प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्कीद्वारा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको अनुगमन तथा निर्देशन कार्यक्रम सम्पन्न ।
२०८२-१२-०२
- A
- A-
- A+
प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर
कार्कीद्वारा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको अनुगमन तथा निर्देशन
कार्यक्रम सम्पन्न भएको छ ।
अनुगमनका क्रममा प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्कीले काठमाडौं
उपत्यका ट्राफिक प्रहरी कार्यालय परिसरमा रहेको विभिन्न शाखाहरु, अन्य भौतिक पूर्वाधार, मेट्रो ट्राफिक एफ.एम.को अवलोकन
गर्नुका साथै ट्राफिक प्रहरी कर्मचारीहरुलाई अनुशासित र शिष्ट भई सेवा भावका साथ
प्रभावकारी ट्राफिक व्यवस्थापन र दुर्घटना न्युनिकरणका लागि जिम्मेवार भई सडकमा
खटिन निर्देशन दिनुभएको छ ।
कार्यक्रममा काठमाडौं उपत्यका ट्राफिक प्रहरी
कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारी, काठमाडौं उपत्यका
ट्राफिक प्रहरी कार्यालय मातहत ट्राफिक प्रहरी कार्यालयका कार्यालय प्रमुखहरु
लगायत अन्य प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो ।