अवैध लागूऔषध सहित ५ जना पक्राउ
२०८२-१२-१५
- A
- A-
- A+
काठमाडौं, चन्द्रागिरी नगरपालिका-२
नागढुङ्गाबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ३६ हजार ५ सय ट्याब्लेट सहित पर्सा पकहाँ
मैनपुर गाउँपालिका-५ बस्ने २२ वर्षीय सतेन्द्र प्रसाद चौरासिया समेत ५ जनालाई आइतबार
बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग नागढुङ्गा र लागूऔषध नियन्त्रण ब्यूरो
शाखा कार्यालय नागढुङ्गाबाट खटिएको प्रहरीले वीरगंजबाट काठमाडौंतर्फ आउँदै गरेको बा.प्र.०३-००६
ख १८०५ नम्बरको बसमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान
गरिरहेको छ ।