निर्वाचन अधिकृत कार्यालयहरुको स्थलगत अनुगमन कार्यक्रम सम्पन्न
२०८२-११-१५
- A
- A-
- A+
आगामी फागुन २१ गते हुन गईरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई
मर्यादित, व्यवस्थित तथा भयरहित वातावरणमा सम्पन्न गर्न उपत्यकास्थित
निर्वाचन क्षेत्र तथा स्थलहरुको सुरक्षा अवस्था
तथा अन्य तयारीको अवस्थाबारे स्थलगत अनुगमनका क्रममा यस उपत्यका प्रहरी कार्यालयका
प्रहरी नायब महानिरीक्षक ओम प्रसाद अधिकारीज्यू, सशस्त्र प्रहरी बल, नेपाल नम्बर ९ पशुपतिनाथ बाहिनी मुख्यालयका सशस्त्र प्रहरी नायव महानिरीक्षक सुरेश
कुमार श्रेष्ठज्यू तथा अन्य सुरक्षा निकायका प्रतिनिधि सम्मिलित टोलीबाट आज भक्तपुर जिल्लाका निर्वाचन
क्षेत्र १ र २ अन्तर्गतका मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृत कार्यालयहरुको
स्थलगत अनुगमन कार्यक्रम सम्पन्न भएको छ ।