प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्कीद्वारा जिल्ला प्रहरी परिसर काठमाडौंको निरीक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न ।
२०८२-१२-१०
- A
- A-
- A+
काठमाडौं उपत्यका प्रहरी कार्यालयका
कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्कीद्वारा मंगलबार जिल्ला
प्रहरी परिसर काठमाडौंको निरीक्षण
तथा निर्देशन कार्यक्रम सम्पन्न भएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंको विभिन्न शाखाहरु, परिचालन
कक्ष तथा अन्य संरचनाको निरीक्षण पश्चात उपस्थित जिल्ला प्रहरी परिसर काठमाडौं
मातहतका वृत्त, प्रभाग तथा बिटका प्रमुखहरु लगायतका
प्रहरी कमचारीहरुलाई निर्देशन दिनु हुँदै प्रहरी अतिरिक्त महानिरीक्षक कार्कीले
काठमाडौं जिल्लामा VVIP तथा VIP हरुको
बसोबास रहेको साथै Vital Installations समेत रहेकाले यस
जिल्ला घट्ने हरेक घटनाहरुमा हरेक निकाय तथा क्षेत्रको विशेष चासोको रुपमा हुने
हुदाँ यहाँ कार्यरत प्रहरी कर्मचारीहरुले यस चुनौतीलाई प्रहरी कौशलता प्रस्तुत गर्ने
अवसरको रुपमा सदुपयोग गरी आफ्नो नेतृत्व क्षमता प्रस्तुत गरी उत्कृष्ठ ढंगले प्रहरी
कार्य सम्पादन गर्न निर्देशन दिनुभयो । साथै, नागरिक मैत्री प्रहरी सेवा प्रवाह गर्दै
गैर-कानूनी क्रियाकलापलाई कडाईका साथ कानूनी दायरामा ल्याउन तथा भविष्यको
चुनौतिलाई मध्यनजर गरी सूचना सङ्कलनलाई
प्रभावकारी बनाउन, प्राप्त सूचनालाई प्रविधि र प्रहरीको
प्रभावकारी परिचालन मार्फत काठमाडौं उपत्यकालाई सुरक्षित बनाउन समेत निर्देशन
दिनुभयो ।
कार्यक्रममा जिल्ला प्रहरी परिसर काठमाडौंका कार्यालय
प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापा लगायत
सिनियर प्रहरी अधिकृत, जुनियर प्रहरी अधिकृत तथा प्रहरी
हवल्दार, जवानहरुको उपस्थिति रहेको थियो ।