न्यूजिल्याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
२०८२-१२-१५
- A
- A-
- A+
काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी न्यूजिल्याण्ड
पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ललितपुर गोदावरी नगरपालिका-१९ बस्ने ३८ वर्षीय
रिजेन नगरकोटीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।
रिजेनले न्यूजिल्याण्ड
पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट १६ लाख ३० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको
भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट
खटिएको प्रहरीले उनलाई ललितपुर गोदावरी नगरपालिका-११ चापागाउँबाट पक्राउ गरेको हो ।
उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक
रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।