प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्कीको प्रमुख आतिथ्यतामा “नागरिक सुनुवाई” सम्बन्धी अन्तर्कृया कार्यक्रम सम्पन्न ।
२०८२-१२-२९
- A
- A-
- A+
काठमाडौं उपत्यका
प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्कीको
प्रमुख आतिथ्यतामा प्रहरी वृत्त गौशाला, सामुदायिक सेवा केन्द्र एवं सामुदायिक
प्रहरी सेवा केन्द्र चावहिलले आयोजना गरेको “नागरिक सुनुवाई” तथा नयाँ बर्ष २०८३
सालको शुभकामना आदन प्रदान कार्यक्रम आईतबार काठमाडौं महानगरपालिका ९ अनुपम फुडल्यान्ड बतिसपुतलीमा सम्पन्न भएको छ ।
“नागरिक सुनुवाई” कार्यक्रममा
उठेका प्रश्न तथा गुनासाहरूलाई सम्बोधन गर्नुहुदै कार्यक्रमका प्रमुख अतिथि प्रहरी
अतिरिक्त महानिरीक्षक ईश्वर कार्कीले सभ्य सुरक्षित समाज निर्माण गर्न हामी सबैको
दायित्व भएकाले नागरिक समाज र नेपाल प्रहरी हातेमालो गरी समाजमा रहेको विकृती-विसंगतीहरुलाई न्यूनीकरण
गर्न समुदायसँग सहकार्य गर्ने बताउनुभयो । साथै आउदै गरेको नयाँ बर्ष २०८३ सालको
समेत उपस्थित सबैलाई शुभकामना ब्यक्त गर्नुभयो ।
उक्त अवसरमा उपस्थित विभिन्न सहभागीहरूले शान्ति र सुरक्षाबारे आफ्ना
अनुभव, सुझाव र जिज्ञासाहरु प्रस्तुत
गर्नुभएको उक्त कार्यक्रममा जिल्ला प्रहरी परिसर,काठमाडौंका प्रमुख, पूर्व प्रहरी
कर्मचारीहरू, पशुपति क्षेत्र विकाश कोषका पदाधिकारी, सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी
सेवा केन्द्र चावहिलका पदाधिकारीहरू, स्थानिय जनप्रतिनिधिहरु,
विभिन्न सरकारी तथा गैरसरकारी संस्थाका पदाधिकारीहरू, स्थानीय समाजसेवी लगायत प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति रहेको थियो
।