मादक पदार्थ सेवन ( मा.प.से.) गरी सवारी साधन चलाउने १६ जना चालक ट्राफिक प्रहरीको कारवाहीमा
२०८२-१२-१८
- A
- A-
- A+
आज मिति २०८२।१२।१८ गते, काठमाडौं उपत्यकाको बिभिन्न स्थानमा गरिएको सप्राईज चेकिङको क्रममा मादक पदार्थ सेवन ( मा.प.से.) गरी सवारी साधन चलाउने १६ वटा सवारी साधनका चालकहरुलाई ट्राफिक प्रहरीद्वारा कारवाही गरिएको छ । जस मध्ये यात्रूबाहक सवारी साधन ( भाडा बस, विद्यालय बस / भ्यान, भाडा हायस र भाडा टेम्पो ) -११ वटा, ट्याक्टर -१ वटा, निजि कार -२ वटा तथा मो.सा./ स्कुटर - २ वटा रहेका छन् ।