साढे ४ करोड मूल्य बराबरको भन्सारछलीको सामान बोकेका गाडीहरु नियन्त्रणमा
२०८२-१२-२३
- A
- A-
- A+
बिना बिल विजक तथा विजक भन्दा बढि मूल्य साथै बिल विजक समेत नभएका भन्सार छली
गरिएका सामानहरु विरगंज-हटौँडा हुदै काठमाडौं उपत्यकामा भित्रिदै रहेको छ भन्ने
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी परिसर, ललितपुर तथा मातहतबाट खटिएको प्रहरी
टोलिले चेकप्वाईन्ट खडा गरी चेक जाँच गर्दा विरगंज-हटौँडाबाट ललितपुरको बाटो हुदै
आउदै गरेको ट्रकहरु चेकजाँचको क्रममा उक्त
ट्रकहरुमा बिल नभएका, बिल फरक भएका तथा भन्सार समेतको कागजात
नभएका अन्दाजी मूल्य ४ करोड ५८ लाख ८२ हजार ३६३ रुपैया बराबरको सामान तथा तीनवटा
डिब्बावाला ट्रक नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागि राजश्व अनुसन्धान विभाग
हरिहरभवन पुल्चोक पठाईएको ।