यातायात कार्यालय एकान्तकुनाबाट १५ जना बिचौलियाहरु नियन्त्रणमा
२०८२-१२-१६
- A
- A-
- A+
जिल्ला प्रहरी परिसर ललितपुर र प्रहरी
बृत्त सातदोबाटोबाट संयुक्त रुपमा खटिएको
प्रहरी टोलीले ललितपुर जिल्ला ललितपुर महानगरपालिका १३ एकान्तकुना स्थित यातायात
कार्यालयमा आउने सेवाग्राहीलाई फास्ट ट्रायकमा काम गरिदिने बाहानामा अनावश्यक हैरानी,सास्ती र अवरोध
सिर्जना गर्ने १५ जना बिचौलियाहरुलाई स्वीप अप्रेसनद्वारा नियन्त्रणमा लिई प्रहरी
वृत्त सातदोबाटोमा राखि थप अनुसन्धान भईरहेको छ ।