुलाई ललितपुर गोदावरीबाट पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाण्डौ पठाइएको छ ।