प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्कीद्वारा जिल्ला प्रहरी परिसर ललितपुरको निरीक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न ।
२०८२-१२-११
- A
- A-
- A+
काठमाडौं उपत्यका प्रहरी कार्यालयका
कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्कीद्वारा बुधबार जिल्ला
प्रहरी परिसर ललितपुरको निरीक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न भएको छ ।
जिल्ला प्रहरी परिसर ललितपुरका विभिन्न
शाखाहरु, परिचालन कक्ष तथा अन्य संरचनाको निरीक्षण
पश्चात उपस्थित जिल्ला प्रहरी परिसर ललितपुर मातहतका प्रहरी वृत्त, प्रभाग
तथा बिटका प्रमुखहरु लगायतका प्रहरी कर्मचारीहरुलाई निर्देशन दिनु हुँदै प्रहरी
अतिरिक्त महानिरीक्षक कार्कीले ललितपुर जिल्लामा बिभिन्न समयमा भएका
मेला,पर्व,जुलुस,आन्दोलन र भर्खरै सम्पन्न भएको निर्वाचनमा महत्वपुर्ण भुमिका
निर्वाह गरेकोमा धन्यबाद दिनुहुँदै प्रहरी कर्मचारीहरुले बिभिन्न समयमा आउने
चुनौतीलाई प्रहरी कौशलताका साथ प्रस्तुत गर्ने अवसरको रुपमा सदुपयोग गरी प्रहरी कार्य
सम्पादन गर्न निर्देशन दिनुभयो । साथै, नागरिक मैत्री प्रहरी सेवा प्रवाह गर्दै गैह्र
कानूनी कृयाकलापलाई कडाईका साथ कानूनी दायरामा ल्याउन तथा भविष्यको चुनौतिलाई
मध्यनजर गरी सूचना सङ्कलनलाई प्रभावकारी बनाउन, प्राप्त
सूचनालाई प्रविधि र प्रहरीको प्रभावकारी परिचालन मार्फत सुरक्षित बनाउन समेत
निर्देशन दिनुभयो ।
कार्यक्रममा जिल्ला प्रहरी परिसर ललितपुरका कार्यालय
प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक होबिन्द्र
बोगटी, लगायत सिनियर प्रहरी अधिकृत, जुनियर प्रहरी
अधिकृत तथा प्रहरी हवल्दार, जवानहरुको
उपस्थिति रहेको थियो ।